Thursday, June 9, 2011

एक डलर तलब

स्कुले जीवनमा गाडी पर्किङमा काम गर्ने माइक ब्लुम्बर्ग अहिले अर्बौ सम्पत्तिका धनी हुन । न्युयोर्क सहरको मेयर रुपमा काम गरेको एक डलर तलब बुझ्छन् उनले







संसारका प्रख्यात व्यक्तिको सूचीमा माइक ब्लुमबर्गको पनि नाम आउँछ । अमेरिकी धनाढ्यको लहरमा १३ आंै स्थानमा पर्ने ब्लुमबर्गसँग अर्बौं डलरको सम्पत्ति छ । उनी अमेरिकाको न्युयोर्क सहरका मेयर हुन् । समाजसेवीका रुपमा चिनिने उनी न्युयोर्कबासीमाझ अतिपि्रय छन् ।
सन् १९४२ फेब्रुअरी १४ मा जन्मेका माइकको पूरा नाम मइकल रुवेन्स ब्लुमबर्ग हो । उनले जोन हप्किन्स युनिभसर्िटीमा इलेक्ट्रिकल इन्जिनियर पढेका छन् । युनिभसर्िटीमा छँदा उनी ऋण लिएर ट्युसन पढ्थे । गाडी पार्किङमा काम गर्थे ।
उनका आमाबुबा रुसी परिवारका हुन् । बुबा घरजग्गाको व्यवसाय गर्थे । बोस्टन सहरको एउटा अस्पतालमा जन्मेका माइकले हार्वर्ड बिजनेस स्कुलबाट एमबिए गरे । टफ्ट युनिभसर्िटी र फर्डम युनिभसर्िटीबाट दोहोरो विद्यावारिधी गरेका माइकले सलोमोन दाजुभाइको बंैकमा लगानी गरे । केही समयपछि उनले उक्त बैंकबाट हात झिक्नुपर् यो । त्यहाँबाट निस्केर उनी एक्लैले ुइनोभेटिभ मार्केट सिस्टमु नामको कम्पनी खोले ।
एक करोड डलरबाट व्यवसाय सुरु गरेका उनको कम्पनीमा एक वर्ष पुग्नासाथ मेरिल नामक व्यक्तिले तीन करोड लगानी गर्न आए । सन् १९८६ मा उनले कम्पनीको नाम फेरेर ब्लुमबर्ग एलपी राखे । सुरु भएको केही वर्षपछि नै यसले समाचार सेवा दिन थाल्यो । विभिन्न क्षेत्रका समाचार प्राथमिकतासाथ संकलन गर्ने गरेको यो कम्पनी धेरैले मन पराए । अहिले संसारभरका आर्थिक समाचार दिने अन्तर्राष्ट्रिय संस्थाहरुमा ब्लुमबर्गको नाम पनि अग्रस्थानमा आउँछ ।
यस कम्पनीका २ लाख ८० हजारभन्दा बढी ग्राहक छन् । यी ग्राहक साचारमाध्यमहरु हुन् । आजभोलि हाम्रै टेलिभिजनमा ब्लुमबर्ग च्यानल हेर्न पाइन्छ । यो टेलिभिजनका संस्थापक उनै ब्लुमबर्ग हुन् । उनको कम्पनीमा ११ हजारभन्दा बढीले काम गर्छन् । यस कम्पनीको विश्वका प्रमुख सहरमा १ सय ३५ कार्यालय छन् ।

वर्षको तलब एक डलर

न्युयोर्क सहरमा लोकपि्रयता कमाएपछि उनले कम्पनीको मुख्य जिम्मेवारी अरुलाई सुम्पे । आफू भने न्युयोर्क सहरको प्रशासन सुधार्न र सहरको विकास गर्न चुनावी प्रतिस्पर्धामा ओर्लिए । सबैका पि्रय भइसकेका उनी मेयरमा सजिलै विजयी भए । मेयरका रुपमा उनी वर्षको १ अमेरिकी डलरमात्र तलब लिन्छन् । मेयरको कार्यालयमा पनि बस्दैनन् । आफ्नै घरमा बसेर मेयरको जिम्मेवारी वहन गर्छन् ।
सन् १९९७ मा उनको जीवनी ुब्लुमबर्ग बाई ब्लुमबर्गु प्रकाशित भयो । फोब्स्र पत्रिकाका अनुसार २००९ मा उनी अमेरिकाको १० औं धनी व्यक्ति थिए । त्यतिबेला उनको सम्पत्ति १६ अर्ब अमेरिकी डलर थियो । अहिले उनी १३ औं स्थानमा छन् । अहिले उनीसँग १४ अर्ब डलर बराबरको सम्पत्ति छ । समाजसेवामा रुचि राख्ने उनले ब्लुमबर्ग फेमेली फाउन्डेसन खोलेका छन् । यही संस्थामार्फत् वर्षेनी लाखौं डलर बराबरको आर्थिक सहायता गर्छन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...