Thursday, May 21, 2015

घरभाडा मासिक ६ रुपैयाँ ! त्यो पनि काठमाडाैंको असनमा

उपत्यकाका असन, पाटनलगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला रु ५० हजारदेखि १ लाख रुपैयाँसम्म हाम्रो अनुमान यही हुन्छ । चल्तीका दर पनि यही हाराहारीमा छ ।

तर,असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ । पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् । असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जनाकारी दिए ।


व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेकाले सम्झाइ बुझाइ गरेर पनि प्रचलित कानुनअनुसार भाडा लिनुपर्ने बताए ।  नागरिक दैनिकमा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...