![]() |
रोमानियाको राष्ट्रिय झन्डा |
Wednesday, May 29, 2013
संसारकौ ठुलो राष्ट्रिय झन्डा
एजेन्सी–संसारकै सबैभन्दा ठुलो राष्ट्रिय झन्डाको रेकर्ड रोमानियाको राष्ट्रिय झन्डाले राखेको छ । रातो, पहेँलो र निलो झन्डा ७९ हजार २९० वर्गमिटरको छ । यसअघि सबैभन्दा ठुलो झन्डाको रेकर्ड लेबनानी झन्डाले बनाएको थियो । यो ६५ हजार ६५० वर्गमिटरको थियो ।
हास्य कलाकारले रुवाएका क्षणहरु
हस्य कलाकारको मुख्य जिम्मेवारी हसाउने हो । भनिन्छ, हसाउन निकै गाह्रो हुन्छ रे । गहन विषय र गहन पात्रलाई बुझिने गरी मञ्चबाटै हजारौलाई हसाउछन् उनीहरु । यसो त टेलिभिजन सिरियलमा उनीहरु क्रमबद्ध हसाँउने कार्यक्रम नै बनाएका हुन्छन् ।
हसाएरै वहावाही पाएका उनीहरु हास्यक्षेत्रको मेरुदण्ड नै राजनीतिलाई मान्छन् । विशिष्ट राजनीतिक व्यक्तिदेखि लिएर चर्चित पात्रहरुको क्यारिकेचर गरी हसाउँने खुबीकै कारण उनीहरु पनि चर्चाको शिखरमा पुग्छन् । यसरी हसाउनेले जीवनमा कसैलाई रुवाएका होलान् ? यसबारे केही हास्यकलाकालले नेत्र तामाङसँग आफ्नो अनुभव
Tuesday, May 28, 2013
पार्वती नम्बर वान
नेत्र तामाङ–लोकदोहोरीमा मोडल र निर्देशनमा लागेका शंकर विसीको पहिलो रोजाईमा पर्छिन् पर्वती राई । कुनै समय ‘छमछमी’ नाच प्रतियोगितामा भाग लिएकी राईलाई उनैले दोहोरीमा भित्र्याएका हुन ।
छमछमी सिजन सकेको तीन महिनापछि उनी ‘हेर्छौ ओठ टेकी’ बोलको गीतमा देखिईन् । त्यसयता उनलाई खाली बस्नुपरेको छैन । लगभग २ सय लोकदोहोरीमा मोडलिङ गरिसकेकी उनी देशविदेशमा स्टेज कार्यक्रममा पनि व्यस्त छिन् ।
चलचित्रमा नायिका बन्ने सपना बुनेका उनी दोहोरीबाटै चर्चाको शिखरमा पुगेकी छन् । यिनै राईलाई उत्कृष्ट लाग्नुको कारण निर्देशक बिसी यसरी खुलाउँछन्, ‘भर्खरकी, काम गर्न सजिलो र नाचमा राम्रो अनुभव भएकोले उनको छनोटको विकल्प छैन ।’
बिसी कोरियोग्राफीमा समेत पोख्त छन् ।
उनको दोस्रो नम्बरको छनोट हो रञ्जिता गुरुङ ।Monday, May 27, 2013
नेपाल सरकारका तीन दृष्टिविहिन शाखा अधिकृत
![]() |
नीरा अधिकारी |
![]() |
दीपक माझी |
![]() |
विजयप्रसाद लामिछाने |
नेत्र तामाङ- केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनसंख्या विवरणमा अपांगता भएका व्यक्तिहरुको संख्या उल्लेख गरिएपनि अपांगताको किसिम भने उल्लेख गरिएको छैन । अपांगताको हितमा काम गर्नेहरुले भने अपांगताको किसिम किटान गनुपर्ने बताएको छ । दृष्टिविहिन पनि अपांगतामा पर्छ । यसको यकिन संख्या कति छ हालैको तथ्यांकमा छैन । नेपाल नेत्रहीन संघको संस्थागत पहलमा गरिएको एक अध्ययनमा नेपालभर ४ लाखको हाराहारीमा दृष्टिविहिन छन् ।
दृष्टिविहिन पनि सरकारको उच्चपदमा छानि थालेको छ । विसं २०६४ मा निजामति नियमावली संशोधन गरिएपछि अपांगता भएका व्यक्तिहरुले सरकारी सेवामा प्रवेश पाएका हुन् । संसार नदेखेर के भो उनहरुले सपांग सरहको काम पनि गर्दै आएका छन् । सपांगलाई समेत निकै कठिन मानिने लोकसेवा परीक्षा पास गरेका छन् दृष्टिविहिनले । ती मध्ये तीन जना लोकसेवाको परीक्षा उतीर्ण गरी शाखा अधिकृत भइसकेका छन् भने अन्य ५ जना नायब सुब्बा र खारदार सरह काम गर्दैछन् । यीमध्ये तीन शाखा अधिकृतको सफलताको कथा :
दुईचोटिमा लोकसेवा पास गरेँ : विजयप्रसाद लामिछाने
भर्खरै सामान्य प्रशासन अन्तर्गत राजश्वको शाखा अधिकृतमा उनले नाम निकालेका हुन् । ‘कात्तिक २६ मा रिजल्ट आयो, यसपालि पास भएछु,’ लामिछानेले खुसी हुदै भने । अघिल्लोपटकको पनि यही सेवामा परीक्षा दिएका थिए उनले । हिजोआज उनी ललितपुरको हरिहरभवनमा रहेको राजश्व तालिम केन्द्रमा ५५ जना शाखा अधिकृतस“गै तालिम लिइरहेका छन् ।
Monday, May 13, 2013
Thursday, May 9, 2013
Wednesday, May 8, 2013
के हो बोको हराम ?
बोको हरामको आक्रमणमा परी ५० को ज्यान गयो
नाइजेरियामा संदिग्ध इस्लामिक संगठन बोको हरामको आक्रमणमा परी मर्नेको संख्या ५० पुगेको छ भने १०० कैदी फरार भएका छन् ।
हतियारसहित दुईसय जनाको संख्यामा बस र पिकअपमा आएका उनीहरुले सबैभन्दा पहिले नाइजेरियाको बामामा रहेको सेनाको ब्यारेक र प्रहरी चौकीमा हमला गरेको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा १३ जना बोको हरामकै सदस्य, २२ प्रहरी, १४ जेलमा खटिएका कर्मचारी, २ सेना र ४ जना सामान्य नागरिक रहेको त्यहाँ खटिएको सेना प्रमुखले बताएको छ ।
आक्रमणमा आएका उनीहरु कतिपय त सेनाकै पोशाकमा आएको सेना प्रमुखले बताए ।
के हो बोको हराम ?
विस्तारमा पढ्नुहोस यसबारे......
Monday, May 6, 2013
अभिनय मन राजेशसँगै-नम्रता, 'अन्तराल'की नायिका
फिल्म प्रमोसनमा कहाँ–कहाँ पुग्दै हुनुहुन्छ ?
पोखरा, बुटवल, धरानजस्ता मुख्य सहरमा पुग्ने टिमको योजना छ ।
अन्तरालले कस्तो कथालाई समेटेको छ ?
युवाहरुको वर्तमान समस्यालाई लिएर बनेको फिल्म हो यो । अहिलेको जेनेरेसनको संघर्षलाई फिल्ममा देखाइएको छ । करियरको महत्व कत्तिको हुन्छ र जीवनमा कसरी अघि बढ्ने भन्ने कुराहरु समेटिएको छ । सुख दुःखका सबै कुराहरु छन् यसमा ।
‘सेक्स’ लाई फिल्मले कत्तिको ठाउँ दिएको छ ?
छैन । त्यस्तो छैन । यो पारिवारिक फिल्म हो । सबैजना सँगै बसेर हेर्न मिल्ने फिल्म हो ।
तर यस्तो दृश्य नभएको फिल्म चल्दैन भन्छन् नि ?
त्यो कथामा भर पर्छ । सेक्स नै सेक्स भएको फिल्म पनि कहाँ चलेको छ र । सामाजिक फिल्ममा त्यस्तो कुरालाई बढावा दिएर देखाउन पनि भएन नि ।
भर्खरै फिल्म क्षेत्रमा आउनुभएको रहेछ, कतिपय नायिका त सेक्स सिन दिएरै चर्चामा आएका छन्, तपाईलाई त्यसरी चर्चित हुने मन छैन ?
एकदमै छैन । किनभने सबैको अ–आफ्नो धार हुन्छ । एकैछिन चर्चित भएर क्षेत्रबाटै हराउनु भन्दा विस्तारै राम्रै विषयमा अभिनय गरी अघि बढ्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ । मलाई सेक्सकै कथा भएका कथाहरुको अफर आएका थिए । मैले गरिनँ । फिल्म जीवन हो । जीवनमा सेक्स चाहिन्छ । तैपनि मैले गरेका फिल्महरुमा त्यस्ता सिनहरु गर्नुपरेको छैन । थिएटरको कलाकार भएर पनि होला सस्तो लोकप्रियता मलाई चाहेको छैन ।
तपाई कला क्षेत्रमा त म्युजिक भिडियोबाट आउनुभएको हो नि हैन ?
हो तर बीचमा म एक्टर स्टुडियो थिएटरमा अनुप बराल सरसँग एक्टिङ सिक्न थालें । यसले अभिनयमा निखार ल्यायो । पछि केही नाटकमा पनि अभिनय गरे । सिग्नेचर फिल्म गर्दै गर्दा मैले थिएटरमा आउनु आवश्यक लागेर आएकी हुँ ।
म्युजिक भिडियो र फिल्मको अभिनयमा के भिन्नता पाउनुहुन्छ ?
म्युजिक भिडियो एकदुई दिनमै सकिन्थ्यो । फिल्म त महिनौ लाग्दो रहेछ । तर दुवै आफ्नो कला पस्कने ठाउँ हो । यस हिसाबमा केही भिन्नता छैन ।
फिल्ममा आउनुभएछ, म्युजिक भिडियोलाई समय दिन सकिँदैन होला नि ?
दिन्छु, मैले प्रमोसनबाट फर्केपछि नै केही म्युजिक भिडियो गर्नुपर्ने भइसकेको छ ।
अबका फिल्महरुमा कोसँग अभिनय गर्न पाए हुन्थ्यो भन्नेजस्तो लाग्छ ?
डिफिनेट्ली, राजेश हमालसँग । किनभने सानैदेखिको हिरो नै राजेश हमाल लाग्थ्यो । आफुले मनपरेको भूमिका पाए भने म राजेश हमालसँग फिल्म खेल्न तयार छु ।
Sunday, May 5, 2013
Saturday, May 4, 2013
रमाइला चुटकिलाहरु
गलत सा‘प
जड्याहा(फोनबाट) : पुलिस भाई सइ सा’प हुनुहुन्छ ?
प्रहरीः हुनुहुन्न ।
जड्याहाः उसो भए गलत सा’प हुनुहुन्छ त ?
प्रहरीः चौकीमा पनि कही गलत सा’प हुन्छ, तपाई को बोल्नुभएको ?
जड्याहाः असइ सा’प भनेको गलत सा’प हैन । उहाँ हुनुहुन्न ? हि हि हि ।
************
एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,
‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’
************
दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो
देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
जड्याहा(फोनबाट) : पुलिस भाई सइ सा’प हुनुहुन्छ ?
प्रहरीः हुनुहुन्न ।
जड्याहाः उसो भए गलत सा’प हुनुहुन्छ त ?
प्रहरीः चौकीमा पनि कही गलत सा’प हुन्छ, तपाई को बोल्नुभएको ?
जड्याहाः असइ सा’प भनेको गलत सा’प हैन । उहाँ हुनुहुन्न ? हि हि हि ।
************
एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,
‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’
************
दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो
देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
Thursday, May 2, 2013
मै हुँ नम्बर वान-पार्वती
नम्बर वानमा पर्न केले साथ दिएको होला ?
पहिलो कला हो । दोस्रो गाइड । तेस्रो ठाउँ पाएको छु । चौथो रिलेसन पनि हो । पाँचौं आफ्नो बोलीवचनले पनि साथ दिएको छ । छैठौं अरुको सम्मान गर्न जानेकीले पनि हो कि नम्बर वानमा परेकी रु
नम्बर वानलाई निरन्तरता दिन अन्य सुघन्ध ?
निश्चय नै सबैलाई नम्बर वानमै बसिरहन मन हुन्छ । तर मोडलिङको आयु नै कत्ति न हुन्छ र रु बढी से बढी भए पाँच वर्ष । यो अवधिभरका लागि आपूm चम्किन नयाँ कुरा सिकिरहन्छु । किनभने म आफंै नाचको विद्यार्थी हुँ । फिट् एन्ड फाइन रहन्छु । ब्युटी मेन्टेन गर्छु । विभिन्न विधाका नाचहरुको अभ्यास गर्छु । रिहर्सल गर्न छाड्दिन ।
स्टेज तताउन माहिर हुनुहुन्छ, कुन फर्मुला छ तपाईसँग ?
हरेक स्टेजमा उक्लिँदा म दर्शक नै भगवान सम्झन्छु । अर्को कुरा कुनै पनि प्रस्तुतिलाई कम्पिटिसनभन्दा कम सोच्दिनँ । तयारी पूरा नगरी स्टेजमा जान्नँ । यसैले पनि मेरो प्रस्तुतिमा ताली र हुटिङ आउँछ होलाजस्तो लाग्छ ।
हुटिङ र ताली सँगसँगै अरु के के आउँछन् ?
केही सँगै फोटो खिचाउन चाहन्छन्, त्यही आशा लिएर आउनुहुन्छ, कसैले अटोग्राफ माग्नुहुन्छ । कहिले काहीं लभ पर्पोज् पनि आउँछ । कलाकार भएपछि यो पर्पोज्चाहिँ झेल्नै पर्ने रहेछ ।
कस्तो बेला आउँछन् यस्ता प्रस्ताव ?
Subscribe to:
Posts (Atom)
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...