Sunday, June 26, 2011

लोकतन्त्र बाबु


लोकतन्त्र बाबु हास्यशृंखला ुमदनबहादुर-हरिबहादुर-४ु का एक पात्र हुन् । यस शृंखलामा हुर्कंदैछन् लोकतन्त्र बाबु । शृंखलामा नराम्रा काम गर्नेविरुद्ध उत्रिन्छन् उनी । उनै लोकतन्त्र बाबुको वास्तविक नाम हो- विजय मगर ।

बाह्रवर्षे विजय काठमाडौं जोरपाटीमा रहेको न्यु बुद्धप्रकाश माविको ६ कक्षामा पढ्दैछन् । सानैदेखि कलाकारितामा संलग्न हुन पाएकोमा भाग्यमानी ठान्छन् उनी । ुपाँच वर्षअघि ुपरीु फिल्ममा अभिनय गर्ने मौका मिल्योु विजय सम्झन्छन् ुत्यतिबेला सानै भएकाले फिल्मको कथा भने बिसर्िसकेछु ।ु

अहिलेको उनको अभिनय निकै रोचक छ । सानो मान्छे भूमिका ठूलो । देशमा भइरहेको अपहरण लुटपाटमा लाग्नेविरुद्ध खुलेरै लड्छन् र हराउँछन् शृंखलामा । उनलाई सघाउने पनि छन् । कुनै काम एक्लै गर्न नसक्ने उनले बताए । ुसिरियलमा बस हाइज्याक गर्ने र केटी बेच्ने दलाललाई ठिक पार्नुपर्ने रोल छु विजय भन्छन् ुसुटिङमा यस्ता काम गर्न सजिलो छ ।ु नराम्रा काम गर्नेलाई यस्तै गर्नुपर्ने भएपनि वास्तविक जीवनमा भने गाह्रो नै हुने उनको बुझाइ छ ।

सक्षम खेलाडीको भूमिकामा देखिने उनको सहयोगी लाहुरे अंकल हुन् । शृंखलामा झैं विजय अहिले उसु खेल्दैछन् । स्कुल छुट्टीपछिको समय उनी उसुलाई दिन्छन् । ुरेडबेल्टमा पुग्नै लागेको छुु विजयले भने ुअरु खेलभन्दा अलि गाह्रो हुँदोरहेछ उसु ।ु अनुशासित भएर खेले राम्रो भइने उनले सुनाए । ुसभागृहमा उसुको डेमन्सटे्रसन गर्न पुगेको थिएँु विजयले शृंखलामा प्रवेश पाउनुको कारण खुलाए ुहरिवंश अंकललाई मेरो सो मन परेछ अनि सुटिङमा बोलाउनुभयो ।ु सुटिङमा पनि आफ्नै खेलको कला देखाउन पाएकोमा विजय खुसी छन् ।

मेहनती भएकै कारण उनको खेल राम्रो भएको र धेरैले मनपराउने उसु शिक्षक युवराज गुरुङ बताउँछन् । ुमसँग खेल्नेमा उनी मेधावी छन्ु उसु शिक्षक गुरुङले बताए । उत्कृष्ट खेलाडीका रुपमा उनले दर्जन मेडल पनि हात पारिसकेका छन् । उनको सपना छ कुशल उसु खेलाडी बन्ने । तर उसु खेल्न उत्तिकै गाह्रो पनि छ । त्यसैले निकै सजग भई खेल्नुपर्ने बताए उनले । उत्तिकै चलाखी पनि अपनाउनुपर्छ । सानैदेखि उसु मनपराउने उनको घरमै अभ्यास गर्दा हात भाँचिएको थियो । अहिले भने निको भइसकेको छ । त्यसैले उनकी आमालाई साह्रै डर लाग्छ रे ! ुयस्तो डरलाग्दो खेलमा नजाउँ भन्थँे मान्दैनथे मलाई डर लाग्थ्योु उनकी आमा टिकाले भनिन् ुअहिले यही खेलले गर्दा उसलाई धेरैले चिनेका छन् ।ु पढाइ नछोडी यसरी खेल्दै गए राम्रो हुने उनको आशा छ ।

सिरहा धरमपुरका उनी अहिले आमा र दाजुसँग काठमाडौंमा बस्छन् । बुबा भने कामको सिलसिलामा कतारमा छन् । विवोइङ नाचमा समेत पोख्त विजय साथीहरुलाई पनि नाच सिकाउँछन् । फुस्रदमा कार्टुन हेर्न मनपराउने उनी पढाइलाई उत्तिकै महŒव दिनुपर्ने बताउँछन् । त्यसैले त स्कुलमा र छिमेकमा पनि सबैले मन पराउँछन् उनलाई ।

सुटिङका क्रममा उनी विभिन्न जिल्ला पुगे । केही ठाउँमा उनी एकहप्ते बिदा लिएरै बसेका पनि छन् । ुस्कुलबाट बिदा लिएर जान्थेँ सुटिङमा बस्नैपर् योु उनले भने ुकुनै ठाउँमा निकै जाडो लाग्थ्यो ।ु लगनशील र सक्षम खेलाडीका रुपमा चिनिने उनी आउँदो अगस्टमा चीन जाने सोचमा छन् । चीनको संघाईमा हुने छैठौं जुनियर एसियन उसु च्याम्पियनसिपका लागि छानिएका छन् उनी । उनी च्याम्पियनसिपमा उत्रिन सक्षम रहेको उनका उसु शिक्षकले बताए । तर चीनसम्म पुग्न आफैंले खर्च जुटाउनुपर्ने हुन्छ । यसका लागि पर्याप्त खर्च नभएको उनको आमाको गुनासो छ ुएकलाख जति चाहिन्छ रे कसरी जुटाउने ।ु


Saturday, June 18, 2011

एक लाखमा गाडी बनाउँछु


उनका आविष्कार

१। आलुबाट बिजुली

२। दिशासूचक यन्त्र

३। मिनी केबलकार

४। मिनी सोलार गाडी

५ । अटोमेटिक वाटर पम्प

६ । सोलार प्यानलबाट मोबाइल ब्याट्री चार्जर

७। ढोका खोल्नासाथ साइरन बज्ने यन्त्र

८। ट्यांकीमा पानी भरिनासाथ साइरन बज्ने यन्त्र

९। सोलार भित्तेघाडी

१०। गोबर ग्यासबाट बत्ती

११। डुबानअघि साइरन बज्ने यन्त्र

१२। आगलागी हुँदा साइरन बज्ने यन्त्र

१३। चर्पीमा मान्छे भए÷नभएको जानकारी दिने यन्त्र

१४। हावामापक यन्त्र

१५। ताली रेडियो ।




दोलखा झ्याकुका रामु खत्रीको एउटै सपना छ- नेपालमै गाडी बनाउने । १४ वर्षे रामु आजभोलि यसैबारे सोच्छन् । ुएकलाख भए तीनजना बोक्न सक्ने गाडी बनाउन सक्छुु उनको सपना अहिले अड्किएको छ ुपैसा नभएर यो सब रोकिएको छ ।ु

उनले बुवासँग केही पैसा मागेर मिनी सोलार गाडी बनाइसकेका छन् । ुयसमा ११ सयको सोलार राखेको छुु मिनी गाडी गुडाउँदै रामुले सुनाए ुवातावरणमैत्री होस् भनेर मैले सोलार गाडी बनाएकॊ हुँ । सोलारबाहेकका अरु सामान कवाडीबाट ल्याएँ जोडेँ र बनाएँ ।ु चौथो पटकको प्रयासमा आफूले बनाएको गाडी गुडेपछि उनी निकै खुसी छन् ुअब सडकमै चल्ने अत्याधुनिक गाडी बनाउन सक्छु ।ु

उनको सोलार गाडीमा कन्ट्रोलर सोलार प्यानल चार्जर ब्याट्री र पांग्रा प्रयोग गरिएका छन् । विश्वव्यापी जलवायु परिवर्तन कम गर्न आफूले बनाएको गाडी निकै उपयोगी हुने उनले बताए ।

काठमाडौं जयबागेश्वरीमा रहेको बालव्यवसायी केन्द्र माविको ७ कक्षामा पढ्ने उनी सानैदेखि विज्ञानमा रुचि राख्थे । स्कुलमा उनलाई सबैले वैज्ञानिक भन्छन् ।

घरको कमजोर आर्थिक अवस्थाले आफ्नो कला अरुसामु देखाउन नसकेको उनको गुनासो छ । गएको जाडो बिदामा उनले ताली रेडियो बनाए । यो रेडियो ताली चुट्की वा जिब्रो पड्काइबाटै बजाउन र बन्द गर्न सकिन्छ । मेमोरी कार्ड राख्न मिल्ने गरी बनाइएको रेडियोमा टर्चलाइट पनि छ ।

उनले यो रेडियो पाँच महिनाअघि तयार पारेका हुन् । ुबिग्रेको रेडियो मोबाइल र टर्चका सामान जम्मा गरेँु रामु भन्छन् ुयही सामान जोडजाड पारी यो रेडियो तयार पारेँ ।ु यसमा मुख्य काम ताली रिसिभरले गर्ने उनले सुनाए ुमोबाइलको रिसिभर राखेको छु यसले आवाज पाएपछि भित्र करेन्ट प्रवाह भई अन÷अफको स्विच चल्छ ।ु

उनको प्रयास देखेर साथीहरुले पनि सघाउन थालेका छन् । उनका दाजु शिवहरि पनि सामान मिलाइदिन सघाउँछन् । रामुले नमुना केबलकार पनि बनाएका छन् । सामान्य बक्स डोरी र क्यासेटको डाइनामो प्रयोग गरी उनले १२ दिन लगाएर केबलकार तयार परेका हुन् । कहिल्यै केबलकार नचढेका उनी टेलिभिजनमा देखेरै यो तयार गरेको बताउँछन् ।

सात वर्षकै उमेरमा उनले बिजुली बालेको बुवा श्याम खत्रीले बताए । ुत्यतिबेला गाउँमा बिजुली थिएन फालेका ब्याट्री टिप्दै उनले ४५ घरमा एकएक चिम बालेका थिएु उनका बुवा सुनाउँछन् ।

रामुले आफ्नो उत्पादन बिक्री पनि गरिसकेका छन् । एक महिनाअघि बनाएको इनभर्टर आफन्तले किनेर लगे । ुमैले १६ सय खर्चेर बनाएको इनभर्टर २५ सयमा बिक्री भयोु रामुले सुनाए ।

उनले सोलार घडी हावामापक यन्त्र अटोमेटिक वाटर पम्प आगलागी हुँदा साइरन बज्ने यन्त्र बनाएका छन् । हावामापक यन्त्रमा बिजुलीको मिटर डाइनामो पंखा स्विच चिम र ब्याट्री प्रयोग गरेका छन् । यसले दिनभरि कति हावा चल्यो भन्ने जानकारी दिनुका साथै हावा कुन दिशातिर बहिरहेको छ देखाउँछ ।

आगलागीमा साइरन बज्ने यन्त्रमा ब्याट्री चिम स्विच तार र साइरन प्रयोग गरिएको छ । आगो लाग्न सक्ने संवेदनशील ठाउँमा यसको तार फिट गरी राख्न सकिने उनले बताए ।

पानी आउनेबित्तिकै चल्ने र पानी सुकेपछि बन्द हुने अटोमेटिक वाटर पम्प पनि उनले बनाएका छन् । ुराति पानी आउँदा हामी उठ्नै पर्दैन मेसिनले तान्छु उनले सुनाए ।

उड्ने जहाज बनाउने धोको छ उनको । गतसाता जहाजको स्वरुप हेर्नका लागि उनी त्रिभुवन विमानस्थल पुगेछन् । बुवालाई निकै अनुरोध गरेपछि मात्र त्यहाँ पुगेका उनले जहाज एकछिन मात्र हेर्न पाएछन् । ुम प्लेन बनाएर उडाउँछु एअरपोर्ट गई राम्ररी हेर्न पाए अलि सजिलो हुन्छ भन्ठानेँु उनी सुनाउँछन् ुआफन्तलाई भनसुन गरी बल्लतल्ल हेर्न पुगेको पुलिसले केहीबेरमै फर्काइदियो ।ु टाढैबाट हेरेपनि उनले जहाजको स्वरुप कल्पना गरिसकेका छन् । ुतर अड्कने पैसामै त होु उनी दुखेसो पोख्छन् ।

धेरै सामान बनाएर गाउँघरमा चिनिएका छोराले जहाज बनाई उडाउँछु भनेपछि उनकी आमा लीलामायालाई डर लागेछ । ुछोरो मै उडाउँछु भन्छ उडाएपछि कता पो पुग्ने होु उनले भनिन् ुयस्तो डरलाग्दो काम पनि गर्ने हो !ु

रामुको कौशल देखेर अभिभावक दिवसका दिन स्कुलले प्रोत्साहन स्वरुप ६ हजार पुरस्कार दियो । यो रकम ६ लाखझैं लागेको उनका बुवा श्याम बताउँछन् । पढाइमा पनि उत्तिकै मेधावी भएको स्कुलका पि्र_िन्सपल रामहरि पुडासैनीले जानकारी दिए ।

Tuesday, June 14, 2011

किङ फु पान्डा भाग२




कङ फु पान्डा भाग-२ अहिले प्रदर्शन भइरहेको छ । जेठ १२ मा अमेरिकामा रिलिज भएको यॊ थि्रडी फिल्म हो । एनिमेटेड यो फिल्म एक्सन र साहसले भरपुर छ । यो फिल्मले उत्तिकै हसाउँछ पनि । २००८ मा प्रदर्शन भएको पहिलो भागभन्दा अझै रोचक कथा भएकाले यो फिल्म युगकै उत्कृष्ट एनिमेटेड फिल्म भएको समीक्षकहरुले बताएका छन् ।

डि्रमवर्कस एनिमेसनले बनाएको फिल्मको कथा जोनाथन एवेल र ग्लेन बर्गरले लेखेका हुन् भने निर्देशन जेनिफर योहले गरेकी छन् । १५ करोड डलरमा बनेको यस कथाका सबै पात्र रमाइला छन् जनवारै-जनवार । प्रमुख पात्र पान्डाको नाम पु हो । उनलाई आवाज दिने कलाकार ज्याक ब्ल्याक हुन् । उनका पाँच साथी बघिनी सारस फट्यांग्रा सर्प र बाँदर छन् । प्रमुख भिलेन मयुर हुन् ।

भ्यालीमा अफ पिसबाट सुरु हुने कथामा के-के हुन्छ हेरांै न । पु अहिले भ्याली अफ पिसमा बस्दैछन् । उनी कङ फु मास्टर हुन् । उनी पाँच साथीसहित यो सहरको रक्षा गरी बस्दै आएका छन् । यो पुका लागि नयाँ जिन्दगी हो । किन होला नयाँ जिन्दगी भनेको

उनका बुवा त हाँस हुन् । कस्तो अचम्म हगि हाँसको छोरो पान्डा । त्यसैले त नयाँ जीवन भनेको ! पुले नयाँ जीवनमा खतरनाक शत्रुको सामना गर्नुपर्छ । शत्रु एकदम बलियो छ । उसको नाम सेन मयुर हो । ऊसँग चलायमान र शक्तिशाली हतियार छ जुन कहिल्यै रोकिँदैन । ऊ सारा चीन कब्जा गर्न चाहन्छ ।

त्यस्ता दुष्टलाई त ठिक पार्नै पर् यो । त्यही सेनलाई वशमा पार्न पु साथीसहित चीन यात्रामा निस्कन्छ । तर त्यो चलायमान हतियार कसरी नियन्त्रणमा लिने पुले विगतको कथा र भित्री रहस्य थाहा पाउन सकेमात्र ती शत्रुलाई वशमा लिनसक्ने जानकारी पाएपछि भने कथाले अर्को मोड लिन्छ ।

धेरै पहिले मुजुर वंशको लर्ड सेनले चीनको गङमेन सहरमा राज्य गर्थे । उनले पुरा देशमा राज्य गर्नका लागि आतसबाजी गर्दै सबैलाई तसा्रउँथे । उनका भविष्यवेत्ताले कुनै एक योद्धले उनलाई नियन्त्रणमा लिन सक्छन् भन्ने कुरा बताए । यो भविष्यवाणीलाई उल्ट्याउन उनी एक पाण्डालाई साथी बनाउँछन् र भविष्यवेत्तालाई देशनिकाला गरिदिन्छन् । भविश्यवेत्ता बदला लिने कसम खाँदै देशबाट निस्कन्छ ।

३० वर्षपछि उही पु उसको स्वप्नसहरमा ड्रागन वरियरका रुपमा भ्याली अफ पिसको रक्षा गर्दै बस्छन् । उनका गुरु सिफुले अझै पनि भित्री शान्ति नमिलेको बताएपछि पु ब्वाँसोहरुको समूहसँग लड्न जान्छन् । लडाइँमा ब्वाँसोको कवचमा ठोक्किँदा पु निकै विचलित हुन्छन् ।

त्यही बेला उनी आफ्नी आमालाई सम्झन्छन् र ती ब्वाँसाले भाग्ने मौका पाउँछन् । ुमेरा बुवा हाँस म कसरी यहाँ आएँ ु उनले आफ्ना बुवालाई सोध्छन् । हाँसले उनलाई टोकरीमा भेटेको र आफूले ल्याएर पालेको बताए ।

लर्ड सेनले कङ फु संस्कृतिलाई ध्वस्त पार्ने धम्की दिएका रहेछन् । पु र उनका पाँच साथी यो कार्य रोक्नका लागि गए । उनीहरु गङमेन सहरमा सेनको फौजसँग सामना गर्न पुग्छन् । त्यहाँ गङमेन सहरको काउ_िन्सलका दुईजना सदस्य पनि सेनले थुनेका थिए । ती एउटा मास्टर अक्स र अर्को मास्टर क्रोकोडाएल थिए ।

उनीहरुले ती दुवैलाई त्यो देशबाट भगाउन खोज्छन् । तर उनीहरुले भाग्न अस्वीकार गरे । पु र पाँच जनालाई ब्वाँसोको प्रमुखले भेट्टाए- सेनसम्म पुग्नै नदिई ।

सेन टावरमा ल्याइपुर् याउँदासम्म पु र अन्य पाँच जना मुक्त भइसकेका थिए । र पुले उनको हतियारसमेत नष्ट पारिदिए । तर सारसले आफ्नो पखेटा जलाएका कारण पु फेरि विचलित भए ।

पुले बाआमाबाट आफू छुटेको कथाबारे वर्णन गरे र सेनको वास्तविकताबारे जान्न चाहे । यही बेला सेनले पुनः सबैलाई नियन्त्रणमा राखे । तर पुलाई सेनकै भविष्यवेत्ताले भगाए । ती भविष्यवेत्तालाई सेनले देशनिकाला गरेका थिए । सेनबाट बचाउन उनकी आमाले पुलाई टोकरीमा लुकाएकी थिइन् । यो कुरा पुले पछि थाहा पाए ।

भित्री शान्ति मिलेपछि पु फेरि गङमेन सहरमा आफ्ना पाँच साथीको उद्दार गर्न जान्छन् । पुले सेनको हतियार उसैलाई फर्काएर हान्छन् । अनि पुराना कुरा सम्झन उनले सेनलाई उत्तेजित पार्छन् । तर सेनले अस्वीकार गर्छन् र अन्तिम समयसम्म आक्रमण गरिरहन्छन् । तैपनि सेनलाई पुले मारिदिन्छन् ।

विजयी पु साथीहरु लिएर भ्याली अफ पिस आउँछन् र मिस्टर पिङसँगै मिल्छन् । उनैलाई बुवा बनाउँछन् । यही बेला उनका आफ्नै बुवा पनि जीवित रहेको कथामा देखाइएको छ । भ्यान डम ज्याकी च्यान एन्जेलिना जलीसमेतको आवाजले यो फिल्म निकै रमाइलो बनेको छ ।

पान्डाका बुवा पान्डा नै नभएर हाँस भएको रहस्यमय कथालाई फिल्ममा राम्ररी उतारिएको छ । पछि मात्र पान्डाले आफूलाई हाँसले छोरो बनाएर पालेको थाहा पाउँछन् ।


दिपेन सर


शृंखलामा देखिने उनलाई धेरैले खगेन्द्र थापामगर होलान् भन्ठान्छन् । हुन पनि उनको उचाइ खगेन्द्रको भन्दा पाँच इन्च मात्र त बढी छ<br>


नेत्र तामाङ

हास्यशृंखला झ्याइँकुटीमा टोलसुधार समितिको अध्यक्ष बनेपछि उनी निकै खुसी देखिन्छन् । अध्यक्षकैै रवाफ उनले अभिनयमा देखाएका छन् । स्वर सानो छ । तैपनि अध्यक्ष भएपछि निर्देशन दिनैपर् यो । उनको निर्दे्रशनले सबैलाई हसाउँछ । अभिनय उत्तिकै सरल गर्छन् ।

शृंखलामा दिपेन सरको नामले चिनिने उनको खास नाम हो- दिपेन शाह । सुटिङमा बोल्नुपर्ने कुरा तुरुन्तै टिपिहाल्ने उनी सुटिङ युनिटकै पि्रय बनेका छन् । सुटिङमा मात्र होइन आजभोलि दर्शकका पनि पि्रय बनिसकेका छन् उनी । उनलाई सिरियलमा दिएको ुसरु उपनामभन्दा आफ्नै थर ुशाहु राम्रो लाग्छ रे । शुक्रबार प्रसारण हुने यस शृंखला सुटिङको क्रममा उनी बुढानीलकण्ठमा थिए ।

सुटिङमा आफ्नो पालो नआएसम्म सबैसँग रमाइलो गर्छन् । उड्सभिल स्कुल ललितपुरको ५ कक्षामा पढ्ने उनी हरेक मंगलबार सुटिङका लागि स्कुलबाट छुट्टी लिन्छन् । होस्टलमै बस्ने उनी घरमा झैं स्कुलमा पनि रमाइलो हुने बताउँछन् । चिनेजानेकासँग बढी खुल्छन् । तैपनि सरल स्वभावका छन् । आफूलाई देख्ने जो कोहीले प्रश्न सोधिरहने भएकाले उनी नचिन्नेसँग नखुल्ने उनका बुवाले बताए । सुटिङमा उनीसँगै उनका बुवा दिपक पनि पुग्छन् ।

शृंखलामा देखिने उनलाई धेरैले खगेन्द्र थापामगर होलान् भन्ठान्छन् । हुन पनि उनको उचाइ खगेन्द्रको भन्दा पाँच इन्च मात्र त बढी छ । ३१ इन्च उचाइका उनलाई बाटोमा धेरैले खगेन्द्र हुन् कि भनी सोध्ने गरेकॊ उनका बुवाले बताए । ुबसमा धेरैले खगेन्द्र हुन् कि भनी सोध्छन्ु उनका बुवा दिपक शाहले भने । स्कुले केटाकेटीले गाडी नै रोकेर पनि उनलाई हेर्ने गर्छन् ।

खगेन्द्र र उनको भेट यसअघि नै भइसकेको रहेछ । ुम खगेन्द्रलाई दाइ भन्छु उहाँ मेरो कुममा आइपुग्नुहुन्छु दिपेनले भने ।



दोलखा मकैबारीका उनी सदरमुकाम चरिकोट बजार पुग्दा धेरै मानिस झुम्मिन्छन् । ुसबैलाई अचम्म लाग्छ होला उनीहरुले धेरै प्रश्न सोध्छन्ु बुवा दिपकले भने ुपहिले त उनी मानिसहरुसँग रिसाउँथे तर आजभोलि बोल्न थालेका छन् ।ु फुस्रदमा कार्टुन हेर्न मन पराउने दिपेन कहिलेकाहीँ छतमा पुगी साइकल चलाउँछन् । उनका लागि सानो चारपंाग्रे साइकलको व्यवस्था गरिदिएका छन् उनका बुवाले ।

गएको मंगलबार उनको जन्मदिन थियो । साथीहरुलाई उनले चकलेट बाँडे । दिपेन अहिले १३ वर्ष पुरा भएका छन् । उनी परिवारसँगै ललितपुरको इमाडोल बस्छन् । जन्मँदा उनी निकै सानो थिए रे । धेरै औषधीमुलो गरी बाँचेको उनका बुवा बताउँछन् । नाम चलेका नेता÷मन्त्रीसँग भेट गरिसकेका उनी अहिले पढाइलाई निरन्तरता दिन चाहन्छन् । छोरा यति सानो भएपनि टेलिभिजनका पर्दामा आएर यतिधेरै दर्शकले मन पराइदिएकोमा उनका बुवा खुसी छन् ।

उनको अभिनय यात्रा

होचा कदका उनलाई पहिलो पल्ट झ्याइँकुटीकै निर्देशक शेखर खनालले एक कार्यक्रममा भेटेछन् । राम्रो नाच्ने दिपेनको कला निर्देशक खनाललाई मन परेछ । त्यसपछि उनलाई एनटिभी प्लसबाट प्रसारण हुने दमन रुपाखेतीको हास्य शृंखला ुछेउ न टुप्पोुमा अभिनय गर्ने मौका मिल्यो । उनको अभिनय सबैले मन पराउन थालेपछि झ्याइँकुटीमा आएका हुन् ।

नाच राम्रो भएकाले स्कुलको अभिभावक दिवसमा उनले आफ्नो कला देखाउँछन् । उनी शृंखलामा मन्त्री बनेर खेल्ने सपना भएको बताउँछन् । स्टेज प्रोग्राममा पनि कला देखाइसकेका उनलाई साधारण खाना मनपर्छ रे । उनले झ्याइँकुटीमा अभिनय थालेको पनि दुई वर्ष पुगिसकेछ । टेलिभिजनको पर्दामा देखिन थालेपछि धेरैले चिनेकोमा उनी दंग छन् ।







Thursday, June 9, 2011

चित्रमा काठमाडौं



चित्रकला धेरैलाई मनपर्ने विषय । स्कुलमा अतिरिक्त कि्रयाकलापमा राखिने यो विषयको आकर्षण बढ्दैछ । त्यसैले त चित्रकलाका प्रतियोगिता विभिन्न समयमा हुँदै आएको छ । यसपाला काठमाडौंको डल्लु आवासीय विद्यालयले यसै विषयमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर् यो ।

प्रतियोगिताका सहभागी जगत सुन्दर स्कुलका सचेत मानन्धरले काठमाडौंमा रहेका सांस्कृतिक सुन्दरतालाई चित्रमा उतारे । ुमैले कोरेको चित्रमा पर्यटक गाइडबुक पढ्दैछन्ु उनले भने ुकाठमाडौंमा घुम्न लायकका ठाउँ पनि सँगै उतारेको थिएँ ।ु डल्लु आवासीय विद्यालयले ुपर्यटकका लागि काठमाडौंु विषयमा पहिलोपल्ट आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा भाग लिन उनका साथी सचेतना मानन्धर पनि आएकी थिइन् । इकेडा इन्टरनेसनल स्कुलको कक्षा २ मा पढ्ने उनले जुनियर कम्पिटिसनमा भाग लिइन् भने सचेतले सिनियर कम्पिटिसनमा ।

कार्टुन र कविता मन पराउने उनले कम्पिटिसनका लागि सक्दो राम्रो चित्र कोरेको बताइन् । ुकुमारी मलाई मनपर्छ यसैको चित्र कोरेकी छुु सचेतनाले भनिन् ुसाथमा हिमाल पहाडलाई पनि सँगै मिलाएर राखेकी छु ।ु एउटै विषय भएकाले सबैले काठमाडौंकै सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई चित्रमा उतारे । आश्रय विद्यासदनका सुरज कुँवरले चित्रमा धरहरा पशुपतिनाथ घण्टाघरलाई प्राथमिकता दिए । कारण यिनीहरु ऐतिहासिक र सांस्कृतिक भवन हुन् । ुपशुपति हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थल होु उनले भने ुयहाँ पनि पर्यटक घुम्न आउँछन् । आजभोलि पशुपतिक्षेत्र प्रदुषित हुँदैछ ।ु यो सफा गरिएन भने काठमाडौंको एक प्रमुख तीर्थस्थलले पर्यटक गुमाउन सक्छ । यसैले यसको संरक्षणमा आजैदेखि सबैजना लाग्नुपर्ने सुरजले बताए ।

काठमाडौंलाई साँच्चिकै हराभरा बनाए के होला ुनेपालमा आउने पर्यटक सबैभन्दा पहिले यहीँ आउँछन् यही ठाउँ राम्रो भए अरु ठाँउ पनि घुम्छन्ु उनका सहपाठी सुरज श्रेष्ठले भने ुउनीहरु फर्केपछि अरुलाई पनि सुनाउँछन् र पर्यटक संख्या बढ्न सक्छ ।ु पर्यटक बढे आर्थिक उन्नतिसमेत हुने उनको भनाइ छ ।

दिनानुदिन प्रदुषित बन्दै गएको काठमाडौंबारे विद्यार्थीलाई सचॆत गराउने यस प्रतियोगितामा सहभागी हुन पाएकोमा स्वयम्भु इङ्लिस स्कुलकी साइना खड्का खुसी थिइन् । उनले शान्तिदुत गौतम बुद्धको चित्र कोरेर काठमाडौंलाई शान्तिकेन्द्र भएको जनाइन् । जलजला शिशु सदनका समनरत्म बुद्धाचार्यले आफ्नो चित्रमा प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई सूर्यमुखीको फूलमा सुन्दर ढंगले उतारे । प्रकृति सफा राखे संस्कृति बचाउन सजिलो हुने उनको तर्क छ । विदेशीहरु आफ्नो देशभन्दा भिन्न रमणीय स्थानको खोजीमा हुन्छन् । यही खोज्न नेपाल आउँछन् । ती वस्तु पाउन सके हामीले पर्यटन क्षेत्रमा ठूलो सफलता हात पार्न सक्ने भनाइ उनको छ ।





जुनियर-सिनियर दुवैमा छात्रा अगाडि



काठमाडौंको ४७ स्कुलका एक सय ५२ सहभागी भएको प्रतियोगितामा कक्षा ५ सम्मकालाई जुनियर र १० सम्मकालाई सिनियरमा विभाजन गरेका थिए । जुनियरमा स्मल हेभन बोर्डिङकी सुस्मिता घिमिरे पहिलो भइन् भने सिनियरमा राइजिङ स्टार स्कुलकी इनु चौधरी ।

विजयी दुवैले नगद पाँच हजार पुरस्कार तक्मा र प्रमाणपत्र पाए । पहिलोपटक सहभागी भएकी सुस्मिता पुरस्कार पाएपछि निकै खुसी भइन् । ुपहिलो हुन्छु भनी सोचेकै थिइनँु उनले हाँस्दै भनिन् ुहिम्मत हार्नु हुन्न रहेछ प्रयास गरे सफल भइँदो रहेछ ।ु चित्रकलामै निरन्तरता दिने बताउँदै इनुले आफू भविष्यमा पर्यटनमा लाग्ने इच्छा राखिन् । हानुमानढोकामा लाखे नाच हेर्दै गरेका पर्यटकलाई चित्रमा उतारेर निर्णायकको मन जित्न सफल भएकी उनी आफ्नो कलाको श्रेय आमालाई दिन्छिन् । जुनियरतर्फ प्रेतम गुरुङ दोस्रो सोनिया मल्ल तेस्रो भए भने प्रेक्षा देउजा र प्रमोद पन्तले सन्त्वना पुरस्कार पाए । यता सिनियरतर्फ आर्पणा राई दोस्रो यश्मिन श्रेष्ठ तेस्रो भए भने नितु तामाङ र मीना विकले सान्त्वना पुरस्कार पाए ।



विद्यार्थीलाई प्रोत्साहन दिन यो प्रतियोगिता गरिएको आयोजकले बताए । स्थलगत चित्रकलासमेत निकै राम्रो बनाएका विद्यार्थीले अझै राम्रो गर्न सक्ने ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव एवं निर्णायक मण्डलका प्रमुख केके कर्माचार्यले बताए । प्रसिद्ध चित्रकार अमर चित्रकारको सम्झनामा आयोजना गरिएको कार्यक्रमको कुलपति किरण मानन्धरले उद्घाटन गरेका थिए ।


एक डलर तलब

स्कुले जीवनमा गाडी पर्किङमा काम गर्ने माइक ब्लुम्बर्ग अहिले अर्बौ सम्पत्तिका धनी हुन । न्युयोर्क सहरको मेयर रुपमा काम गरेको एक डलर तलब बुझ्छन् उनले







संसारका प्रख्यात व्यक्तिको सूचीमा माइक ब्लुमबर्गको पनि नाम आउँछ । अमेरिकी धनाढ्यको लहरमा १३ आंै स्थानमा पर्ने ब्लुमबर्गसँग अर्बौं डलरको सम्पत्ति छ । उनी अमेरिकाको न्युयोर्क सहरका मेयर हुन् । समाजसेवीका रुपमा चिनिने उनी न्युयोर्कबासीमाझ अतिपि्रय छन् ।
सन् १९४२ फेब्रुअरी १४ मा जन्मेका माइकको पूरा नाम मइकल रुवेन्स ब्लुमबर्ग हो । उनले जोन हप्किन्स युनिभसर्िटीमा इलेक्ट्रिकल इन्जिनियर पढेका छन् । युनिभसर्िटीमा छँदा उनी ऋण लिएर ट्युसन पढ्थे । गाडी पार्किङमा काम गर्थे ।
उनका आमाबुबा रुसी परिवारका हुन् । बुबा घरजग्गाको व्यवसाय गर्थे । बोस्टन सहरको एउटा अस्पतालमा जन्मेका माइकले हार्वर्ड बिजनेस स्कुलबाट एमबिए गरे । टफ्ट युनिभसर्िटी र फर्डम युनिभसर्िटीबाट दोहोरो विद्यावारिधी गरेका माइकले सलोमोन दाजुभाइको बंैकमा लगानी गरे । केही समयपछि उनले उक्त बैंकबाट हात झिक्नुपर् यो । त्यहाँबाट निस्केर उनी एक्लैले ुइनोभेटिभ मार्केट सिस्टमु नामको कम्पनी खोले ।
एक करोड डलरबाट व्यवसाय सुरु गरेका उनको कम्पनीमा एक वर्ष पुग्नासाथ मेरिल नामक व्यक्तिले तीन करोड लगानी गर्न आए । सन् १९८६ मा उनले कम्पनीको नाम फेरेर ब्लुमबर्ग एलपी राखे । सुरु भएको केही वर्षपछि नै यसले समाचार सेवा दिन थाल्यो । विभिन्न क्षेत्रका समाचार प्राथमिकतासाथ संकलन गर्ने गरेको यो कम्पनी धेरैले मन पराए । अहिले संसारभरका आर्थिक समाचार दिने अन्तर्राष्ट्रिय संस्थाहरुमा ब्लुमबर्गको नाम पनि अग्रस्थानमा आउँछ ।
यस कम्पनीका २ लाख ८० हजारभन्दा बढी ग्राहक छन् । यी ग्राहक साचारमाध्यमहरु हुन् । आजभोलि हाम्रै टेलिभिजनमा ब्लुमबर्ग च्यानल हेर्न पाइन्छ । यो टेलिभिजनका संस्थापक उनै ब्लुमबर्ग हुन् । उनको कम्पनीमा ११ हजारभन्दा बढीले काम गर्छन् । यस कम्पनीको विश्वका प्रमुख सहरमा १ सय ३५ कार्यालय छन् ।

वर्षको तलब एक डलर

न्युयोर्क सहरमा लोकपि्रयता कमाएपछि उनले कम्पनीको मुख्य जिम्मेवारी अरुलाई सुम्पे । आफू भने न्युयोर्क सहरको प्रशासन सुधार्न र सहरको विकास गर्न चुनावी प्रतिस्पर्धामा ओर्लिए । सबैका पि्रय भइसकेका उनी मेयरमा सजिलै विजयी भए । मेयरका रुपमा उनी वर्षको १ अमेरिकी डलरमात्र तलब लिन्छन् । मेयरको कार्यालयमा पनि बस्दैनन् । आफ्नै घरमा बसेर मेयरको जिम्मेवारी वहन गर्छन् ।
सन् १९९७ मा उनको जीवनी ुब्लुमबर्ग बाई ब्लुमबर्गु प्रकाशित भयो । फोब्स्र पत्रिकाका अनुसार २००९ मा उनी अमेरिकाको १० औं धनी व्यक्ति थिए । त्यतिबेला उनको सम्पत्ति १६ अर्ब अमेरिकी डलर थियो । अहिले उनी १३ औं स्थानमा छन् । अहिले उनीसँग १४ अर्ब डलर बराबरको सम्पत्ति छ । समाजसेवामा रुचि राख्ने उनले ब्लुमबर्ग फेमेली फाउन्डेसन खोलेका छन् । यही संस्थामार्फत् वर्षेनी लाखौं डलर बराबरको आर्थिक सहायता गर्छन् ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...