Tuesday, May 28, 2013

पार्वती नम्बर वान


नेत्र तामाङ–लोकदोहोरीमा मोडल र निर्देशनमा लागेका शंकर विसीको पहिलो रोजाईमा पर्छिन् पर्वती राई । कुनै समय ‘छमछमी’ नाच प्रतियोगितामा भाग लिएकी राईलाई उनैले दोहोरीमा भित्र्याएका हुन ।
छमछमी सिजन सकेको तीन महिनापछि उनी ‘हेर्छौ ओठ टेकी’ बोलको गीतमा देखिईन् । त्यसयता उनलाई खाली बस्नुपरेको छैन । लगभग २ सय लोकदोहोरीमा मोडलिङ गरिसकेकी उनी देशविदेशमा स्टेज कार्यक्रममा पनि व्यस्त छिन् ।
चलचित्रमा नायिका बन्ने सपना बुनेका उनी दोहोरीबाटै चर्चाको शिखरमा पुगेकी छन् । यिनै राईलाई उत्कृष्ट लाग्नुको कारण निर्देशक बिसी यसरी खुलाउँछन्, ‘भर्खरकी, काम गर्न सजिलो र नाचमा राम्रो अनुभव भएकोले उनको छनोटको विकल्प छैन ।’
बिसी कोरियोग्राफीमा समेत पोख्त छन् ।

उनको दोस्रो नम्बरको छनोट हो रञ्जिता गुरुङ ।
‘गोर्खा–पल्टन’, ‘दसगजा’ फिल्ममा समेत अभिनय गरिसकेकी उनले थुप्रे लोकदोहोरीमा मोडलिङ गरिसकेकी छन् । चकलेटी नायिकाका रुपमा चिनिने उनी ‘सर्बोत्कृष्ट लोकदोहोरी नायिका–२०६९’ बाट समेत सम्मानित भएकी छन् ।
‘आकर्षक शरीर र अनुभवी भएकोले रञ्जिता मेरो निर्देशनमा आउने प्रायः म्युजिक भिडियोमा देखिन्छन्,’ बिसीले भने, ‘काममा उनी लगनशील पनि  छिन् ।’ स्टेज कार्यक्रममा त्यति समय नदिने उनी हिजोआज बागबजारमा बुटिक पनि सञ्चालन गर्दैछिन् ।
निर्देशक बिसीको तेस्रो रोजाईमा पर्छन, अन्जु निरौला । विन्ध्याबासिनी म्युजिक आवार्ड–२०६९ मा उनी उत्कृष्ट मोडल घोषित भएकी थिइन् । विभिन्न आधुनिक गीतमा समेत मोडलिङ गरेकी उनी न्युरोडमा फेसन कलेक्सन सञ्चालन गर्छिन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...