Wednesday, May 29, 2013

हास्य कलाकारले रुवाएका क्षणहरु


हस्य कलाकारको मुख्य जिम्मेवारी हसाउने हो । भनिन्छ, हसाउन निकै गाह्रो हुन्छ रे । गहन विषय र गहन पात्रलाई बुझिने गरी मञ्चबाटै हजारौलाई हसाउछन् उनीहरु । यसो त टेलिभिजन सिरियलमा उनीहरु क्रमबद्ध हसाँउने कार्यक्रम नै बनाएका हुन्छन् ।
हसाएरै वहावाही पाएका उनीहरु हास्यक्षेत्रको मेरुदण्ड नै राजनीतिलाई मान्छन् । विशिष्ट राजनीतिक व्यक्तिदेखि लिएर चर्चित पात्रहरुको क्यारिकेचर गरी हसाउँने खुबीकै कारण उनीहरु पनि चर्चाको शिखरमा पुग्छन् । यसरी हसाउनेले जीवनमा कसैलाई रुवाएका होलान् ? यसबारे केही हास्यकलाकालले नेत्र तामाङसँग आफ्नो अनुभव सुनाएका छन् । 

ज्योति काफ्ले, नक्कली बाबुराम

लामो समयको हास्य यात्रामा गएको दशैमा कोरिया जाने मौका मिल्यो । यहाँ चितवन समाजले मलाई सम्मान गर्ने कार्यक्रमको तयारी गरेको थियो । सम्मानपछि मेरो कमेडीको आशा गरेका धेरै कार्यक्रममा मैले रुवाए । कारण मैले त्यहाँ आफ्नो कथा सुनाएको थिए । कसैकसै बाआमाबारे सुनाउन पुगेछु । उहाँहरु १२ दिनको  फरकमा वित्नुभयो । यो सुनेर कार्यक्रममा उपस्थित धेरै रोए । आफु पनि रोएछु । हसाँउदा हामीलाई निकै मज्जा आउँछ । तर रुवाउदाँ भने मन हल्का हुदाँ रहेछ । आफ्नो दुःखमा साथ दिने धेरै रहेछन् जस्तो लाग्दो रहेछ । जुन हसाँउदाँ हुन्न । हसाएपछि रुनुपर्ने अवस्था आउँछ ।


दीपाश्री निरौला, तितोसत्य


म रुवाउँने खालका सिरियलबाट नै हास्य क्षेत्रमा आएकी हुँ । अग्निपथ, सहनाई रोइरहेछ, छिमेकी जस्ता सिरियलमा मेरो अभिनय हेरेर धेरै रोएको खबर मैले पाएकी थिए । महिलाले जीवनमा धेरै कष्ट पाउँछन् । त्यस्तै पात्र बनेर म ‘अग्निपथ’ मा देखिएकी थिइ । एउटी महिला जसको लोग्ने मरेको हुन्छ उसको दर्दानक अवस्था मैले अभिनय गरेकी थिए । कार्यक्रमकै दौरानमा मैले कसैलाई चित्तै दुखाउने गरी भने रुवाएकी छैन । कहिलेकही भाइबहिनीलाई पिटेर रुवाए हुलाँ ।


विल्सनविक्रम राई, तक्मे बुढा

धेरै ठाउँमा हाम्रो काम हसाँउने हो । तर कहिलेकही नजानी नजानी पनि रुवाउन पुग्दोरहेछ । केही समय अघि हङकङ पुग्दा मैले नसोचेको घटना भयो । हसाँउने कार्यक्रममा मैले वीचवीचमा आफ्ना कथालाई पनि प्रवेश गराए । मेरा दुःखका दिनहरु मैले कार्यक्रममा सुनाए । त्यसबला हलमा उपस्थित सबै रोएका थिए । मैले आफ्नो दुःख लुकाएको भए दर्शक रुने थिएनन् । दर्शकसँगै आफु पनि रोएकोले मलाई खासै आत्मग्लानि भएन । किनभने आफ्नो वास्तविकता सबैलाई थाहा दिनुपर्छ । जोकोही पनि संघर्ष गरी चर्चा कमाउन आएका हुन्छन् ।




जितु नेपाल, मुन्द्रे

विदेश दौरानको क्रममा नेपालको हविगत सुनेर नेपालीहरु भावुक हुन्छन् । कार्यक्रममा ती विषयलाई समेटेर जतिसुकै हसाँएपनि भेटघाटमा सुनाउँदा उनीहरुका अनुहारमा मलिनता देखिन्थे । राजनीजित अस्थिरता, देशको अवस्था, जनताले पाएको दुःख जुनै देशमा पुगे पनि सुनाउनैपर्ने हुन्छ । विषयवस्तुको गम्भीरता उठाएपछि धेरैले यसबारे सोच्छन् । अभिनयको सिलसिलामा हसाएको बाहेक विर्सनै नसकिने  गरी रुवाएको छैन ।



No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...