Monday, May 27, 2013

नेपाल सरकारका तीन दृष्टिविहिन शाखा अधिकृत



नीरा अधिकारी
दीपक माझी
विजयप्रसाद लामिछाने

नेत्र तामाङ- केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनसंख्या विवरणमा अपांगता भएका व्यक्तिहरुको संख्या उल्लेख गरिएपनि अपांगताको किसिम भने उल्लेख गरिएको छैन । अपांगताको हितमा काम गर्नेहरुले भने अपांगताको किसिम किटान गनुपर्ने बताएको छ । दृष्टिविहिन पनि अपांगतामा पर्छ । यसको यकिन संख्या कति छ हालैको तथ्यांकमा छैन । नेपाल नेत्रहीन संघको संस्थागत पहलमा गरिएको एक अध्ययनमा नेपालभर ४ लाखको हाराहारीमा दृष्टिविहिन छन् ।


दृष्टिविहिन पनि सरकारको उच्चपदमा छानि थालेको छ । विसं २०६४ मा निजामति नियमावली संशोधन गरिएपछि अपांगता भएका व्यक्तिहरुले सरकारी सेवामा प्रवेश पाएका हुन् । संसार नदेखेर के भो उनहरुले सपांग सरहको काम पनि गर्दै आएका छन् । सपांगलाई समेत निकै कठिन मानिने लोकसेवा परीक्षा पास गरेका छन् दृष्टिविहिनले । ती मध्ये तीन जना लोकसेवाको परीक्षा उतीर्ण गरी शाखा अधिकृत भइसकेका छन् भने  अन्य ५ जना नायब सुब्बा र खारदार सरह काम गर्दैछन् । यीमध्ये तीन शाखा अधिकृतको सफलताको कथा :

दुईचोटिमा लोकसेवा पास गरेँ :  विजयप्रसाद लामिछाने


भर्खरै सामान्य प्रशासन अन्तर्गत राजश्वको शाखा अधिकृतमा उनले नाम निकालेका हुन् । ‘कात्तिक २६ मा रिजल्ट आयो, यसपालि पास भएछु,’ लामिछानेले खुसी हुदै भने । अघिल्लोपटकको पनि यही सेवामा परीक्षा दिएका थिए उनले । हिजोआज उनी ललितपुरको हरिहरभवनमा रहेको राजश्व तालिम केन्द्रमा ५५ जना शाखा अधिकृतस“गै तालिम लिइरहेका छन् ।


राजश्वमा लामिछाने पहिलो दृष्टिविहिन हुन् । यसअघि महिला विभाग र शिक्षा विभागमा दृष्टिविहिन शाखा अधिकृत भइसकेका छन् । तीन महिने तालिममा डेढ महिना तालिम लिइसकेका उनी आफुले काम गर्ने कार्यालयलाई दुष्टिविहिनमैत्री भइदिए काम गर्न सजिलो हुने बताउछन् । तालिमकै क्रममा लामिछाने बाराका आनन्दकुमार गुप्तास“गै बसिरहेका छन् । गुप्ता पनि राजश्वमै नाम निकालेर तालिम लिइरहेका हुन् । ‘उहा“ले पढ्न सघाइरहनु भएको छ,’ लामिछानेले भने, ‘मलाई ठुलो राहत मिलिरहेको छ ।’ गुप्ता पनि एक दृष्टिविहिनको सफलता देखेर खुसी छन् । ‘पहिलो कुरा त उहा“को साहसले मलाई थप प्रेरणा मिलेको छ, त्यसैले म सहयोग गर्नैको लागि उहा“स“ग बसेको,’ गुप्ताले भने ।

कास्कीको माझठानामा जन्मेका लामिछाने जन्मै दृष्टिविहिन भने होइनन् । उनको सपना थियो ‘अर्किटेक्चर’ बन्ने । त्यसैले उनले सिभिल ओभरसियर पनि पास गरे । तर दृष्टि गुमेपछि उनको त्यो सपनामा तगारो लाग्यो । ‘स्कुल पढ्दा देखि नै भिजनमा समस्य थियो, विस्तारै न्युन दृष्टि हुदै २०५९ साल यता देख्नै छाडे,’ लामिछानेले भने, ‘दृष्टि गुमेपछि अर्किटेक्चर बन्ने सपना तुहियो ।’

विसं २०५२ मा माझठानामा रहेको रत्नशोभा माविबाट एसएलसी पुरा गरेका उनले २०५६ मा सिभिल ओभरसियर पास गरेका थिए । दृष्टिविहिन भएपछि उनले विए र विएड पृथ्वीनारायण क्याम्पसबाट पुरा गरे । त्यहीबाट नेपालीमा एमए सकाए पहिलो श्रेणीमा । लामिछानेले यसअघि अमरसिह माविमा १० वर्ष पढाए । लोकसेवा आयोगको निस्पक्ष परीक्षा प्रणालीका कारण आफु यहाँ सम्म आाइपुगको उनले बताए । नीति निर्माण तहमा पुगेर आफ्नो पक्षमा नीति निर्माणमा सहभागी हुने उदेश्यले सरकारी सेवा रोजेको उनले सुनाए ।
उनको प्रतिभा र साहसमा साथ दिएकी छिन् उनकी श्रीमती गोमाले । छोरा छ वर्षको भइसक्यो । गोमा र छोरा भने अहिले पोखरामै छन् । सफलताको श्रेय श्रीमतीलाई दिन्छन् लामिछाने । ‘म दृष्टिविहिन भएरै गोमास“ग विहे गरेको, पढाईमा, लोकसेवाको तयारीमा र जीवनमा मलाई गोमाको सहयोग छ,’ उनले भने, ‘उनकै सहयोग र प्रेरणाले म आज शाखा अधिकृत बनेको हु“ ।’

पुराना दिन सम्झेर कति समय त उनी सपना देख्छन्, दृश्यसहित । पहिले हा“सखेलको समयको, ती दृश्यहरु सपनामा आउदा, सम्झदा नरमाईलो अनुभव हुने उनले बताए । ‘निराशा छाउछ, तर शोकलाई शक्तिमा बदल्छु, अनुभुतिहरु समेटेर सकारात्मक सोच बनाउछु अनि अघि बढ्छु,’ लामिछानेले भने ।
उनी राजश्वमा आएपछि विभागका महानिर्देशक टंकमणि शर्मा पनि खुसी छन् । लगनशील भएकोले नै छानिएकाले पनि उनलाई पायक पर्ने कार्यालय बनाइदिने शर्माले जानकारी दिए । ‘लामिछानेजी सक्षम हुनुहुन्छ, अरु शाखा अधिकृतले जे गर्छन् उह“को काम पनि त्यस्तै नै हुनेछ,’ महानिर्देशक शर्माले भने, ‘उह“ालाई पायकपर्ने ठाउ वनाईदिने जिम्मा हाम्रो हो ।’

जनजाति कोटामा पास गरे: दिपक माझी


दिपक माझी दुई वर्ष अघि जनजातिको कोटाबाट शाखा अधिकृतमा नाम निकालेका हुन् । त्यसयता उनी भक्तपुरको सानोठिमीमा रहेको शिक्षा विभागमा कार्यरत छन् । ‘अपांगता भएका विद्यार्थीलाई तालिममा सहभागी गराउने, छात्रावृति सम्बन्धी सुचना दिलाउने काम मेरो शाखाको हो,’ माझीले आफुले गर्नुपर्ने कामको जानकारी दिदै भने, ‘यस्ता क्षेत्रमा पढाउने करीकुलम तयार पार्न सघाउने पनि गर्छू ।’

नुवाकोट विदुर–७ मा जन्मिएका माझीले सानोमा १६ पास गरी ठुलो मान्छे बन्छु भन्थे रे । आज उनको पुरा भएको छ । नेपाल सरकारको शाखा अधिकृत बन्न पाएकोमा उनलाई निकै गर्व पनि छ । ‘सरकारको संरक्षणले नै हामीले यस्तो ठाउ“ पाउन सकेको,’ उनले भने, ‘तैपनि हामीजस्तो कतिपय त दुःखमै छन् ।’ उनी सबै काम कम्प्युटरमै गर्छन् । कम्प्युटरमा ‘जव एक्सेस वाइप स्पिसेच सफ्टवेयर’ राखेपछि काम गर्न सजिलो भएको उनले सुनाए । जानआउन कार्यालयबाट बस सुविधा पाएका छन् ।

उनी जन्मेको ४ वर्षपछि उनका बुवा विते । आमा अर्कैस“ग गइन् । दुई दाजुको सहयोगमा पढ्दै आएका उनको ८ वर्ष लाग्दा दुबै आ“खाको दृष्टि गुम्यो । ‘टाइफाइटको उपचार गर्न नसकेर दृष्टि गुमाए मैले, एउटा सिटामोलको अभावमा,’ माझीले भने, ‘यदि बाआमाको साथ पााएको भए यसो हुन्थेन ।’
उनी कक्षा २ पढ्दै गर्दा दृष्टि गुमेपछि लायन्स क्लबका शीतराम मास्केस“ग भेट भयो । यसले उनको जीवनले अर्को मोड लियो । ‘अब पढिदैन, के गर्ने होला भनी सोचेर बसेको थिए,’ माझीले भने, ‘मास्के सरले मलाई पढाउने व्यवस्था मिलाईदिनुभयो ।’ मास्केकै सहयोगमा उनी धरानमा रहेको पुर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा पढ्न पुगे । ‘त्यहँ“ कक्षा ५ सम्म पढियो, त्यसपछि गाउ“तिरै फर्के,’ माझी भन्छन्, ‘दाइ हुनुहुन्थ्यो, उहाकै सहयोगमा कक्षा ८ मा गाउकै चन्द्रज्योति निमाविमा भर्ना भए ।’ आठ पास गरेपछि उनी ललितपुरमा रहेको नमुना मछिन्द्रमा पढ्न आइपुगे । ‘एक अमेरिकी साथीको सहयोगमा मैले त्यहा पढ्ने मौका पाएको थिए,’ उनले भने ।

त्यसपछि उनी एक्लै भए । काम गर्दै पढ्न थाले । यसपछि उनले सानोठिमीबाट आइएड परीक्षा दिए । दुइपटक व्याक लागेर बल्ल पास भएको उनले बताए । २०६० देखि मोडल अस्पतालमा रिसेप्सनिष्टको काम पनि गरे उनले । ‘रिसेप्सनिष्टमा काम गर्दा मेडिकल वर्डहरु जान्न मुश्किल हुन्थ्यो,’ माझीले भने, ‘रातिको ड्युटी गाह्रे हुन्थ्यो ।’ केही समयपछि उनले श्रमजीवि किशोर माविमा ७ महिना पढाए ।

कामकै शिलसिलामा रत्नशिक्षा क्याम्पस कोटेश्वरबाट विएड सकाए । उनलाई पनि साथ दिन आइपुगेकी छिन् मकवनपुरकी निशा तिमल्सिना । ‘मेरी जीवनसाथी सक्षम छिन् उनैको सहयोगले म अहिलेको अवस्थामा पुगेको हु,’ माझीले भने । यसो त उनले कामकै सिलसिलामा निशास“ग भेट भएको सुनाए । ‘युनिसेफको बालचेतना कार्यक्रममा उनको र मेरो भेट भयो, माया बस्यो, त्यसपछि लगनगा“ठोमा कसियो’ उनी सम्झन्छन् । माझीका दुई छोरीसमेत छन् । अन्तरजातीय विहेले उनीहरुको सम्बन्ध केही समय अप्ठेरोमा पनि परेको थियो । तर अहिले यस्तो अवस्था छैन ।

केही समय अघि उनका दुबै दाजु वितेपछि उनी एक्लै भएका छन् । गा“उमा खासै केही नभएकोले त्यति नजाने उनले सुनााए । मथिल्लो तहमा पुग्ने तयारीमा जुटेका छन् माझी । ‘अब राम्रो गर्दै जाने, माथिल्लो तहमा पुग्नका लागि तयारी गर्ने मेरो योजना छ,’ उनले भने । सरकारले अपंगता भएका व्यक्तिलाई संरक्षण दिएपनि कार्यालयहरु अपंगामैत्री नभएको उनले दुखेसो पोखे । उनले भने, ‘अफिसहरु अपंगामैत्री छैनन्, सरकारले अध्ययन गरी अपांगामैत्री बनाएमा धेरैलाई सजिलो हुनेथियो ।’

आइटी क्षेत्रमा दृष्टिविहिनहरुलाई सक्षम बनाए उनहिरु घरमै बसी पैसा कमाउन सक्ने उनले सुनाए । ‘ट्रन्सलेसन र वेब डेभलोपिङका काम गर्न सक्थे,’ माझीले भने, ‘घरमै वसीबसी रोजगारी पाइन्थ्यो ।’

तीनपटकमा नाम निकाले  :नीरा अधिकारी


उनी नेपालकै पहिलो दृष्टिविहिन शाखा अधिकृत हुन् । विसं २०६६ सालमा सामान्य प्रशासन अन्तर्गत महिला तथा बालबालिका विभागमा नाम निकालेकी हुन् । तीनपटकको प्रयासपछि मात्र आफु सफल भएको उनले सुनाईन् । ‘६२ सालमा दिए, सफल भइन“, ६३ सालमा खुलेन, ६४ मा दिए फेल भइहालियो, ६५ दिएपछि भने बल्ल नाम निस्क्यो,’ सफलताको अनुभव सुनाईन उनले ।

उनी महिला सशक्तीकरण र लैंगिक समनता हेर्ने विभागमा छिन् । उनको विभागबाट देशभर रहेका महिला सहकारीको नियमन गर्ने काम हुन्छ । यसका लागि बेलाबेला विभिन्न जिल्ला पुगिरहने उनले सुनाईन् । ‘यसै हप्ता सिन्धुपाल्चोक पुग्दैछु, त्यहा“ रहेका केही सहकारी संस्थाको अनुगमन गर्नुपर्ने छ,’ नीराले भनिन् ।

त्यसो त उनी नेपाल नेत्रहीन संघको पहलमा भारत, श्रीलंक, बंगलादेश, जापान, मलेशिया, सिरिया, दक्षिण अफ्रिका, नेदरल्यान्ड, स्विडेन र स्वीजरल्यान्ड पनि पुगिसकेकी छिन् । ‘यी देशहरुमा पुग्दा सुनेरै थाहा पाए, स्वीजरल्यान्ड, स्विडेन धेरै विकसित रहेछ,’ उनले भनिन्, ‘हाम्रोमा कार्यालयबाट निस्केपछि बाटैमा खाल्डाखुल्डी हुन्छन् ।’ खाल्डाखुल्डीले दृष्टिविहिनलाई हिड्न समस्या हुने उनले गुनासो गरिन् ।
अहिलेसम्म विवाह गर्न मनमिल्ने जीवनसाथी भने पाएकी छैनन् रे । ‘मलाई बिहे गर्ने इच्छा छैन अब,’ निरा भन्छिन्, ‘परिवार र आफन्तमाझ कहिलेकही यो प्रसंग चल्छ, आफु सुहाउ“दो कतै पनि भेटेकी छैन । त्यसैले नि होला इच्छा मर्दैछ ।’

समजशास्त्रमा एमए सकाएकी उनी त्रिभुवन विश्वविद्यालयकै छात्रबासमा बसी पढेकी थिइन् । ‘आइए देखि एमए सम्म होस्टलमै बसी पढे,’ अधिकारीले भने, ‘परिवारको सहयोगले यहा“सम्म आइपुगे ।’
ललितपुरको गोटिखेलमा जन्मिएका अधिकारीको दृष्टि पनि टाइफाइटकै कारण गुमेको रहेछ । ‘मलाई अझै पनि याद छ, म ज्वारोले बेहोस भएको थियो, पछि डाक्टरहरुले हाइ फिभरकै कारण दृष्टि गुमेको भने,’ अधिकारीले भने, ‘त्यसपछि केही समय बाबाले उपचारको लागि यताउता दौडाउनु भयो तर केही सीप चलेन ।’
एक दाजु र ६ दिदीबहिनीमा काईली उनी त्यसपछि नमुना मछिन्द्रमा पढ्न थालिन् । शुरुमा त कीर्तिपुरमा रहेको ल्याब स्कुलम पढाउने प्रयास पनि गरिएको थियो । तर नजिकै त्यही साल दृष्टिविहिनका लागि स्कुल खुलेकोले कीर्तिपुरसम्म नगएको उनले सुनाए ।

‘बाबा टिचर हुनुहुन्थ्यो, त्यतिबेला शिक्षा मन्त्री केशरबहादुर विष्ट, उहा“ले नै हामीलाई मछिन्द्रमा पढ्नु भन्नु भएको रहेछ,’ उनले भनिन् । आफु महिला र अपंगा भएपनि बाआमा र परिवारले भने विभेद नगरेको उनले सुनाईन् । आजभोलि उनी पुल्चोकस्थित महिला विभागमा छिन् । कार्यालय नजिकै दाईको छोरीस“गै बस्छिन् । चाडपर्वमा घर पुग्ने उनले सुनाईन् । ‘बेलाबेला बाआमा आउनुहुन्छ भेट्न, चाडपर्वमा भने आफै जान्छु,’ निराले भनिन् । अबको योजना उनले यसरी सुनाए, ‘उपसचिवको परीक्षाको तयारीमा छुँ ।’


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...