Wednesday, June 18, 2014

भुतले अस्पतालबाटै घिसारेपछि

लन्डन । भुतको बारेमा विवाद हुँदै आएको छ । विज्ञानले भुतको अस्तित्व नभएको दाबी गरिरहँदा समाजका केही घटनाले भुतप्रेतमाथि अन्धविश्वास कायमै राखेको पाइन्छ । हालै युट्युबमा जारी गरिएको एउटा भिडियोले भुतको अस्तित्व देखाएको मात्र होइन, विज्ञानलाई नयाँ चुनौती दिएको छ ।

करिब एक मिनेटको सो भिडियो एउटा अस्पतालको सिसिक्यामेराले खिचेको बताइन्छ । अस्पतालमा एक्लै हिडिरहेका एक युवकको सामू एक्कासी एउटा छायाँ आउँछ । छायाँ देख्नासाथ ती युवक तर्सिएर भुइँमा लड्छन् । यत्तिकैमा त्यो छायाँले युवकको खुट्टा समातेर घिसार्दै पर लैजान्छ र केहीबेरपछि ती युवक उम्कन सफल हुन्छन् ।

उक्त भिडियो एक लाखभन्दा बढीले हेरिसकेका छन् । डेली मेलका अनुसार उक्त भिडियोसम्बन्धी समाचार प्रकाशित भएपछि कतिपयले आफ्नो विगतमा समेत यस प्रकारको घटना भएको तर कसैले नपत्याएका कारण थप उजागर गर्न नसकेको
प्रतिक्रिया जनाएका छन् । कासान्ड्रा जोर्डन नाम गरेकी एक महिलाले आफू ‘टिन एज’ कै हुँदा यस प्रकारकै कालो छायाँ भएको अदृष्य शक्तिबाट पीडित भएको बताएकी छन् । उनका अनुसार रातो आँखा भएको त्यो शक्तिको पूर्ण रुप भने देखिएको थिएन ।
अस्पतालको भनिएको सो भिडियोमा समेत उक्त छायाँको पूर्ण रुप र आकार देखिएको छैन । तर ती युवकलाई घिसारेर लगेको र आक्रमण गरेको दृष्य भने प्रष्ट देखिन्छ । भिडियो कहाँको हो र पीडित को हो भन्ने पनि खुलाइएको छैन । (एजेन्सी)

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...