Wednesday, May 20, 2015

दलाई लामाका मन्त्री अवैध रूपमा नेपालमा

निर्वासित तिब्बती नेता दलाई लामाका मन्त्री अवैध रूपमा नेपाल आएका छन् । भूकम्पका वेला सुरक्षा निकायका आँखा छलेर लामाका शिक्षामन्त्री नटुप छिरिङ नेपाल आएका हुन् ।

तिब्बती शरणार्थीका नेता तथा मन्त्रीहरूलाई नेपाल प्रवेश निषेध छ । तर, छिरिङ विमानस्थल हुँदै आइतबार नेपाल आएका हुन् । बिहीबार उनी फर्कंदै छन् ।


भूकम्पपछि तिब्बती शरणार्थीका स्कुल तथा क्याम्पहरूको निरीक्षण गर्न उनी गोप्य रूपमा नेपाल आएका हुन् । तिब्बती शरणार्थीको क्षेत्रमा काम गर्ने स्नोलाइन फाउन्डेसनका प्रमुख छिरिङ तोप्गेल र बौद्धस्थित श्रोङचेत भृकुटी स्कुलका प्रिन्सिपल झाम्पा फुल्चोकले नटुपको भ्रमणको व्यवस्थापन गरेका छन् । नटुपले शरणार्थीका छोराछोरी पढ्ने उपत्यकाका विभिन्न विद्यालयको निरीक्षण गरिसकेका छन् । नेपालमा बस्दै आएका तिब्बती शरणार्थीका नेता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग समेत उनले भेट गरेका छन् ।

तिब्बतको निर्वासित मन्त्रिमण्डलका पदाधिकारीलाई नेपाल सरकारले नेपाल भ्रमणमा रोक लगाएको छ । दलाई लामाले भारतको धर्मशालामै बसेर मन्त्रिमण्डल बनाएर विश्वभरि रहेका तिब्बती शरणार्थीबाट सांसदसमेत चयन गर्ने गरेका छन् ।

नेपाल सरकारले एक चीन परराष्ट्र नीति लिएकाले दलाई लामाका पदाधिकारीलाई भ्रमणमा रोक लगाएको हो । तैपनि सुरक्षा निकायको आँखा छलेर वेलावेला उनीहरू आउने गरेका छन् । नेपालमार्फत उनीहरूले वेलावेलामा फ्रि–तिब्बत गतिविधिसमेत गर्दै आएका छन् ।

नेपालमा २० हजारभन्दा धेरै तिब्बती शरणार्थी छन् । उनीहरूलाई भारतको धर्मशालास्थित दलाई लामाको संस्थाले सहयोग गर्दै आएको छ । महानगरीय प्रहरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले दलाई लामाका मन्त्री आएकोबारे आफूहरूलाई जानकारी नभएको बताए । नटुप लाजिम्पाटको एक होटेलमा बस्दै आएका छन् -नयाँ पत्रिका

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...