Monday, June 30, 2014

फुटबलको एकै खेलमा हजार जना खेल्थे रे पहिलेपहिले


अहिले यति लोकप्रिय फुटबल कहिले कहाँबाट सुरु भयो ? सबैलाई खुल्दुली लाग्न सक्छ । चीनमा पहिलो, दोस्रो शताब्दीतिर हान डाइनेसटीको पालामा यो खेल खेलिएको थियो भन्ने पनि छन् । तर आधुनिक फुटबल बेलायतबाटै सुरु भएको मानिन्छ सन् ११७० तिरबाट ।

त्यतिबेला फुटबल छालाभित्र चराका प्वाँख र मानिसका कपाल हालेर बनाइन्थ्यो रे ।

फुटबल खेल हुदाँ रेफ्री हुदैन थिए । हजारजनासम्म पनि खेल्न सक्थे । खेलको दौरानमा खेलाडीबीच कुटाकुट गर्नमा पनि छुट हुन्थ्यो र खेल अवधिमा विरोधी खेलाडीको सम्पत्ति समेत नष्ट गर्ने, लुट्ने गरिन्थ्यो रे ।

१८ औं शताब्दीबाट स्कुलहरुमा यो खेल लोकप्रिय हुन थाल्यो । १८४८ मा क्याम्ब्रिजले गोल किक, थ्रो जस्ता नियमहरु बनाए ।

यसैबेला देखि फुटबल टिम बन्यो । राष्ट्रिय र अन्तराष्ट्रिय खेलहरु हुन थाले । बेलायतले आफ्नो साम्राज्यसँगै फुटबल पनि संसारभर फैलायो । र, लोकप्रिय बन्यो यो खेल ।

Tuesday, June 24, 2014

योनी मूर्तिमा अड्किएपछि बल्लतल्ल निकालियो

एक अमेरिकी युवा जर्मनीको एक भिमकाय योनी मूर्तिमा उनी नराम्ररी अड्किए । समाचार अनुसार टुबेन्जेन विश्वविद्यालयमा पढ्ने ती अमेरिकी युवा विद्यार्थी दक्षिणपश्चिमी जर्मनीमा रहेको एक योनी मूर्तिमा अड्किएका हुन् ।

योनीमा अड्किएपछि उनलाई उद्दार कर्मचारीहरुले बल्लतल्ल त्यहाँबाट निकालेका थिए ।
टुइबिन्जेन फायर सर्भिसका एक कर्मचारी मार्कस मोजरका अनुसार शुक्रबार यो घटना भएको हो ।

फोटो खिच्नका लागि ढुंगाबाट बनेको योनीको मूर्तिमाथि चढ्दै गर्दा चिप्लिएर ती युवा अड्किएका थिए ।उनी योनी मूर्तिमा यति साह्रो गरि अड्किए की बाहिर निस्कनै सकेनन् अनि अग्नी नियन्त्रकलाई खबर गरियो । २२ जना अग्नी नियन्त्रक कर्मचारी आएर उनलाई उद्दार गरे ।

पेरुमा जन्मिएका फर्नान्डो डी ला जारा नामका कलाकारले त्यो मूर्ति बनाएका थिए । मूर्ति दक्षिण पश्चिमी जर्मनीस्थित टुबेन्जेन विश्वविद्यालय बाहिर रहेको छ । मूर्तिमा युवक अड्किएर उद्दार गर्ने क्रममा मूर्तिमा कुनै क्षति नभएको र युवकलाई पनि चोटपटक नलागेको बताइएको छ ।

Monday, June 23, 2014

नयाँ सिरियल बनाउँदै दमन रुपाखेती, 'यो गरे नि भएन त्यो गरे नि भएन लास्ट त्यै भो'

चर्चित हास्य कलाकार दमन रुपाखेती यतिबेला नयाँ सिरियल बनाउँन व्यस्त छन् । सिरियलका केही भागहरु छायाँकन गरी सम्पादनको क्रममा रहेपनि उनले नाम भने सार्वजनिक गर्न मानेनन् ।

मेरी बास्सै, झ्याउकुटीझ्याइ हुदै उनी नयाँ सिरियलतिर लागेका हुन् । मेरी बास्सैमा टिक्न नसकेपछि झ्याउकुटीझ्याइ बनाएका थिए । यो अहिले बन्दै भयो । अहिले उनले सम्पूर्ण कलाकार नयाँ लिएर सिरियल निर्माण गरिरहेका छन् । उनको चर्चित थेगो, 'यो गरे नि भएन त्यो गरे नि भएन लास्ट त्यै भो' भने झै यताउति गरेर सिरियल बनाउनैमा व्यस्त छन् उनी ।

Sunday, June 22, 2014

बिहेको तयारीमा रहेका श्रीकृष्ण र श्वेता प्रहरीको फन्दामा

अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काकाे बिहे चर्चा चलिरहेकै बेला दुबै जना प्रहरीको फन्दामा परेका छन् । दुबैलाइ प्रहरीले पक्राउ गरी हतकडी लगाएका छन् । के कति कारणले उनीहरूलाइ प्रहरीले पक्राउ गरेका हुन भन्ने खुलेको छैन ।

कारणा थाहा पाउन साउन २३ गतेसम्म पर्खनुपर्ने श्रीकृष्ण जोडीले बताएका छन् । कुरो फिल्म काेहिनुरको रहेछ । यही फिल्मको एउटा दृश्य फेसबुकमा सार्वजनिक गर्दै दर्शकको मन तान्न खोजेका रहेछन् । जे होस श्रीकृष्णको यो काइदा निकै राम्राे लाग्यो । उनको अभिनय त्यतिकै अब्बल छदैछ । प्रचारका शैली पनि बेजोड नै छ ।

मुम्बइमा बेचिएकी चेलीकाे कथामा बनेको फिल्म श्रीकृष्णले नै निर्माण गरेका हुन् । अाकाश अधिकारीको निर्देशनमा बनेको फिल्ममा श्वेता, मिथिला शर्मा, सम्राट सापकाेटा अादिको अभिनय छ । कथा अाकाश अधिकारीकै रहेकाे फिल्म २३ साउनमा प्रदर्शनमा अाउनेछ ।

भुटानी प्रधानमन्त्रीको तलब कति ?

हालै भुटानी सरकारले त्यहाँका मन्त्रीहरुको तलब बढाएको खबर आयो । तर प्रधानमन्त्रीका तलब कति हो भनेर खुलाएको भने पाइएन । उनीहरुको तलब १३१ प्रतिशतले बढाएको भनिएको छ ।

अहिले भुटानी प्रधामन्त्री छिरिङ तेग्बेले झन्डै १,९८,००० इङगल्ट्रम तलब पाउँछन् । भुटानी पैसालाई इङगल्ट्रम भनिदो रहेछ । यसलाई डलरमा कन्भर्ट गर्दा ३, २८७ हुने रहेछ भने नेपाली रुपैयाँ चाहि ३ लाख १२ हजार हुने रहेछ ।

उनले बढेको तलब स्वीकार नगर्ने बताएका छन् । सार्क क्षेत्रका प्रधानमन्त्रीहरुको तलबमा सबैभन्दा बढी तलब भुटानी प्रधानमन्त्रीको हुन सक्ने अनुमान गरिएको छ ।

Friday, June 20, 2014

अभिनेत्री ऋचाले गरिन् बिहे

अभिनेत्री ऋचा सिंह ठकुरीले शुक्रबार एक औपचारिक समारोहका बीच विवाह गरेकी छिन् । 

एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी ऋचाले बिराटनगर जनपथ टोलका स्थायी निवासी अष्ट्रेलियन एनआरएन गजेन्द्रराज थापासँग विवाह गरेकी हुन् । 

कसले उत्तानो पारेछ ?

एउटा शिक्षकले ए फर अम्बरेको बुढी, बि फर बिरेको बुढी गर्दै एम फर मानेको बुढी भनेर पढाउने गथ्र्यो । एमसम्म पुग्दा जाडो विदा भएछ रे । गर्मी लागेपछि जिल्लाबाट निरिक्षक आएछ रे ।

डब्ल्युलाई देखाएर शिक्षकले सोधेछ, ‘यो के हो ?’

विद्यार्थीले एकछिन घोत्लिएर भनेछ–‘हुन त सर, त्यो मानेको बुढी हो, तर कसले उत्तानो पारेछ, त्यो चाहि हामलाई था भएन ।’

खेलाडीका लागि पोर्न फिल्म फाइदाजनक

अहिले विश्वकपका खेलहरु चलिरहेको छ । विश्वका ३२ राष्ट्रहरु भिड्ने भएकोले यसलाई फुटबलको महाकुम्भ मेला पनि भन्ने गरिन्छ । विश्वकपमा गोल र जितभन्दा अघि सेक्सका विषयमा बहस हुने गर्छ ।

विश्वकप भर झन्डै एकमहिना खेलाडीले सेक्स नगरेपनि के फरक पर्छ र । खेलाडीको ज्यानै जाने हैन । यो विषय बहस र विवादमा आउनुको पछाडि थुप्रै कारणहरु लुकेका हुन सक्छन् । तर पछिल्लो अध्ययनहरुले खेलाडीका लागि सेक्स भिडियोहरु फाइदाजनक हुने देखाएको छ ।

ब्लु फिल्म हेर्दा उत्सर्जन हुने टेस्टेस्टेरोन हार्मोनले खेलाडीमा उत्तेजना, जोश र जाँगर बढ्ने शोधकर्ताहरुको दाबी छ ।यसअर्थमा विश्वकपमा खेलाडीहरुका लागि सेक्स पनि खुराक नै होला र त यो विषयले निकै चर्चा पाउँछ ।

नरेन्द्र प्यासीलाइ एकै पलपनि बाँच्न गाह्रो भएपछि...


Thursday, June 19, 2014

प्रकृति भइन मिस भुटान युएस

मिस भुटान युएसको ताज पहिरिदै प्रकृति राइ ।
 प्रतियोगितामा अमेरिकामा सम्पन्न भएको मिस भुटान युएसएको ताज प्रकृती राईले हात पारेकी छन् । टेक्सासको ह्युस्टनमा तीन दिन सम्म चलेको हिमालयन फेस्टिबलको मुख्य आकर्षणको रुपमा रहेको मिस भुटान युएसएको ताज म्यासाच्युसेट्स राज्यमा बस्दै आएकी राईको हातमा परेको हो ।सिता भुजेलले फस्ट रनर अपका साथै मिस पपुलरको र धनवाजन मगरले सेकेण्ड रनर अपको उपाधी हात पारेका छन् ।


नायिका विनिता बराल धान रोप्दै

नायिक विनिता बराल धान रोप्दै । फोटो-विनिता बरालको फेसबुक
अार्गनिक खेतीतिर अाकर्षित नायिका विनिता बराल धान रोप्न व्यस्त देखिन्छिन् । धान रोपेकै बेला खिचेका फोटोहरू उनले फेसबुकमा सेयर गरेकी छिन् । केही फोटोहरू यहाँ फेसबुकबाट तानेर राखिएको छ ।
नायिका विनिता बराल धानको बीउ फाल्दै । यही त होला नि है लेख्नुपर्ने ।


ऋचाको बिहे असार ६ गते, ७ गते भोज


अभिनेत्री ऋचा सिंह ठकुरीले असार ६ गते बिहे गर्ने भएकी छिन् । अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग  प्रेम बिहे हुन लागेको हो ।

बेहुला र बेहुली पक्षले असार ७ गते नयाँ बानेश्वरको ईन्द्रेणी बैक्याटमा भोज दिंदैछन् । दुवै पक्षले आफन्त, फिल्मकर्मी तथा सञ्चारकर्मी समक्ष बिहे भोजको निमन्त्रणा कार्ड पुर्याइसकेका छन् ।

ऋचाले झन्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छिन् । ‘नाइँ नभन्नू ल’, ‘म तिम्रो भैसकें’ जस्ता ऋचाका चर्चित फिल्म हुन् । पछिल्लो समय ऋचा फिल्ममा त्यती व्यस्त छैनन् । सम्भवत उनी अब फिल्म क्षेत्रबाट टाढै रहनेछिन् ।

वर्ष ०७१ सालमा ऋचासँगै अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का तथा निर्देशक तथा कलाकार अनुप बराल र अभिनेत्री दीया मास्केको बिहे हुँदैछ । राजेश हमाल र आर्यन सिग्देलले यसै वर्ष बिहे गरि सकेका छन् ।

Wednesday, June 18, 2014

उपचारपछि लिंग छोटो भएको भन्दै अस्पताल विरुद्ध मुद्दा


क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पताल विरुद्ध त्यहाँ उपचार गराउन गएका एक पुरुषले आफ्नो लिंग छोटो बनाइदिएको आरोपमा मुद्दा हालेका छन् ।

अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै भताभुंग भएको भन्दै उनले अस्पताल विरुद्ध मुद्दा हाल्दै १ लाख ५५ हजार डलर क्षतिपूर्ति समेत माग गरेका छन् ।

नाम तथा अन्य परिचय गोप्य राखिएका ती पुरुषले आफ्नो लिंगको उपचारका क्रममा डाक्टरहरुले लापरवाही गरेको दाबी गरेका छन् । सन् २०११ मा आफ्नै श्रीमतीसँग सम्भोगका क्रममा लिंगमा चोट लागेपछि उनी उपचारका लागि उक्त ली गार्डर अस्पतालमा पुगेका थिए । अस्पतालमा पूराइएपछि उनलाई एकजना नर्सले सामान्य चेकजाच गरिन्, उनको लिंग नछोइकन हेरेर मात्र त्यसमा सानो चोट लागेको निष्कर्ष निकालिन् । त्यसपछि उनलाई कुनै उपचार नगरी केही औषधि दिएर घर पठाइयो ।

घर फर्किएपछि औषधि खाँदा केही दिनमा लिंग निको हुने आशामा रहेका ती पुरुषको लिंग झनै दुख्न थाल्यो, उनले सम्भोग गर्न सकेनन् । त्यसपछि अस्पताल गएर राम्रोसँग जाँच गराउँदा पो पत्तो लाग्यो उनको लिंगमा गहिरै चोट लागेको रहेछ र फ्याक्चर भएको रहेछ । त्यसपछि उनको लिंगको शल्यक्रिया गनुपर्यो र त्यसो गर्दा उनको लिंग एक इन्च छोँटो भयो ।

अस्पतालको लापरवाहीका कारण आफुले २ वर्षसम्म सेक्स गर्न नपाएको र सोही कारण श्रीमतीले पनि छाडेर हिँडेको उनको दुखेसो छ । एजेन्सी
-अनलाइनखबरबाट

नेदरल्यान्डले हरायो अष्ट्रेलियालाइ


विश्वकपमा जारी पहिलो चरणको दाेस्रो खेलमा नेदरल्यान्डले अष्ट्रेलियालाइ ३-२ ले हराएको छ । अष्ट्रेलिया यसअघि पनि चिलीसँग हारिसकेको छ ।

यता नेदरल्यान्डको भने यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा नेरल्यान्डले स्पेनलाइ ५-१ को फराकिलो अन्तरले हराएको थियो ।

अाजको खेलमा नेदरल्यान्डलाइ अार्जेन रोबिन, रबिन भान पर्सी र मेम्फिस डिपेले अंक दिए ।

हिरोइन जति अर्जेन्टिनातिर

अर्चना देलाल ।

 केकी अधिकारी ।
सुष्मा अधिकारी
अशिष्मा नकर्मी

भुतले अस्पतालबाटै घिसारेपछि

लन्डन । भुतको बारेमा विवाद हुँदै आएको छ । विज्ञानले भुतको अस्तित्व नभएको दाबी गरिरहँदा समाजका केही घटनाले भुतप्रेतमाथि अन्धविश्वास कायमै राखेको पाइन्छ । हालै युट्युबमा जारी गरिएको एउटा भिडियोले भुतको अस्तित्व देखाएको मात्र होइन, विज्ञानलाई नयाँ चुनौती दिएको छ ।

करिब एक मिनेटको सो भिडियो एउटा अस्पतालको सिसिक्यामेराले खिचेको बताइन्छ । अस्पतालमा एक्लै हिडिरहेका एक युवकको सामू एक्कासी एउटा छायाँ आउँछ । छायाँ देख्नासाथ ती युवक तर्सिएर भुइँमा लड्छन् । यत्तिकैमा त्यो छायाँले युवकको खुट्टा समातेर घिसार्दै पर लैजान्छ र केहीबेरपछि ती युवक उम्कन सफल हुन्छन् ।

उक्त भिडियो एक लाखभन्दा बढीले हेरिसकेका छन् । डेली मेलका अनुसार उक्त भिडियोसम्बन्धी समाचार प्रकाशित भएपछि कतिपयले आफ्नो विगतमा समेत यस प्रकारको घटना भएको तर कसैले नपत्याएका कारण थप उजागर गर्न नसकेको

पेलेले आफ्नै देशको खेल हेर्न पाएनन्, किन होला थाहा पाउनुस

फुटबलका महान खेलाडी पेलेले आफ्नै देशमा भएको विश्वकपमा आफ्नै देशको खेल हेर्न पाएनन ।
मंगलबार राति मेक्सिकोसँग बराबरी भएको खेल उनले हेर्न नपाएका हुन् । ट्राफिक जाममा परेका कारण खेल हेर्न नपाएको बताइएको छ ।

सान्तोषबाट साउपाओले जाने क्रममा पेले ट्राफिक जाममा परेका थिए । ट्राफिक जाममा फसेपछि आफूले खेलको पहिलो हाफको रेडियोमा कमेन्ट्री सुनेको बताए । उनले भने ‘मैंले जिन्दगीमा दोश्रो पटक आफ्नै देखको खेल रेडियोमा सुन्नु पर्यो ।’

कोइराला न्युयोर्क पुगे, उपचार भोलिबाट

काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाको नियमित स्वास्थ्य जाँच भोलिबाट हुने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कोइराला उपचारका लागि यहि असार २ गते अमेरिका प्रस्थान गरेका हुन् । केही दिनअघि प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरेका थिए । 

कोइरालाको उपचार अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि र दक्ष चिकित्सक सहितको सुविधा सम्पन्न अस्पतालमा हुँदै छ । करिब दश दिनको उपचार पछि कोइराला स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाका साथमा उहाँका निजी चिकित्सक डा.करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षाकर्मी कर्णेल प्रकाश देउजा छन् । 

अोबामालाइ चक्कु उपहार

विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरुले आफ्ना शुभेच्छुक तथा समकक्षीबाट कस्ता(कस्ता उपहार पाउँदा हुन् रु जान्ने इच्छा सबैलाई होला । सायद निकै अत्याधुनिक तथा महंगा सामान उपहारका रुपमा पाउँछन् होला भन्ने अनुमान धेरैको हुन्छ ।

तर यो अनुमान सबै हकमा लागु नहुने रहेछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाएका उपहार हेर्दा त्यो प्रमाणित हुन्छ । आफ्नो राष्ट्रपतीय कार्यकालमा ओबामाले निकै अनौठो लाग्ने खालका उपहारहरु समेत पाएका छन् । यस्ता उपहारहरु अमेरिकाको शिष्टाचार उपहार इकाइबाट छानविन भै विदेश मन्त्रालयको वेबसाइटमा समेत सार्वजनिक रुपमा जानकारी राखिएको छ ।

ओबामाले पाएका उपहारहरुमा एक झोला कफी, एउटा मैनबत्ती, छ चुच्चे चक्कु तथा चिया खाने कपको सेट समेत रहेका छन् । त्यस्तै कफी राख्ने ठूलो चाँदीको भाँडो समेत उनले उपहार पाएका छन् । ती उपहार उनलाई कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस क्लाडेरोनले दिएका रहेछन् । त्यस्तै भित्र किताब राखिएको सुन लेपन गरिएको बाकस, ठूलो आकारमा देखाउने सिसाका साथै परम्परागत मसीले लेखिएको ब्यानर उनलाई उपहार दिएका छन् । ओबामालाई यस्तो उपहार दिने इटालियन प्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनी हुन् ।

साथै उनलाई परम्पारत पोलो सर्ट, लाइटर, सिसाको ग्लास, चाँदीको कलम, छालाको पर्स तथा काठे बाकस उपहार दिएका छन् प्रmान्सका जनताले ।
ओबामाको कार्यालयले प्राप्त सबै उपहार स्विकार गरेको तथापि ती मध्ये बिग्रिने वा सड्ने खालका सामानलाई तत्काल व्यवस्थापन गरी अन्यलाई राष्ट्रिय अभिलेख व्यवस्थापन निकायमा पठाइएको बताइएको छ ।

उपनिर्वाचनको-गर्मी-चढ्यो

बालकृष्ण अधिकारी(नागरिक) काठमाडौं -संविधानसभा उपनिर्वाचनमा मतदान गर्न चार दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका उम्मेदवारले भोटको राजनीतिलाई तीव्र बनाएका छन्। दोहोरो विजयी सभासदले छाडेका काठमाडौंको एउटा क्षेत्र (२ नम्बर) सहित चार क्षेत्रमा असार ८ गते संविधानसभा उपनिर्वाचन हुँदैछ।
नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीसहित ३७ जना चुनावी प्रतिस्पर्धामा रहेको काठमाडौं २ मा उम्मेदवारहरू प्रचार कार्यक्रमसहित चुनावी मैदानमा जुटेका छन्। यहाँ कांग्रेसका दीपक कुइँकेल, एमालेका कृष्णगोपाल श्रेष्ठ र एकीकृत माओवादीका लीलामणि पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। यो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको क्षेत्र हो।
कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्कीले मंसिर ४ को संविधानसभा निर्वाचनमा भन्दा कांग्रेसको संगठन अझ बलियो भएको बताउँदै २० देखि २५ हजार मत आउने दाबी गरे। कांग्रेसले स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाएकाले त्यसको फाइदा पुग्ने उनको जिकिर छ।

ऋण बढ्यो, प्रत्येकको टाउकोमा ३३ हजार

पछिल्लो तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय बढेको देखाएसँगै प्रतिव्यक्ति ऋण पनि बढेको छ । अहिले प्रतिव्यक्ति ऋण झन्डै ३३ हजार रुपैया“ पुगेको छ । एकवर्ष अघिसम्म प्रत्येक नेपालीको टाउकोमा २५ हजार ऋण थियो ।

नेपाल राष्ट्र ब्यांकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकले कुल आठ खर्ब ७० अर्ब रुपैया“ ऋण प्रवाह गरेका छन् । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पा“च सय चार छ ।

कुल ऋणलाई अहिलेको जनसंख्याले भागा गर्ने हो भने प्रत्येक नेपालीको टाउकोमा ३२ हजार आठ सय ३० रुपैया“ पर्न आउ“छ । ऋण बढ्ने क्रम बर्सेनि बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ ।

विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र सहकरीको ऋण जोड्ने हो भने यो रकम अझै धेरै बढी देखिन्छ ।
यसबाट नेपालीले बैंकमा रकम जम्मा गर्ने र ऋण लिने प्रवृत्ति बढिरहेको देखिन्छ, जुन अर्थतन्त्रको लागि सकारात्मक संकेत हो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकले कुल आठ खर्ब ७० अर्ब रुपैया“ ऋण प्रवाह गरेका छन् ।

कृषिमा युवालाई पचास प्रतिशत अनुदान

काठमाडौं । आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई सरकारले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ । कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा २३ करोड रुपैयाँ प्रस्ताव गरिएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ रकम विनियोजन गरिएको भए पनि लक्षित कार्यक्रममा युवालाई समेट्न नसकेपछि यो आवमा बजेट वृद्धि गरिएको हो ।

तरकारी खेती, मौरीपालन, पशुपालनलगायतका कार्यक्रमका लागि मन्त्रालयले उक्त अनुदान उपलब्ध गराउने भएको हो । १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले जनाए । व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर ५० हजारदेखि दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ ।

बाँकेमा पहिलो खुल्ला कारागार

बाँके । जिल्लाको गनापुरमा देशकै पहिलो खुल्ला कारागार बन्ने भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलोपटक खुल्ला कारागार बनाउन थालेको हो ।
कारागारका लागि नाप, नक्सा, अनुमानित लागत खर्च, भौतिक पूर्वाधार संरचना निर्माण ढाँचा सम्पन्न भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले सबै प्रक्रिया पुगेको बताए ।
खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान र स–परिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ । राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर बाहिर काम गर्ने र साँझ कारागारमा सुत्न आइपुग्नुपर्ने प्रावधान हुनेछ ।

पहिलो चरणमा कारागारमा १०० कोठा बनाइने भएको छ । एक कैदी बराबर एक कोठा आवश्यक पर्ने हुँदा पहिलो चरणमा सय क्षमताको खुल्ला कारागार बन्नेछ । नेपालमा खुल्ला कारागार नरहेकाले देशभर लक्षित गरी बाँकेको गनापुरमा खुल्ला कारागार बन्न थालिएको हो । चालु आर्थिक वर्षमा निर्माण सुरु गरी तीनदेखि पाँच वर्षभित्रमा काम सकिने कारागार व्यवस्था विभागको दाबी छ । अन्य कारगारभन्दा खुला कारगार व्यवस्थित र सुविधासम्पन्न मानिन्छ ।

एकताको महाधिवेशन हुने–खनाल

एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् । असार १९ देखि २५ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनबारे जानकारी गराउने उद्देश्यले जेठ २७ गते पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनले हाल समूहगतरुपमा देखिएका सबै खेमालाई एक ठाउँमा ल्याउने दाबी गरे ।

कुनै समूहभन्दा पनि सिंगो पार्टीको पक्षमा आफू रहेको जानकारी गराउँदै उहाँले नवौं महाविधेशनले पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा स्थापित गर्ने बताए । सम्मेलनमा अध्यक्ष खनालले नवौँ राष्ट्रिय महाधिवेशनको लोगोसमेत सार्वजनिक गरे ।

महाधिवेशन प्रतिनिधिको चयन आगामी असार ७ गते देशैभर एकै दिन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको र उपनिर्वाचन हुने काठमाडौंलगायत चार जिल्लामा असार १० गते सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । महाधिवेशनमा विभिन्न ६० देशका भाइचारा तथा मित्रपार्टीलाई निमन्त्रणा गरिएको पार्टीले जनाएको छ ।



कोइराला उपचारका लागि अमेरिकामा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका आउने भएका छन् । फोक्सोमा समस्या देखिएपछि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । स्वास्थ्य परीक्षणका लागि चिकित्सकको समय निर्धारण भइसकेकाले असार ५ गते अमेरिका आइपुग्ने बताइएको छ ।

जेठ २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको उक्त भ्रमण तय गरेको हो । बैठकले कोइरालाको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए । यसअघि जिब्रोको उपचारका लागि कोइराला अमेरिकाको न्युयोर्कस्थित केटरिङ क्यान्सर अस्पतालमा उपचार गराई फर्केका थिए ।

Tuesday, June 17, 2014

निक भोइजिक्


दुबै हात र दुबै खुट्टा नभएका मानिसले के गर्न सक्ला ? एक चोटि हामी सोचौ न, हात विनाको जिन्दगी के जिन्दगी ? साथीहरुसँग कसरी अँगालो मार्ने, कसरी हात मिलाउने, कोही माया गर्ने छ भने उनीहरुलाई कसरी समाउने, औला विना स्पर्श अनुभव कसरी गर्ने, केही सामानहरु कसरी उचाल्ने? हातहरु नहुदाँको जीवन सोच्दा मात्रै पनि धेरै गाह्रो हुने रहेछ । अनि खुट्टा नि? नाच्न, हिड्न, दौडन र उभिन समेत सक्दैनौ । अब यी दुबै नभएको कल्पना गरौ न, सच्चै यस्तै भए, यसले दैनिक जीवनमा के असर पार्ला?

अष्ट्रेलियाका एक नागरिक यस्तै छन् । उनी विना हात, विना खुट्टा जन्मे, हुर्के । तर उनी फुटबल खेल्छन् । टेनिस खेल्छन् । पौडन्छन् । आफै दाँत माझ्छन् । यस्तै कामहरु गर्छन उनी । सन् १९८२ डिसेम्बर ४ मा अष्ट्रेलियाको मेलवर्नमा जन्मेका उनको नाम हो निक भोइजिक् । आजभोलि उनी अपांगता भएका व्यक्तिलाई मात्र नभइ हरेकको प्रेरणाको स्रोत बनेका छन् । संसारका लाखौ मानिसलाई उनले जिउने कलाबारे प्रवचन दिइसके । उनले लेखेको 'लाइफ उइदाउट लिमिट्स' किताब लाखौप्रति विक्री भए ।

उनै निकको पुरा नाम निकोलस जेम्स भोइजीक् हो । आफ्नो पहिलो सन्तानको यस्तो रुप देखेर उनका बाआमा निकै दुःखी भएका थिए । उनको शरीरमा सानो खुट्टा झुन्डिए जस्तो देखिन्छ । निक आफै यसलाई कुखुराको पखेटा(चिकन ड्रमेस्टिक) भन्छन् । यसमा दुई औलाहरु छन् । यसैको सहयताले उनी बल खेल्छन् । किबोर्ड बजाउछन् । उनी हुर्कदै गर्दा त्यतिबेला फ्रान्सको भिक्टोरिया राज्यमा शारीरिक रुपमा अस्वस्थ विद्यार्थीलाई भर्ना लिइदैनथ्यो । कानुनले समेत यस्ता विद्यार्थीलाई भर्ना गर्न बर्जित गरिएको थियो ।

तर उनको बाआमाले आफ्नो छोरालाई पढाउन चाहे । भाग्यवश भनौ, उनलाई भर्ना गरियो । त्यो राज्यको नियम नै परिवर्तन भयो । स्कुलमा दिनहरु निकै नरमाईलो भयो उनको । साथीहरुले गिज्याए, जिस्काए । सानैदेखि किशोरअवस्थासम्माका यस्ता बुलिङ सहे । स्कुलमा एक्लै हुन्थे । साथीहरु सबैको हातखुट्टा थिए, तर बीचमा आफु एक्लैको यस्तो अवस्था हेरेर उनी आफैलाई प्रश्न सोध्थे 'म मात्र किन यस्तो जन्मेको?' बुलिङले गर्दा उनले ८ वर्षकै उमेरमा आत्महत्या गर्न खोजेका थिए । १० वर्षको उमेरमा पोखरीमा डुबेर मर्ने प्रयास पनि गरे ।

छोराको यस्तो अवस्था देखेका उनकी आमा चिन्तित थिइन् । एकदिन उनले निकलाई पत्रिकाको एउटा लेख देखाइदिए । पत्रिकामा अपांगता भएका व्यक्तिका लागि प्रेरणादायक कुराहरु लेखेका थिए । त्यो पढेपछि निकमा बाँच्ने केही आशा पलाएर आयो रे । अनि उनले आफ्नो देब्रे खुट्टामा भएका साना दुइऔलाले लेख्न सिके । ती औला र कुर्कुच्चाको मद्दतले कम्प्युटर चलाउन सिके । 'म साधारण कम्प्युटरमा एकमिनेटमा ४३ शब्द लेख्न सक्छु,' उनी भन्छन् । तिनै औलाले टेनिस बल हुत्याउन जाँने । अनि आफैले कपाल कोर्न, दाँत माझ्न, फोन उठाउन, पानी पिउन र ड्रम पेडल बजाउन सिके ।
यस्ता कामहरु गर्न सकेकोमा उनमा थप साहस बढेर आयो । जब कक्षा सातमा प्रवेश गरे । उनी कक्षाको क्याप्टेन पदमा चुनिए । यहाँ उनले स्टुडेन्ट काउन्सिलमा काम गरे र अपांगता भएकाहरुलाई सघाउन स्थानीय स्तरमा चन्द संकलन गर्ने अभियानमा लागे ।

स्कुलको पढाई सकेपछि निक एकाउन्टिङ र फाइनन्सियल प्लानिङ विषय पढ्न ग्रिफिथ युनिभर्सिटि पुगे । उनले दुबै विषयमा स्नातक पनि गरे । अहिले उनी अमेरिकाको क्यालिफोर्नियामा छन्, लाइफ उइदाउट लिम्ब्स नामक संस्थाका अध्यक्ष छन् । १७ वर्षको हुदाँ उनले यो संस्था स्थापना गरेका हुन् । १९ वर्षको उमेरमा उनले आफ्नो जीवन कहानी सुनाउन संसारका विभिन्न ठाउँ पुगे । उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, युवाहरुलाई आफूले भोगेका कुराहरु बाँडे । र, विभिन्न टेलिभिजनहरुमा अन्तर्वाता पनि दिए ।

सन् २००५ मा उनी 'योङ अष्ट्रेलियन अफ द इयर'मा मनोनित भएका थिए । उनले पाँच महादेशका ४३ देशमा ३० लाख मानिसलाई युवाका सवालमा प्रवचन दिइसके । दुई वर्ष अघि उनले 'लाइफ उइदाउट लिमिट्स' किताब प्रकाशन गरे । जुन किताब संसारभरका मानिसहरुले रुचिपुर्वक पढे । र, राम्रो किताबमा दरिए । उनैबारे विभिन्न डकुमेन्ट्री पनि बनेका छन् । तीन वर्ष अघि उनले 'द बटरफ्लाई सरकस' नामक छोटो फिल्ममा अभिनय गरे । यो फिल्मबाट उनी सवोत्कृष्ट नायकमा छानिए । यो फिल्मले 'डोरपोस्ट फिल्म प्रोजेक्ट–२००९' र 'द फिल गुड फिल्म फेस्टिबल–२०१०' जस्ता उत्कृष्ट छोटो फिल्मको उपाधि जित्यो । उनले हालै 'समथिङ मोर' नामक म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् ।-(नेत्र तामाङ)एजेन्सीको सहयोमा

Sunday, June 15, 2014

वल्डकप जित्नेलाई ३ अर्ब ५० करोड पुरस्कार, अरूले कति पाउँछन् थाहा पाउनुहोस

यस संस्करणको च्याम्पियनले ३५ मिलियन अमेरिकी डलर अर्थात करिब तीन अर्ब ५० करोड ५० लाख रुपैयाँ पाउनेछ । उपविजेताले २५ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड ५० लाख र तेस्रो हुनेले २२ मिलियन डलर अर्थात २ अर्ब नौ करोड हात पार्नेछ । चौथोले २० मिलियन डलर(१ अर्ब ९० करोड) पाउनेछ ।

क्वाटर फाइनलबाट बाहिरेने प्रत्येक टोलीले १४ मिलियन डलर, दोस्रो चरणबाट बाहिरिने आठ टोलीले ९ मिलियन डलर र पहिलो चरणबाट बाहिरिनेले ८ मिलियन डलर पाउनेछन् । फिफाले प्रत्येक राष्ट्रलाई तयारी खर्च १४ करोड २५ लाख प्रदान गरिसकेको छ ।

Monday, June 2, 2014

सुशील कोइराला मेरो ड्रिम ब्वाइ-दिपशिखा

नायिका दिपशिखा खड्काले हालै एभरेस्ट टाइम्सलाइ एक अन्तर्वार्ता दिएकी छिन । अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने पाक्षिक पत्रिकामा उनको अन्तर्वार्ता यसरी छापिएको छ ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...