Wednesday, May 8, 2013

के हो बोको हराम ?


बोको हरामको आक्रमणमा परी ५० को ज्यान गयो

नाइजेरियामा संदिग्ध इस्लामिक संगठन बोको हरामको आक्रमणमा परी मर्नेको संख्या ५० पुगेको छ भने १०० कैदी फरार भएका छन् ।
हतियारसहित दुईसय जनाको संख्यामा बस र पिकअपमा आएका उनीहरुले सबैभन्दा पहिले नाइजेरियाको बामामा रहेको सेनाको ब्यारेक र प्रहरी चौकीमा हमला गरेको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा १३ जना बोको हरामकै सदस्य, २२ प्रहरी, १४ जेलमा खटिएका कर्मचारी, २ सेना र ४ जना सामान्य नागरिक रहेको त्यहाँ खटिएको सेना प्रमुखले बताएको छ ।
आक्रमणमा आएका उनीहरु कतिपय त सेनाकै पोशाकमा आएको सेना प्रमुखले बताए ।

के हो बोको हराम  ?
विस्तारमा पढ्नुहोस यसबारे......


नेपालीमा सुन्दै अचम्मको नाम हो बोको हराम । त्यसैले पनि हामीलाई यो नाम उच्चारण गर्दा बेग्लै मज्जा पनि आउँछ । नाइजेरियामा बेलाबेला हुने विभिन्न आक्रमणमा यस संगठनको नाम रेडियो र टेलिभिजनमा सुन्दा पनि अचम्म लाग्दो हुन्छ ।
खास गरी यो बोको हरामको नाम किन बोको हराम भएको होला ? र, यसले नाइजेरियामा कस्तोखाले युद्ध गर्दैछ त ।
दक्षिणी नाइजेरियामा बनेको यो इस्लामिक संगठनको नाम स्थानीय भाषामा राखिएको हो । यसको अर्थ पश्चिमी शिक्षा पापपुर्ण हो भनी उल्लेख गरिएको छ । मुख्यतय मानिसले बनाएका कानुन पश्चिमी देशविरुद्ध यो लागेको सशस्त्र संगठन हो यो ।
सन् २००१ मा मुहम्मद युसुफले यसको स्थापना गरेका हुन् । उनले स्थापनाताका नै शरिय कानुन पनि बनाएका छन् । यसमा खासगरी इस्लाम धर्ममा भएका कुराहरु मात्र पालना गर्नुपर्ने उल्लेख छ । यस समुहले मुख्यतय क्रिस्चीयनहरुलाई आक्रमण गर्दै आएका छन् भने मस्जिद् र चर्चमा पनि बम पड्काएका छन् ।
युद्ध शुरु गरेयता सिरियामा बोकोहरामले गरेका आक्रमणमा परी दश हजार जनाको ज्यान गइसकेको छ । खासगरी बोको हरामले सन् २००७ बाट युद्ध शुरु गरेको हो । सरकारको विरोधमा लडिरहेको उक्त संगठनको अल कायदासँग पनि गतिलै सम्बन्ध रहेको खुलिसकेको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...