Thursday, May 21, 2015

घरभाडा मासिक ६ रुपैयाँ ! त्यो पनि काठमाडाैंको असनमा

उपत्यकाका असन, पाटनलगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला रु ५० हजारदेखि १ लाख रुपैयाँसम्म हाम्रो अनुमान यही हुन्छ । चल्तीका दर पनि यही हाराहारीमा छ ।

तर,असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ । पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् । असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जनाकारी दिए ।

राष्ट्रिय सरकार गठन हुने भो भने मारामार हुन्छ : कटवाल

मलाई त यो राष्ट्रिय सरकार किन भन्ने प्रश्न उठाउन मन लागेको छ । राष्ट्रिय सरकार भनेको के त, अब चन्द्रमा र मंगल ग्रहबाट नयाँ मान्छे आउँछन् रु यहीँ भएकामध्येबाट आउने होइनन् रु धेरैलाई त चाखिसकेका छन् जनताले । त्यसकारण अहिले यही भएकोलाई मद्दत गरे हुन्छ । बरु यिनको कमी÷कमजोरी औल्याए हुन्छ ।

Wednesday, May 20, 2015

१५ लाख पाल ल्याउँदा पनि किन भयो हाहाकार ?

भन्सार कार्यालयको विवरणलाई मात्रै मान्ने हो भने पनि महाभूकम्पपछि नेपालमा करीव १० लाख थान त्रिपाल भित्रिएका छन् । पश्चिम बंगाल सरकारले झापामा ल्याएर दिएका पालको संख्या अझ यसमा जोडिएको छैन ।

भूकम्प अघि नै व्यापारीहरुसँग रहेका त्रिपाल र बिभिन्न व्यक्ति वा संघ संस्थाले आ(आफ्नो पहुँचका आधारमा तराईका जिल्ला र सिमापारीबाट समेत मगाएका त्रिपालको संख्या जोड्ने हो भने सालाखाला १४ लाख भन्दा बढी नै त्रिपाल संकलन भइसकेका छन् ।

दलाई लामाका मन्त्री अवैध रूपमा नेपालमा

निर्वासित तिब्बती नेता दलाई लामाका मन्त्री अवैध रूपमा नेपाल आएका छन् । भूकम्पका वेला सुरक्षा निकायका आँखा छलेर लामाका शिक्षामन्त्री नटुप छिरिङ नेपाल आएका हुन् ।

तिब्बती शरणार्थीका नेता तथा मन्त्रीहरूलाई नेपाल प्रवेश निषेध छ । तर, छिरिङ विमानस्थल हुँदै आइतबार नेपाल आएका हुन् । बिहीबार उनी फर्कंदै छन् ।

हेलिकोप्टरले उद्धार गरेका घाइते बेपत्ता

वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका र हेलिकोप्टरमार्फत् उद्धार गरिएका दोलखाका आधा दर्जनभन्दा बढी घाइते सम्पर्कविहीन भएका छन् ।

वैशाख २९ को भूकम्पमा परी गम्भीर घाइते भएका जिल्लाको उत्तरी क्षेत्रका परिवार र आफन्त खोजीका लागि सहयोग माग्दै सदरमुकाम चरिकोट आएका छन् ।

जोअना लुम्लेको नेतृत्वमा साढे आठ अर्ब संकलन

बेलायतस्थित डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी)ले सबैभन्दा धेरै रकम संकलन गरेको छ । यसले बुधबार साँझसम्म ५६ मिलियन बेलायती पाउन्ड ९८ अर्ब ८४ करोड ५६ लाख नेपाली० उठाइसकेको छ ।

हलिउड अभिनेत्री जोअना लुम्लेले डिइसीमार्फत सहयोग संकलन गर्न टेलिभिजनबाट आह्वान गरेकी थिइन् । त्यसमा बेलायती महारानी एलिजाबेथ, राजकुमार चाल्र्स र राजकुमारी क्यामेलाले पनि सहयोग गरेका थिए ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...