Wednesday, May 20, 2015

जोअना लुम्लेको नेतृत्वमा साढे आठ अर्ब संकलन

बेलायतस्थित डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी)ले सबैभन्दा धेरै रकम संकलन गरेको छ । यसले बुधबार साँझसम्म ५६ मिलियन बेलायती पाउन्ड ९८ अर्ब ८४ करोड ५६ लाख नेपाली० उठाइसकेको छ ।

हलिउड अभिनेत्री जोअना लुम्लेले डिइसीमार्फत सहयोग संकलन गर्न टेलिभिजनबाट आह्वान गरेकी थिइन् । त्यसमा बेलायती महारानी एलिजाबेथ, राजकुमार चाल्र्स र राजकुमारी क्यामेलाले पनि सहयोग गरेका थिए ।

हालै गरिएको एक सर्वेक्षणले बेलायतका ५४ प्रतिशत जनताले नेपालका भूकम्पपीडितलाई सहयोग गरेको देखाएको थियो । डिइसीले १५ दिनमा पाँच करोड पाउन्ड उठाएको थियो ।

यही संस्थाले इबोला नियन्त्रणका लागि आह्वान गर्दा तीन महिनामा जम्मा ३४ मिलियन डलर मात्रै उठेको थियो । डिइसीले संकलित रकममध्ये ३ प्रतिशत नघटाई र २० प्रतिशत नबढाई एजेन्सीहरूमा वितरण गरिने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । -नयाँ पत्रिका

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...