Wednesday, June 18, 2014

कृषिमा युवालाई पचास प्रतिशत अनुदान

काठमाडौं । आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई सरकारले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ । कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा २३ करोड रुपैयाँ प्रस्ताव गरिएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ रकम विनियोजन गरिएको भए पनि लक्षित कार्यक्रममा युवालाई समेट्न नसकेपछि यो आवमा बजेट वृद्धि गरिएको हो ।

तरकारी खेती, मौरीपालन, पशुपालनलगायतका कार्यक्रमका लागि मन्त्रालयले उक्त अनुदान उपलब्ध गराउने भएको हो । १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले जनाए । व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर ५० हजारदेखि दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...