Tuesday, June 14, 2011

दिपेन सर


शृंखलामा देखिने उनलाई धेरैले खगेन्द्र थापामगर होलान् भन्ठान्छन् । हुन पनि उनको उचाइ खगेन्द्रको भन्दा पाँच इन्च मात्र त बढी छ<br>


नेत्र तामाङ

हास्यशृंखला झ्याइँकुटीमा टोलसुधार समितिको अध्यक्ष बनेपछि उनी निकै खुसी देखिन्छन् । अध्यक्षकैै रवाफ उनले अभिनयमा देखाएका छन् । स्वर सानो छ । तैपनि अध्यक्ष भएपछि निर्देशन दिनैपर् यो । उनको निर्दे्रशनले सबैलाई हसाउँछ । अभिनय उत्तिकै सरल गर्छन् ।

शृंखलामा दिपेन सरको नामले चिनिने उनको खास नाम हो- दिपेन शाह । सुटिङमा बोल्नुपर्ने कुरा तुरुन्तै टिपिहाल्ने उनी सुटिङ युनिटकै पि्रय बनेका छन् । सुटिङमा मात्र होइन आजभोलि दर्शकका पनि पि्रय बनिसकेका छन् उनी । उनलाई सिरियलमा दिएको ुसरु उपनामभन्दा आफ्नै थर ुशाहु राम्रो लाग्छ रे । शुक्रबार प्रसारण हुने यस शृंखला सुटिङको क्रममा उनी बुढानीलकण्ठमा थिए ।

सुटिङमा आफ्नो पालो नआएसम्म सबैसँग रमाइलो गर्छन् । उड्सभिल स्कुल ललितपुरको ५ कक्षामा पढ्ने उनी हरेक मंगलबार सुटिङका लागि स्कुलबाट छुट्टी लिन्छन् । होस्टलमै बस्ने उनी घरमा झैं स्कुलमा पनि रमाइलो हुने बताउँछन् । चिनेजानेकासँग बढी खुल्छन् । तैपनि सरल स्वभावका छन् । आफूलाई देख्ने जो कोहीले प्रश्न सोधिरहने भएकाले उनी नचिन्नेसँग नखुल्ने उनका बुवाले बताए । सुटिङमा उनीसँगै उनका बुवा दिपक पनि पुग्छन् ।

शृंखलामा देखिने उनलाई धेरैले खगेन्द्र थापामगर होलान् भन्ठान्छन् । हुन पनि उनको उचाइ खगेन्द्रको भन्दा पाँच इन्च मात्र त बढी छ । ३१ इन्च उचाइका उनलाई बाटोमा धेरैले खगेन्द्र हुन् कि भनी सोध्ने गरेकॊ उनका बुवाले बताए । ुबसमा धेरैले खगेन्द्र हुन् कि भनी सोध्छन्ु उनका बुवा दिपक शाहले भने । स्कुले केटाकेटीले गाडी नै रोकेर पनि उनलाई हेर्ने गर्छन् ।

खगेन्द्र र उनको भेट यसअघि नै भइसकेको रहेछ । ुम खगेन्द्रलाई दाइ भन्छु उहाँ मेरो कुममा आइपुग्नुहुन्छु दिपेनले भने ।



दोलखा मकैबारीका उनी सदरमुकाम चरिकोट बजार पुग्दा धेरै मानिस झुम्मिन्छन् । ुसबैलाई अचम्म लाग्छ होला उनीहरुले धेरै प्रश्न सोध्छन्ु बुवा दिपकले भने ुपहिले त उनी मानिसहरुसँग रिसाउँथे तर आजभोलि बोल्न थालेका छन् ।ु फुस्रदमा कार्टुन हेर्न मन पराउने दिपेन कहिलेकाहीँ छतमा पुगी साइकल चलाउँछन् । उनका लागि सानो चारपंाग्रे साइकलको व्यवस्था गरिदिएका छन् उनका बुवाले ।

गएको मंगलबार उनको जन्मदिन थियो । साथीहरुलाई उनले चकलेट बाँडे । दिपेन अहिले १३ वर्ष पुरा भएका छन् । उनी परिवारसँगै ललितपुरको इमाडोल बस्छन् । जन्मँदा उनी निकै सानो थिए रे । धेरै औषधीमुलो गरी बाँचेको उनका बुवा बताउँछन् । नाम चलेका नेता÷मन्त्रीसँग भेट गरिसकेका उनी अहिले पढाइलाई निरन्तरता दिन चाहन्छन् । छोरा यति सानो भएपनि टेलिभिजनका पर्दामा आएर यतिधेरै दर्शकले मन पराइदिएकोमा उनका बुवा खुसी छन् ।

उनको अभिनय यात्रा

होचा कदका उनलाई पहिलो पल्ट झ्याइँकुटीकै निर्देशक शेखर खनालले एक कार्यक्रममा भेटेछन् । राम्रो नाच्ने दिपेनको कला निर्देशक खनाललाई मन परेछ । त्यसपछि उनलाई एनटिभी प्लसबाट प्रसारण हुने दमन रुपाखेतीको हास्य शृंखला ुछेउ न टुप्पोुमा अभिनय गर्ने मौका मिल्यो । उनको अभिनय सबैले मन पराउन थालेपछि झ्याइँकुटीमा आएका हुन् ।

नाच राम्रो भएकाले स्कुलको अभिभावक दिवसमा उनले आफ्नो कला देखाउँछन् । उनी शृंखलामा मन्त्री बनेर खेल्ने सपना भएको बताउँछन् । स्टेज प्रोग्राममा पनि कला देखाइसकेका उनलाई साधारण खाना मनपर्छ रे । उनले झ्याइँकुटीमा अभिनय थालेको पनि दुई वर्ष पुगिसकेछ । टेलिभिजनको पर्दामा देखिन थालेपछि धेरैले चिनेकोमा उनी दंग छन् ।







No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...