Thursday, May 2, 2013

मै हुँ नम्बर वान-पार्वती


नम्बर वानमा पर्न केले साथ दिएको होला  ?
पहिलो कला हो । दोस्रो गाइड । तेस्रो ठाउँ पाएको छु । चौथो रिलेसन पनि हो । पाँचौं आफ्नो बोलीवचनले पनि साथ दिएको छ । छैठौं अरुको सम्मान गर्न जानेकीले पनि हो कि नम्बर वानमा परेकी रु

नम्बर वानलाई निरन्तरता दिन अन्य सुघन्ध  ?
निश्चय नै सबैलाई नम्बर वानमै बसिरहन मन हुन्छ । तर मोडलिङको आयु नै कत्ति न हुन्छ र रु बढी से बढी भए पाँच वर्ष । यो अवधिभरका लागि आपूm चम्किन नयाँ कुरा सिकिरहन्छु । किनभने म आफंै नाचको विद्यार्थी हुँ । फिट् एन्ड फाइन रहन्छु । ब्युटी मेन्टेन गर्छु । विभिन्न विधाका नाचहरुको अभ्यास गर्छु । रिहर्सल गर्न छाड्दिन ।

स्टेज तताउन माहिर हुनुहुन्छ, कुन फर्मुला छ तपाईसँग ?
हरेक स्टेजमा उक्लिँदा म दर्शक नै भगवान सम्झन्छु । अर्को कुरा कुनै पनि प्रस्तुतिलाई कम्पिटिसनभन्दा कम सोच्दिनँ । तयारी पूरा नगरी स्टेजमा जान्नँ । यसैले पनि मेरो प्रस्तुतिमा ताली र हुटिङ आउँछ होलाजस्तो लाग्छ ।

हुटिङ र ताली सँगसँगै अरु के के आउँछन् ?
केही सँगै फोटो खिचाउन चाहन्छन्, त्यही आशा लिएर आउनुहुन्छ, कसैले अटोग्राफ माग्नुहुन्छ । कहिले काहीं लभ पर्पोज् पनि आउँछ । कलाकार भएपछि यो पर्पोज्चाहिँ झेल्नै पर्ने रहेछ ।

कस्तो बेला आउँछन् यस्ता प्रस्ताव ?

सपनामा कोरीबाटी ऐना हेरेको देखें भने लभ पर्पोज आइहाल्छ ।

सपनामा विश्वास गर्नुहुन्छ ?
हेर्नुस न परम्परादेखि चलिआएको । मलाई पनि विश्वास लाग्छ । किनभने सपनामा देखेका कतिपय कुराहरु मिल्दोरहेछ ।

त्यसो भए ज्योतिषीका कुरामा पनि विश्वास गर्नुहुन्छ होला ?
हो नि, मैले कति पैसा त ज्योतिषीलाई हात हेराउनै खर्च गरेकी छु । आफ्नो हुनेवाला राजकुमार कस्तो होला भनेर हेराउँछु । तर ५० प्रतिशतमात्र विश्वास गर्ने गरेको छु हिजोआज । किनभने त्यति पूरै विश्वास गरे अन्धविश्वास भइहाल्छ नि फेरि ।

राजकुमार त आफुले फिक्स गर्ने हो नि हैन ?
भन्छन्, तर फिक्स भइसकेको छैन ।

केही समय हास्यसिरियल झ्याइँकुटीमा देखिनुभयो नि ?
सुरुमा त्यो अवसर पाउनु धेरै ठूलै थियो । तर डान्स क्षेत्रमै निरन्तरता दिनु ठिक लागेर त्यता समय दिन सकिनँ ।
ठूलो पर्दाको सपना ?
विभिन्न कम्परमाइज गर्नुपर्नेरहेछ ठूलो पर्दामा । जस्तो ब्लोअप सिन । न्युड् सिन यस्तै यस्तै । त्यसैले मैले अहिले नै ठूलो पर्दामा हात हालिहाल्ने सोच बनाएकी छैन ।

तर तपाईले त हङकङमा त्यसै फोटो सेसन गराउनुभएको थियो नि हैन र ?
पत्रिकाको लागि गरेकी हो । त्यसमा पनि नयाँ एकपटक गरु भनेर गरेकी हुँ । त्यति गरेपछि मलाई धेरै अभद्र कमेन्टहरु आए । ब्लोअप फोटोले गर्दा त त्यस्तो प्रतिक्रिया आउँछ भने फिल्ममा देखाए कस्तो होला रु त्यसमा पनि कम्प्रमाइजका साथ ।
यो क्षेत्रमा आउने सानैदेखिको सपना हो ?
हो नि, तर बाआमाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । म भने डान्स सिक्न बाबाको पुरानो साइकल डो¥याउँदै डान्स सेन्टर धाउँथे । कतिपटक मैले एक्सिडेन्ट गराएकी पनि छु ।

डाक्टर नबनेर डान्सर बन्दा कत्तिको अपजस पाइएको छ घरमा ?
खुसी हुनुहुन्छ बाआमा, भाइ । हाम्रो परिवारको पूरै सपोर्ट छ मलाई । कुनै अपजस छैन ।

एउटी सामान्य महिला र कलाकारको ब्युटी मेन्टेनलाई कसरी तुलना गर्नुहुन्छ ?
सामान्य महिला व्यस्त भए पनि उनीहरु घामपानी छल्न सक्छन् । रुटिन अनुसार सुत्न पाइन्छ । तर कलाकारको रुटिन भताभुंगाको हुन्छ । कहिले नाइटबसमा यात्रा हुन्छ । निद्र खल्बलिन्छ । कहाँ घाम पर्ने हो हावा हुन्डरी पर्ने हो थाहै हुन्न । निद्र र त्यस्ता हावाहुरीले हाम्रो सुन्दरता बिगारिदिन्छ । त्यसैले म त हामी कलाकारभन्दा सामान्य महिलाहरु नै धेरै राम्री देख्छु ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...