Tuesday, June 14, 2011

किङ फु पान्डा भाग२




कङ फु पान्डा भाग-२ अहिले प्रदर्शन भइरहेको छ । जेठ १२ मा अमेरिकामा रिलिज भएको यॊ थि्रडी फिल्म हो । एनिमेटेड यो फिल्म एक्सन र साहसले भरपुर छ । यो फिल्मले उत्तिकै हसाउँछ पनि । २००८ मा प्रदर्शन भएको पहिलो भागभन्दा अझै रोचक कथा भएकाले यो फिल्म युगकै उत्कृष्ट एनिमेटेड फिल्म भएको समीक्षकहरुले बताएका छन् ।

डि्रमवर्कस एनिमेसनले बनाएको फिल्मको कथा जोनाथन एवेल र ग्लेन बर्गरले लेखेका हुन् भने निर्देशन जेनिफर योहले गरेकी छन् । १५ करोड डलरमा बनेको यस कथाका सबै पात्र रमाइला छन् जनवारै-जनवार । प्रमुख पात्र पान्डाको नाम पु हो । उनलाई आवाज दिने कलाकार ज्याक ब्ल्याक हुन् । उनका पाँच साथी बघिनी सारस फट्यांग्रा सर्प र बाँदर छन् । प्रमुख भिलेन मयुर हुन् ।

भ्यालीमा अफ पिसबाट सुरु हुने कथामा के-के हुन्छ हेरांै न । पु अहिले भ्याली अफ पिसमा बस्दैछन् । उनी कङ फु मास्टर हुन् । उनी पाँच साथीसहित यो सहरको रक्षा गरी बस्दै आएका छन् । यो पुका लागि नयाँ जिन्दगी हो । किन होला नयाँ जिन्दगी भनेको

उनका बुवा त हाँस हुन् । कस्तो अचम्म हगि हाँसको छोरो पान्डा । त्यसैले त नयाँ जीवन भनेको ! पुले नयाँ जीवनमा खतरनाक शत्रुको सामना गर्नुपर्छ । शत्रु एकदम बलियो छ । उसको नाम सेन मयुर हो । ऊसँग चलायमान र शक्तिशाली हतियार छ जुन कहिल्यै रोकिँदैन । ऊ सारा चीन कब्जा गर्न चाहन्छ ।

त्यस्ता दुष्टलाई त ठिक पार्नै पर् यो । त्यही सेनलाई वशमा पार्न पु साथीसहित चीन यात्रामा निस्कन्छ । तर त्यो चलायमान हतियार कसरी नियन्त्रणमा लिने पुले विगतको कथा र भित्री रहस्य थाहा पाउन सकेमात्र ती शत्रुलाई वशमा लिनसक्ने जानकारी पाएपछि भने कथाले अर्को मोड लिन्छ ।

धेरै पहिले मुजुर वंशको लर्ड सेनले चीनको गङमेन सहरमा राज्य गर्थे । उनले पुरा देशमा राज्य गर्नका लागि आतसबाजी गर्दै सबैलाई तसा्रउँथे । उनका भविष्यवेत्ताले कुनै एक योद्धले उनलाई नियन्त्रणमा लिन सक्छन् भन्ने कुरा बताए । यो भविष्यवाणीलाई उल्ट्याउन उनी एक पाण्डालाई साथी बनाउँछन् र भविष्यवेत्तालाई देशनिकाला गरिदिन्छन् । भविश्यवेत्ता बदला लिने कसम खाँदै देशबाट निस्कन्छ ।

३० वर्षपछि उही पु उसको स्वप्नसहरमा ड्रागन वरियरका रुपमा भ्याली अफ पिसको रक्षा गर्दै बस्छन् । उनका गुरु सिफुले अझै पनि भित्री शान्ति नमिलेको बताएपछि पु ब्वाँसोहरुको समूहसँग लड्न जान्छन् । लडाइँमा ब्वाँसोको कवचमा ठोक्किँदा पु निकै विचलित हुन्छन् ।

त्यही बेला उनी आफ्नी आमालाई सम्झन्छन् र ती ब्वाँसाले भाग्ने मौका पाउँछन् । ुमेरा बुवा हाँस म कसरी यहाँ आएँ ु उनले आफ्ना बुवालाई सोध्छन् । हाँसले उनलाई टोकरीमा भेटेको र आफूले ल्याएर पालेको बताए ।

लर्ड सेनले कङ फु संस्कृतिलाई ध्वस्त पार्ने धम्की दिएका रहेछन् । पु र उनका पाँच साथी यो कार्य रोक्नका लागि गए । उनीहरु गङमेन सहरमा सेनको फौजसँग सामना गर्न पुग्छन् । त्यहाँ गङमेन सहरको काउ_िन्सलका दुईजना सदस्य पनि सेनले थुनेका थिए । ती एउटा मास्टर अक्स र अर्को मास्टर क्रोकोडाएल थिए ।

उनीहरुले ती दुवैलाई त्यो देशबाट भगाउन खोज्छन् । तर उनीहरुले भाग्न अस्वीकार गरे । पु र पाँच जनालाई ब्वाँसोको प्रमुखले भेट्टाए- सेनसम्म पुग्नै नदिई ।

सेन टावरमा ल्याइपुर् याउँदासम्म पु र अन्य पाँच जना मुक्त भइसकेका थिए । र पुले उनको हतियारसमेत नष्ट पारिदिए । तर सारसले आफ्नो पखेटा जलाएका कारण पु फेरि विचलित भए ।

पुले बाआमाबाट आफू छुटेको कथाबारे वर्णन गरे र सेनको वास्तविकताबारे जान्न चाहे । यही बेला सेनले पुनः सबैलाई नियन्त्रणमा राखे । तर पुलाई सेनकै भविष्यवेत्ताले भगाए । ती भविष्यवेत्तालाई सेनले देशनिकाला गरेका थिए । सेनबाट बचाउन उनकी आमाले पुलाई टोकरीमा लुकाएकी थिइन् । यो कुरा पुले पछि थाहा पाए ।

भित्री शान्ति मिलेपछि पु फेरि गङमेन सहरमा आफ्ना पाँच साथीको उद्दार गर्न जान्छन् । पुले सेनको हतियार उसैलाई फर्काएर हान्छन् । अनि पुराना कुरा सम्झन उनले सेनलाई उत्तेजित पार्छन् । तर सेनले अस्वीकार गर्छन् र अन्तिम समयसम्म आक्रमण गरिरहन्छन् । तैपनि सेनलाई पुले मारिदिन्छन् ।

विजयी पु साथीहरु लिएर भ्याली अफ पिस आउँछन् र मिस्टर पिङसँगै मिल्छन् । उनैलाई बुवा बनाउँछन् । यही बेला उनका आफ्नै बुवा पनि जीवित रहेको कथामा देखाइएको छ । भ्यान डम ज्याकी च्यान एन्जेलिना जलीसमेतको आवाजले यो फिल्म निकै रमाइलो बनेको छ ।

पान्डाका बुवा पान्डा नै नभएर हाँस भएको रहस्यमय कथालाई फिल्ममा राम्ररी उतारिएको छ । पछि मात्र पान्डाले आफूलाई हाँसले छोरो बनाएर पालेको थाहा पाउँछन् ।


दिपेन सर


शृंखलामा देखिने उनलाई धेरैले खगेन्द्र थापामगर होलान् भन्ठान्छन् । हुन पनि उनको उचाइ खगेन्द्रको भन्दा पाँच इन्च मात्र त बढी छ<br>


नेत्र तामाङ

हास्यशृंखला झ्याइँकुटीमा टोलसुधार समितिको अध्यक्ष बनेपछि उनी निकै खुसी देखिन्छन् । अध्यक्षकैै रवाफ उनले अभिनयमा देखाएका छन् । स्वर सानो छ । तैपनि अध्यक्ष भएपछि निर्देशन दिनैपर् यो । उनको निर्दे्रशनले सबैलाई हसाउँछ । अभिनय उत्तिकै सरल गर्छन् ।

शृंखलामा दिपेन सरको नामले चिनिने उनको खास नाम हो- दिपेन शाह । सुटिङमा बोल्नुपर्ने कुरा तुरुन्तै टिपिहाल्ने उनी सुटिङ युनिटकै पि्रय बनेका छन् । सुटिङमा मात्र होइन आजभोलि दर्शकका पनि पि्रय बनिसकेका छन् उनी । उनलाई सिरियलमा दिएको ुसरु उपनामभन्दा आफ्नै थर ुशाहु राम्रो लाग्छ रे । शुक्रबार प्रसारण हुने यस शृंखला सुटिङको क्रममा उनी बुढानीलकण्ठमा थिए ।

सुटिङमा आफ्नो पालो नआएसम्म सबैसँग रमाइलो गर्छन् । उड्सभिल स्कुल ललितपुरको ५ कक्षामा पढ्ने उनी हरेक मंगलबार सुटिङका लागि स्कुलबाट छुट्टी लिन्छन् । होस्टलमै बस्ने उनी घरमा झैं स्कुलमा पनि रमाइलो हुने बताउँछन् । चिनेजानेकासँग बढी खुल्छन् । तैपनि सरल स्वभावका छन् । आफूलाई देख्ने जो कोहीले प्रश्न सोधिरहने भएकाले उनी नचिन्नेसँग नखुल्ने उनका बुवाले बताए । सुटिङमा उनीसँगै उनका बुवा दिपक पनि पुग्छन् ।

शृंखलामा देखिने उनलाई धेरैले खगेन्द्र थापामगर होलान् भन्ठान्छन् । हुन पनि उनको उचाइ खगेन्द्रको भन्दा पाँच इन्च मात्र त बढी छ । ३१ इन्च उचाइका उनलाई बाटोमा धेरैले खगेन्द्र हुन् कि भनी सोध्ने गरेकॊ उनका बुवाले बताए । ुबसमा धेरैले खगेन्द्र हुन् कि भनी सोध्छन्ु उनका बुवा दिपक शाहले भने । स्कुले केटाकेटीले गाडी नै रोकेर पनि उनलाई हेर्ने गर्छन् ।

खगेन्द्र र उनको भेट यसअघि नै भइसकेको रहेछ । ुम खगेन्द्रलाई दाइ भन्छु उहाँ मेरो कुममा आइपुग्नुहुन्छु दिपेनले भने ।



दोलखा मकैबारीका उनी सदरमुकाम चरिकोट बजार पुग्दा धेरै मानिस झुम्मिन्छन् । ुसबैलाई अचम्म लाग्छ होला उनीहरुले धेरै प्रश्न सोध्छन्ु बुवा दिपकले भने ुपहिले त उनी मानिसहरुसँग रिसाउँथे तर आजभोलि बोल्न थालेका छन् ।ु फुस्रदमा कार्टुन हेर्न मन पराउने दिपेन कहिलेकाहीँ छतमा पुगी साइकल चलाउँछन् । उनका लागि सानो चारपंाग्रे साइकलको व्यवस्था गरिदिएका छन् उनका बुवाले ।

गएको मंगलबार उनको जन्मदिन थियो । साथीहरुलाई उनले चकलेट बाँडे । दिपेन अहिले १३ वर्ष पुरा भएका छन् । उनी परिवारसँगै ललितपुरको इमाडोल बस्छन् । जन्मँदा उनी निकै सानो थिए रे । धेरै औषधीमुलो गरी बाँचेको उनका बुवा बताउँछन् । नाम चलेका नेता÷मन्त्रीसँग भेट गरिसकेका उनी अहिले पढाइलाई निरन्तरता दिन चाहन्छन् । छोरा यति सानो भएपनि टेलिभिजनका पर्दामा आएर यतिधेरै दर्शकले मन पराइदिएकोमा उनका बुवा खुसी छन् ।

उनको अभिनय यात्रा

होचा कदका उनलाई पहिलो पल्ट झ्याइँकुटीकै निर्देशक शेखर खनालले एक कार्यक्रममा भेटेछन् । राम्रो नाच्ने दिपेनको कला निर्देशक खनाललाई मन परेछ । त्यसपछि उनलाई एनटिभी प्लसबाट प्रसारण हुने दमन रुपाखेतीको हास्य शृंखला ुछेउ न टुप्पोुमा अभिनय गर्ने मौका मिल्यो । उनको अभिनय सबैले मन पराउन थालेपछि झ्याइँकुटीमा आएका हुन् ।

नाच राम्रो भएकाले स्कुलको अभिभावक दिवसमा उनले आफ्नो कला देखाउँछन् । उनी शृंखलामा मन्त्री बनेर खेल्ने सपना भएको बताउँछन् । स्टेज प्रोग्राममा पनि कला देखाइसकेका उनलाई साधारण खाना मनपर्छ रे । उनले झ्याइँकुटीमा अभिनय थालेको पनि दुई वर्ष पुगिसकेछ । टेलिभिजनको पर्दामा देखिन थालेपछि धेरैले चिनेकोमा उनी दंग छन् ।







Thursday, June 9, 2011

चित्रमा काठमाडौं



चित्रकला धेरैलाई मनपर्ने विषय । स्कुलमा अतिरिक्त कि्रयाकलापमा राखिने यो विषयको आकर्षण बढ्दैछ । त्यसैले त चित्रकलाका प्रतियोगिता विभिन्न समयमा हुँदै आएको छ । यसपाला काठमाडौंको डल्लु आवासीय विद्यालयले यसै विषयमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर् यो ।

प्रतियोगिताका सहभागी जगत सुन्दर स्कुलका सचेत मानन्धरले काठमाडौंमा रहेका सांस्कृतिक सुन्दरतालाई चित्रमा उतारे । ुमैले कोरेको चित्रमा पर्यटक गाइडबुक पढ्दैछन्ु उनले भने ुकाठमाडौंमा घुम्न लायकका ठाउँ पनि सँगै उतारेको थिएँ ।ु डल्लु आवासीय विद्यालयले ुपर्यटकका लागि काठमाडौंु विषयमा पहिलोपल्ट आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा भाग लिन उनका साथी सचेतना मानन्धर पनि आएकी थिइन् । इकेडा इन्टरनेसनल स्कुलको कक्षा २ मा पढ्ने उनले जुनियर कम्पिटिसनमा भाग लिइन् भने सचेतले सिनियर कम्पिटिसनमा ।

कार्टुन र कविता मन पराउने उनले कम्पिटिसनका लागि सक्दो राम्रो चित्र कोरेको बताइन् । ुकुमारी मलाई मनपर्छ यसैको चित्र कोरेकी छुु सचेतनाले भनिन् ुसाथमा हिमाल पहाडलाई पनि सँगै मिलाएर राखेकी छु ।ु एउटै विषय भएकाले सबैले काठमाडौंकै सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई चित्रमा उतारे । आश्रय विद्यासदनका सुरज कुँवरले चित्रमा धरहरा पशुपतिनाथ घण्टाघरलाई प्राथमिकता दिए । कारण यिनीहरु ऐतिहासिक र सांस्कृतिक भवन हुन् । ुपशुपति हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थल होु उनले भने ुयहाँ पनि पर्यटक घुम्न आउँछन् । आजभोलि पशुपतिक्षेत्र प्रदुषित हुँदैछ ।ु यो सफा गरिएन भने काठमाडौंको एक प्रमुख तीर्थस्थलले पर्यटक गुमाउन सक्छ । यसैले यसको संरक्षणमा आजैदेखि सबैजना लाग्नुपर्ने सुरजले बताए ।

काठमाडौंलाई साँच्चिकै हराभरा बनाए के होला ुनेपालमा आउने पर्यटक सबैभन्दा पहिले यहीँ आउँछन् यही ठाउँ राम्रो भए अरु ठाँउ पनि घुम्छन्ु उनका सहपाठी सुरज श्रेष्ठले भने ुउनीहरु फर्केपछि अरुलाई पनि सुनाउँछन् र पर्यटक संख्या बढ्न सक्छ ।ु पर्यटक बढे आर्थिक उन्नतिसमेत हुने उनको भनाइ छ ।

दिनानुदिन प्रदुषित बन्दै गएको काठमाडौंबारे विद्यार्थीलाई सचॆत गराउने यस प्रतियोगितामा सहभागी हुन पाएकोमा स्वयम्भु इङ्लिस स्कुलकी साइना खड्का खुसी थिइन् । उनले शान्तिदुत गौतम बुद्धको चित्र कोरेर काठमाडौंलाई शान्तिकेन्द्र भएको जनाइन् । जलजला शिशु सदनका समनरत्म बुद्धाचार्यले आफ्नो चित्रमा प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई सूर्यमुखीको फूलमा सुन्दर ढंगले उतारे । प्रकृति सफा राखे संस्कृति बचाउन सजिलो हुने उनको तर्क छ । विदेशीहरु आफ्नो देशभन्दा भिन्न रमणीय स्थानको खोजीमा हुन्छन् । यही खोज्न नेपाल आउँछन् । ती वस्तु पाउन सके हामीले पर्यटन क्षेत्रमा ठूलो सफलता हात पार्न सक्ने भनाइ उनको छ ।





जुनियर-सिनियर दुवैमा छात्रा अगाडि



काठमाडौंको ४७ स्कुलका एक सय ५२ सहभागी भएको प्रतियोगितामा कक्षा ५ सम्मकालाई जुनियर र १० सम्मकालाई सिनियरमा विभाजन गरेका थिए । जुनियरमा स्मल हेभन बोर्डिङकी सुस्मिता घिमिरे पहिलो भइन् भने सिनियरमा राइजिङ स्टार स्कुलकी इनु चौधरी ।

विजयी दुवैले नगद पाँच हजार पुरस्कार तक्मा र प्रमाणपत्र पाए । पहिलोपटक सहभागी भएकी सुस्मिता पुरस्कार पाएपछि निकै खुसी भइन् । ुपहिलो हुन्छु भनी सोचेकै थिइनँु उनले हाँस्दै भनिन् ुहिम्मत हार्नु हुन्न रहेछ प्रयास गरे सफल भइँदो रहेछ ।ु चित्रकलामै निरन्तरता दिने बताउँदै इनुले आफू भविष्यमा पर्यटनमा लाग्ने इच्छा राखिन् । हानुमानढोकामा लाखे नाच हेर्दै गरेका पर्यटकलाई चित्रमा उतारेर निर्णायकको मन जित्न सफल भएकी उनी आफ्नो कलाको श्रेय आमालाई दिन्छिन् । जुनियरतर्फ प्रेतम गुरुङ दोस्रो सोनिया मल्ल तेस्रो भए भने प्रेक्षा देउजा र प्रमोद पन्तले सन्त्वना पुरस्कार पाए । यता सिनियरतर्फ आर्पणा राई दोस्रो यश्मिन श्रेष्ठ तेस्रो भए भने नितु तामाङ र मीना विकले सान्त्वना पुरस्कार पाए ।



विद्यार्थीलाई प्रोत्साहन दिन यो प्रतियोगिता गरिएको आयोजकले बताए । स्थलगत चित्रकलासमेत निकै राम्रो बनाएका विद्यार्थीले अझै राम्रो गर्न सक्ने ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव एवं निर्णायक मण्डलका प्रमुख केके कर्माचार्यले बताए । प्रसिद्ध चित्रकार अमर चित्रकारको सम्झनामा आयोजना गरिएको कार्यक्रमको कुलपति किरण मानन्धरले उद्घाटन गरेका थिए ।


एक डलर तलब

स्कुले जीवनमा गाडी पर्किङमा काम गर्ने माइक ब्लुम्बर्ग अहिले अर्बौ सम्पत्तिका धनी हुन । न्युयोर्क सहरको मेयर रुपमा काम गरेको एक डलर तलब बुझ्छन् उनले







संसारका प्रख्यात व्यक्तिको सूचीमा माइक ब्लुमबर्गको पनि नाम आउँछ । अमेरिकी धनाढ्यको लहरमा १३ आंै स्थानमा पर्ने ब्लुमबर्गसँग अर्बौं डलरको सम्पत्ति छ । उनी अमेरिकाको न्युयोर्क सहरका मेयर हुन् । समाजसेवीका रुपमा चिनिने उनी न्युयोर्कबासीमाझ अतिपि्रय छन् ।
सन् १९४२ फेब्रुअरी १४ मा जन्मेका माइकको पूरा नाम मइकल रुवेन्स ब्लुमबर्ग हो । उनले जोन हप्किन्स युनिभसर्िटीमा इलेक्ट्रिकल इन्जिनियर पढेका छन् । युनिभसर्िटीमा छँदा उनी ऋण लिएर ट्युसन पढ्थे । गाडी पार्किङमा काम गर्थे ।
उनका आमाबुबा रुसी परिवारका हुन् । बुबा घरजग्गाको व्यवसाय गर्थे । बोस्टन सहरको एउटा अस्पतालमा जन्मेका माइकले हार्वर्ड बिजनेस स्कुलबाट एमबिए गरे । टफ्ट युनिभसर्िटी र फर्डम युनिभसर्िटीबाट दोहोरो विद्यावारिधी गरेका माइकले सलोमोन दाजुभाइको बंैकमा लगानी गरे । केही समयपछि उनले उक्त बैंकबाट हात झिक्नुपर् यो । त्यहाँबाट निस्केर उनी एक्लैले ुइनोभेटिभ मार्केट सिस्टमु नामको कम्पनी खोले ।
एक करोड डलरबाट व्यवसाय सुरु गरेका उनको कम्पनीमा एक वर्ष पुग्नासाथ मेरिल नामक व्यक्तिले तीन करोड लगानी गर्न आए । सन् १९८६ मा उनले कम्पनीको नाम फेरेर ब्लुमबर्ग एलपी राखे । सुरु भएको केही वर्षपछि नै यसले समाचार सेवा दिन थाल्यो । विभिन्न क्षेत्रका समाचार प्राथमिकतासाथ संकलन गर्ने गरेको यो कम्पनी धेरैले मन पराए । अहिले संसारभरका आर्थिक समाचार दिने अन्तर्राष्ट्रिय संस्थाहरुमा ब्लुमबर्गको नाम पनि अग्रस्थानमा आउँछ ।
यस कम्पनीका २ लाख ८० हजारभन्दा बढी ग्राहक छन् । यी ग्राहक साचारमाध्यमहरु हुन् । आजभोलि हाम्रै टेलिभिजनमा ब्लुमबर्ग च्यानल हेर्न पाइन्छ । यो टेलिभिजनका संस्थापक उनै ब्लुमबर्ग हुन् । उनको कम्पनीमा ११ हजारभन्दा बढीले काम गर्छन् । यस कम्पनीको विश्वका प्रमुख सहरमा १ सय ३५ कार्यालय छन् ।

वर्षको तलब एक डलर

न्युयोर्क सहरमा लोकपि्रयता कमाएपछि उनले कम्पनीको मुख्य जिम्मेवारी अरुलाई सुम्पे । आफू भने न्युयोर्क सहरको प्रशासन सुधार्न र सहरको विकास गर्न चुनावी प्रतिस्पर्धामा ओर्लिए । सबैका पि्रय भइसकेका उनी मेयरमा सजिलै विजयी भए । मेयरका रुपमा उनी वर्षको १ अमेरिकी डलरमात्र तलब लिन्छन् । मेयरको कार्यालयमा पनि बस्दैनन् । आफ्नै घरमा बसेर मेयरको जिम्मेवारी वहन गर्छन् ।
सन् १९९७ मा उनको जीवनी ुब्लुमबर्ग बाई ब्लुमबर्गु प्रकाशित भयो । फोब्स्र पत्रिकाका अनुसार २००९ मा उनी अमेरिकाको १० औं धनी व्यक्ति थिए । त्यतिबेला उनको सम्पत्ति १६ अर्ब अमेरिकी डलर थियो । अहिले उनी १३ औं स्थानमा छन् । अहिले उनीसँग १४ अर्ब डलर बराबरको सम्पत्ति छ । समाजसेवामा रुचि राख्ने उनले ब्लुमबर्ग फेमेली फाउन्डेसन खोलेका छन् । यही संस्थामार्फत् वर्षेनी लाखौं डलर बराबरको आर्थिक सहायता गर्छन् ।

Monday, May 30, 2011

म चकचके थिएँ




नेत्र तामाङ



सानो छँदा मादल बजेको सुन्नै नहुने । पुगिहल्थे नाच्न । सानैदेखि उटपटाङ गर्न सिपालु । नाच्न उस्तै खप्पिस । नेपाल टेलिभिजनको पर्दामा आउने ुजिरेखुसा्रनीु का पात्र । उनी हुन् रातामकै अर्थात् किरण केसी ।

बुबा लेफ्टिनेन्ट कर्णेल भएपनि उनको ध्यान सानैदेखि कलाकारितातिर तानियो । ुम १३ आंै नम्बरको कान्छो छोराु उनले भने ुत्यतिबेला परिवारमा धेरैजना भएपनि अहिले पाँचजना छौं ।ु कान्छो भएकैले सानोमा उनले अलि धेरै माया पाए । बढी छुकछुके हुनुको कारण यही भएको उनी बताउँछन् ।

कक्षा १ देखि ४ सम्म एभिएम स्कुल पढेका उनले ५ देखि ८ सम्म पाटन हाइस्कुल पढे । ९ र १० भने महेन्द्र इ_िन्स्टच्युटमा । ललितपुरको इमाडोलमा २०१४ असार १५ मा जन्मेका उनी स्कुलको नाटक र नाचमा भाग लिन सधैं अघि हुन्थे । सार्वजनिक कार्यक्रममा नाच्न थालेको भने १४ वर्ष उमेरदेखि हो ।

कहिलेकाहिँ स्कुलबाटै भागेर फिल्म हेर्न पाटनको अशोक हल र विश्वज्योति हल पुग्ने गरेको उनी सम्झन्छन् । ुत्यतिबेला हल टाढा थिए नेपाली फिल्म कमै बन्थ्योु उनले भने ुमैले पहिलोपल्ट हिन्दी फिल्म हेरेको थिएँ ।ु भागेर फिल्म हेर्न गएको थाहा पाएपछि बाबाको गाली र पिटाइसमेत खानुपथ्र्यो । स्कुलमा पनि सरको पिटाइमा पर्थे । ुयस्तो त सानोमा गर्न नहुने रहेछु उनले भने ।

उनलाई आफूले बाल्यकालमा खेलेका खेल शरीरलाई फाइदा हुने खालका लाग्छन् । ुडन्डिबियो ह्वाङरा कबड्डी साइक्लिङले शरीरलाई बलियो बनाउँछु उनले भने ुआजभोलि कम्प्युटरमा गेम आउन थालेका छन् । यो बौद्धिकमात्र भयो । शारीरिक व्यायाम भएन ।ु

यति चकचके भएपनि उनी समाजसेवामा सानैदेखि रुचि राख्थे । स्काउटमा काम गर्न पुग्थे । पाटन कृष्णमन्दिरमा राति नै डोरी लिएर आउँथे । अहिले पनि बाढीपहिरोमा परेकालाई सहयोग गर्न राहत संकलन गर्छन् । सडक बालबालिका असहाय वृद्धवृद्धालाई सहयोग गर्छन् । विकृति विसंगतिलाई टेलिसिरियलमार्फत व्यंग्य गर्ने उनी पढाइको बेला भने अरु काममा ध्यान लगाउन नहुने बताउँछन् ।

मह जोडीको हास्यसिरियल ु१५ गतेु बाट कमेडी अभिनय थालेका उनले महकै दर्जन सिरियलमा अभिनय गरिसके । करोडपति ए मेरो हजुर मेरी आमा गरी दर्जनौं फिल्ममा अभिनय गरे । जिरेखुसा्रनीमा उनी समाजमा हुने गरेका विभिन्न घटनासँग मेल खाने पात्रका रुपमा देखिन्छन् । उनले सिपाहीदेखि डिआइजी नोकरदेखि हाकिम चोरदेखि साधुसम्म बनेर अभिनय गरेका छन् । यही सिरियलका लागि उनले शुक्रबार र शनिबारको समय छुट्टुएका छन् ।

आफ्नो काम र सफलताबारे उनले भने ुयही पेसामा लागेर ३८ देश पुगिसकेँ नेपालका ६७ जिल्ला घुमिसकेँ ।ु ३ हजार ५ सयभन्दा बढी स्टेज कार्यक्रममा भाग लिइसकेका उनले ुतँ त साह्रै बिगि्रस् नि बद्रीु र ुजे भो राम्रै भोु फिल्म बनाए । ुए रातामकैु र ुधरोधर्म माइलीु एल्बम निकालेका छन् । उनी अहिले आफ्ना स्वर्गीय दाजुले लेखेका आठ गीतमा स्वर दिएर नयाँ एल्बम बजारमा ल्याउँदै छन् ।

कलामै योगदान दिएबापत उनले गोरखा दक्षिणबाहु अभिनय रत्नश्री पुरस्कार र नेसनल अवार्ड पाइसके । बोलीपिच्छे ुरातामकैु थेगो प्रयोग गर्ने हुँदा उनलाई सबैले रातामकैका नामले नै चिन्छन् । उनी आफैं पनि यो नाम निकै मन पराउँछन् । यही नामबाट रातामकै रेस्टुरेन्ट रातामकै पान पसल रातामकै मासु पसल खुलेका छन् । यहाँसम्म कि उनको घरनजिकैको बाटोको नाम पनि रातामकै मार्ग राखिएको छ ।


बुलबुले नाच


- नेत्र तामाङ

ुयानीमाया हो यानीमाया हो

तिम्रो पछुैरीमा अल्झ्यो मेरो मनु

गीत बज्नासाथ उनी दर्शकतिर अनुहार देखाउँदै नाच्न थाल्छन् । भर्खर ६ वर्ष पुगेका जटिलजंग रायमाझी ठुल्ठुला माचमा पनि नाचिसके ।

केएमसी स्कुल शंखमुलमा २ कक्षा पढ्छन् उनी । शंखमुल महोत्सव अर्घाखाँची महोत्सव बुद्धनगर महोत्सव आदिमा उनले आफ्नो कला देखाइसके । सामूहिक होस् या एकल उनको नाचले दर्शक दंगै पर्छन् ।

दुई वर्षअघि एउटा कार्यक्रममा उनको नाच मन पराएर दर्शकले पाँच हजार रुपैयाँ पुरस्कार दिएका थिए । उनी त्यसपछि जुम्लाको खलंगा पुगे । दुई वर्ष त्यहीँ पढेर काठमाडौं फर्किएका छन् ।

ुखलंगामा हिउँ पथ्र्यो रमाइलो हुन्थ्योु उनी भन्छन् ुजाडो पनि उत्तिकै ।ु अर्घाखाँचीका जटिल जुम्लामा ुझमझम स्टकोटु बोलको गीतमा नाचेको सम्झन्छन् ।

फुस्रदमा कार्टुन हेर्न मन पराउने जटिल बोल्नमा सरल छन् । कमेडी सिरियल हेर्ने उनी ुमेरी बास्सैुका धुर्मुसको क्यारिकेचर गर्न सक्छन् । स्कुलमा ुजटिलजंगु भएपनि उनको घरमा बोलाउने नाम बुलबुल हो । उनलाई दुवै नाम मनपर्छ ।

पछि के बन्ने त उनी भन्छन् ुडान्सर बन्छु ।ु

उनकी आमालाई पनि नाच्न मनपथ्र्यो रे । आमा मनकेशी भन्छिन् ुछोराले यसैमा ध्यान लगाको छ । हेरम राम्रै त गर्छ होला नि ।ु

छोराको इच्छाअनुसार सहयोग गर्ने उनले बताइन् । ुपढाइमा उत्तिकै राम्रो छु उनका शिक्षक सुमनसागरजंग केसी भन्छन् ुडान्सका स्टेप राम्रा छन् विभिन्न महोत्सवमा नाचिसकेका छन् ।ु

यो कलाले लक्ष्यमा सजिलै पुग्लान् भन्ने उनलाई लागेको छ ।





Thursday, August 13, 2009

children in ACtion


Few kids are taking class in village to develop their physical appearance. They want to be smart in their future and muscle. Most of the school children want to be smart in their life. The famous game 'karate ' drags their attention them.

'Why you are taking these classes?' They don't know the answer of this question. Jal Bahadur Tamang, 14 said ' it's only our interests.' Among this group he was forward boy, According to their teacher.

In green scene children are taking action together fight. In fresh air they are playing their soft muscle. Monthly they pay 100 Rupees to get regular classes. We don't have strong economy system in village and our parents don't accept our desire, they said.

After watching TV, they mostly affected. In films, some Chinese game, wrestling are their favorite game. As like them, they want to be. Most of children in Nepal are getting class in several games.

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...