Tuesday, June 14, 2011

किङ फु पान्डा भाग२




कङ फु पान्डा भाग-२ अहिले प्रदर्शन भइरहेको छ । जेठ १२ मा अमेरिकामा रिलिज भएको यॊ थि्रडी फिल्म हो । एनिमेटेड यो फिल्म एक्सन र साहसले भरपुर छ । यो फिल्मले उत्तिकै हसाउँछ पनि । २००८ मा प्रदर्शन भएको पहिलो भागभन्दा अझै रोचक कथा भएकाले यो फिल्म युगकै उत्कृष्ट एनिमेटेड फिल्म भएको समीक्षकहरुले बताएका छन् ।

डि्रमवर्कस एनिमेसनले बनाएको फिल्मको कथा जोनाथन एवेल र ग्लेन बर्गरले लेखेका हुन् भने निर्देशन जेनिफर योहले गरेकी छन् । १५ करोड डलरमा बनेको यस कथाका सबै पात्र रमाइला छन् जनवारै-जनवार । प्रमुख पात्र पान्डाको नाम पु हो । उनलाई आवाज दिने कलाकार ज्याक ब्ल्याक हुन् । उनका पाँच साथी बघिनी सारस फट्यांग्रा सर्प र बाँदर छन् । प्रमुख भिलेन मयुर हुन् ।

भ्यालीमा अफ पिसबाट सुरु हुने कथामा के-के हुन्छ हेरांै न । पु अहिले भ्याली अफ पिसमा बस्दैछन् । उनी कङ फु मास्टर हुन् । उनी पाँच साथीसहित यो सहरको रक्षा गरी बस्दै आएका छन् । यो पुका लागि नयाँ जिन्दगी हो । किन होला नयाँ जिन्दगी भनेको

उनका बुवा त हाँस हुन् । कस्तो अचम्म हगि हाँसको छोरो पान्डा । त्यसैले त नयाँ जीवन भनेको ! पुले नयाँ जीवनमा खतरनाक शत्रुको सामना गर्नुपर्छ । शत्रु एकदम बलियो छ । उसको नाम सेन मयुर हो । ऊसँग चलायमान र शक्तिशाली हतियार छ जुन कहिल्यै रोकिँदैन । ऊ सारा चीन कब्जा गर्न चाहन्छ ।

त्यस्ता दुष्टलाई त ठिक पार्नै पर् यो । त्यही सेनलाई वशमा पार्न पु साथीसहित चीन यात्रामा निस्कन्छ । तर त्यो चलायमान हतियार कसरी नियन्त्रणमा लिने पुले विगतको कथा र भित्री रहस्य थाहा पाउन सकेमात्र ती शत्रुलाई वशमा लिनसक्ने जानकारी पाएपछि भने कथाले अर्को मोड लिन्छ ।

धेरै पहिले मुजुर वंशको लर्ड सेनले चीनको गङमेन सहरमा राज्य गर्थे । उनले पुरा देशमा राज्य गर्नका लागि आतसबाजी गर्दै सबैलाई तसा्रउँथे । उनका भविष्यवेत्ताले कुनै एक योद्धले उनलाई नियन्त्रणमा लिन सक्छन् भन्ने कुरा बताए । यो भविष्यवाणीलाई उल्ट्याउन उनी एक पाण्डालाई साथी बनाउँछन् र भविष्यवेत्तालाई देशनिकाला गरिदिन्छन् । भविश्यवेत्ता बदला लिने कसम खाँदै देशबाट निस्कन्छ ।

३० वर्षपछि उही पु उसको स्वप्नसहरमा ड्रागन वरियरका रुपमा भ्याली अफ पिसको रक्षा गर्दै बस्छन् । उनका गुरु सिफुले अझै पनि भित्री शान्ति नमिलेको बताएपछि पु ब्वाँसोहरुको समूहसँग लड्न जान्छन् । लडाइँमा ब्वाँसोको कवचमा ठोक्किँदा पु निकै विचलित हुन्छन् ।

त्यही बेला उनी आफ्नी आमालाई सम्झन्छन् र ती ब्वाँसाले भाग्ने मौका पाउँछन् । ुमेरा बुवा हाँस म कसरी यहाँ आएँ ु उनले आफ्ना बुवालाई सोध्छन् । हाँसले उनलाई टोकरीमा भेटेको र आफूले ल्याएर पालेको बताए ।

लर्ड सेनले कङ फु संस्कृतिलाई ध्वस्त पार्ने धम्की दिएका रहेछन् । पु र उनका पाँच साथी यो कार्य रोक्नका लागि गए । उनीहरु गङमेन सहरमा सेनको फौजसँग सामना गर्न पुग्छन् । त्यहाँ गङमेन सहरको काउ_िन्सलका दुईजना सदस्य पनि सेनले थुनेका थिए । ती एउटा मास्टर अक्स र अर्को मास्टर क्रोकोडाएल थिए ।

उनीहरुले ती दुवैलाई त्यो देशबाट भगाउन खोज्छन् । तर उनीहरुले भाग्न अस्वीकार गरे । पु र पाँच जनालाई ब्वाँसोको प्रमुखले भेट्टाए- सेनसम्म पुग्नै नदिई ।

सेन टावरमा ल्याइपुर् याउँदासम्म पु र अन्य पाँच जना मुक्त भइसकेका थिए । र पुले उनको हतियारसमेत नष्ट पारिदिए । तर सारसले आफ्नो पखेटा जलाएका कारण पु फेरि विचलित भए ।

पुले बाआमाबाट आफू छुटेको कथाबारे वर्णन गरे र सेनको वास्तविकताबारे जान्न चाहे । यही बेला सेनले पुनः सबैलाई नियन्त्रणमा राखे । तर पुलाई सेनकै भविष्यवेत्ताले भगाए । ती भविष्यवेत्तालाई सेनले देशनिकाला गरेका थिए । सेनबाट बचाउन उनकी आमाले पुलाई टोकरीमा लुकाएकी थिइन् । यो कुरा पुले पछि थाहा पाए ।

भित्री शान्ति मिलेपछि पु फेरि गङमेन सहरमा आफ्ना पाँच साथीको उद्दार गर्न जान्छन् । पुले सेनको हतियार उसैलाई फर्काएर हान्छन् । अनि पुराना कुरा सम्झन उनले सेनलाई उत्तेजित पार्छन् । तर सेनले अस्वीकार गर्छन् र अन्तिम समयसम्म आक्रमण गरिरहन्छन् । तैपनि सेनलाई पुले मारिदिन्छन् ।

विजयी पु साथीहरु लिएर भ्याली अफ पिस आउँछन् र मिस्टर पिङसँगै मिल्छन् । उनैलाई बुवा बनाउँछन् । यही बेला उनका आफ्नै बुवा पनि जीवित रहेको कथामा देखाइएको छ । भ्यान डम ज्याकी च्यान एन्जेलिना जलीसमेतको आवाजले यो फिल्म निकै रमाइलो बनेको छ ।

पान्डाका बुवा पान्डा नै नभएर हाँस भएको रहस्यमय कथालाई फिल्ममा राम्ररी उतारिएको छ । पछि मात्र पान्डाले आफूलाई हाँसले छोरो बनाएर पालेको थाहा पाउँछन् ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...