Thursday, May 21, 2015

राष्ट्रिय सरकार गठन हुने भो भने मारामार हुन्छ : कटवाल

मलाई त यो राष्ट्रिय सरकार किन भन्ने प्रश्न उठाउन मन लागेको छ । राष्ट्रिय सरकार भनेको के त, अब चन्द्रमा र मंगल ग्रहबाट नयाँ मान्छे आउँछन् रु यहीँ भएकामध्येबाट आउने होइनन् रु धेरैलाई त चाखिसकेका छन् जनताले । त्यसकारण अहिले यही भएकोलाई मद्दत गरे हुन्छ । बरु यिनको कमी÷कमजोरी औल्याए हुन्छ ।



यहाँभन्दा राम्रो सरकार र नेतृत्व नेपालमा छँदै छैन, कहाँबाट आउँछ रु हामीले सबलाई देखिसक्यौँ, सबलाई चाखिसक्यौं । को कति गुलियो, नूनिलो, तिख्खर छ जनताले थाहा पाइसकेका छन् । त्यसकारण राष्ट्रिय सरकार भनेर भाग, हिस्सा खोजेका त होइनन् रु सबैले तर मार्न खोजेको त होइन यो रु काले काले मिलेर खाउँ भाले भन्या त होइन यो रु राष्ट्रिय सरकार गठन हुने हो भने भोलि यहाँ मारामार भएन भने हेर्नोस् म घाँटीमा घन्टी झुण्डाएर हिँड्छु ।

अर्थ मन्त्री को हुने, रक्षा मन्त्री को हुने, गृह मन्त्री को हुने भनेर मारामार हुन्छ । अहिले हरेक पार्टीले चन्दा उठाउने, कोष खडा गर्ने गरेका छन् । आफ्ना संयन्त्र जिल्ला जिल्ला पु¥याउने भन्दैछन् । त्यो जिल्लामा रहेको सिडिओअन्तर्गतको संयन्त्रलाई बलियो बनाउनु पर्दैन रु पार्टीको संयन्त्र जिल्ला पु¥याएर भाग खोज्न खोजिएको हो कि सिडिओको संयन्त्र कमजोर पार्न खोजिएको हो रु नागरिक दैनिकमा पूर्वप्रधानसेनापति रूक्माङगत कटवालको अन्तर्वार्ता छापिएको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...