Wednesday, May 29, 2013

संसारकौ ठुलो राष्ट्रिय झन्डा

रोमानियाको राष्ट्रिय झन्डा

एजेन्सी–संसारकै सबैभन्दा ठुलो राष्ट्रिय झन्डाको रेकर्ड रोमानियाको राष्ट्रिय झन्डाले राखेको छ । रातो, पहेँलो र निलो झन्डा ७९ हजार २९० वर्गमिटरको छ । यसअघि सबैभन्दा ठुलो झन्डाको रेकर्ड लेबनानी झन्डाले बनाएको थियो । यो ६५ हजार ६५० वर्गमिटरको थियो ।
हालै गिनिज् बुकमा रेकर्ड राख्न रोमनियाका नागरिकले यस्तो लामो र ठुलो झन्डा बनाए जसलाई पट्याउन समेत २ सय जनालाई घन्टौ लगाए । ३४९ मिटर लामा र २२७ मिटर चौडाई भएको यो झन्डा फुटबल चौरभन्दा तीन गुना भएको गिनिज वल्ड रेकर्डका ज्याक ब्रकब्यांकले बताएका छन् ।
रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टा र मन्त्रिगण उपस्थित एक समारोहमा झन्डा प्रदर्शन गरिएको थियो । हप्तौ लगाएर बनाइएको झन्डा सिउन झन्डै ७० किलोमिटर धागो प्रयोग भएको थियो । 


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...