Wednesday, June 18, 2014

बाँकेमा पहिलो खुल्ला कारागार

बाँके । जिल्लाको गनापुरमा देशकै पहिलो खुल्ला कारागार बन्ने भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलोपटक खुल्ला कारागार बनाउन थालेको हो ।
कारागारका लागि नाप, नक्सा, अनुमानित लागत खर्च, भौतिक पूर्वाधार संरचना निर्माण ढाँचा सम्पन्न भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले सबै प्रक्रिया पुगेको बताए ।
खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान र स–परिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ । राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर बाहिर काम गर्ने र साँझ कारागारमा सुत्न आइपुग्नुपर्ने प्रावधान हुनेछ ।

पहिलो चरणमा कारागारमा १०० कोठा बनाइने भएको छ । एक कैदी बराबर एक कोठा आवश्यक पर्ने हुँदा पहिलो चरणमा सय क्षमताको खुल्ला कारागार बन्नेछ । नेपालमा खुल्ला कारागार नरहेकाले देशभर लक्षित गरी बाँकेको गनापुरमा खुल्ला कारागार बन्न थालिएको हो । चालु आर्थिक वर्षमा निर्माण सुरु गरी तीनदेखि पाँच वर्षभित्रमा काम सकिने कारागार व्यवस्था विभागको दाबी छ । अन्य कारगारभन्दा खुला कारगार व्यवस्थित र सुविधासम्पन्न मानिन्छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...