Saturday, June 18, 2011

एक लाखमा गाडी बनाउँछु


उनका आविष्कार

१। आलुबाट बिजुली

२। दिशासूचक यन्त्र

३। मिनी केबलकार

४। मिनी सोलार गाडी

५ । अटोमेटिक वाटर पम्प

६ । सोलार प्यानलबाट मोबाइल ब्याट्री चार्जर

७। ढोका खोल्नासाथ साइरन बज्ने यन्त्र

८। ट्यांकीमा पानी भरिनासाथ साइरन बज्ने यन्त्र

९। सोलार भित्तेघाडी

१०। गोबर ग्यासबाट बत्ती

११। डुबानअघि साइरन बज्ने यन्त्र

१२। आगलागी हुँदा साइरन बज्ने यन्त्र

१३। चर्पीमा मान्छे भए÷नभएको जानकारी दिने यन्त्र

१४। हावामापक यन्त्र

१५। ताली रेडियो ।




दोलखा झ्याकुका रामु खत्रीको एउटै सपना छ- नेपालमै गाडी बनाउने । १४ वर्षे रामु आजभोलि यसैबारे सोच्छन् । ुएकलाख भए तीनजना बोक्न सक्ने गाडी बनाउन सक्छुु उनको सपना अहिले अड्किएको छ ुपैसा नभएर यो सब रोकिएको छ ।ु

उनले बुवासँग केही पैसा मागेर मिनी सोलार गाडी बनाइसकेका छन् । ुयसमा ११ सयको सोलार राखेको छुु मिनी गाडी गुडाउँदै रामुले सुनाए ुवातावरणमैत्री होस् भनेर मैले सोलार गाडी बनाएकॊ हुँ । सोलारबाहेकका अरु सामान कवाडीबाट ल्याएँ जोडेँ र बनाएँ ।ु चौथो पटकको प्रयासमा आफूले बनाएको गाडी गुडेपछि उनी निकै खुसी छन् ुअब सडकमै चल्ने अत्याधुनिक गाडी बनाउन सक्छु ।ु

उनको सोलार गाडीमा कन्ट्रोलर सोलार प्यानल चार्जर ब्याट्री र पांग्रा प्रयोग गरिएका छन् । विश्वव्यापी जलवायु परिवर्तन कम गर्न आफूले बनाएको गाडी निकै उपयोगी हुने उनले बताए ।

काठमाडौं जयबागेश्वरीमा रहेको बालव्यवसायी केन्द्र माविको ७ कक्षामा पढ्ने उनी सानैदेखि विज्ञानमा रुचि राख्थे । स्कुलमा उनलाई सबैले वैज्ञानिक भन्छन् ।

घरको कमजोर आर्थिक अवस्थाले आफ्नो कला अरुसामु देखाउन नसकेको उनको गुनासो छ । गएको जाडो बिदामा उनले ताली रेडियो बनाए । यो रेडियो ताली चुट्की वा जिब्रो पड्काइबाटै बजाउन र बन्द गर्न सकिन्छ । मेमोरी कार्ड राख्न मिल्ने गरी बनाइएको रेडियोमा टर्चलाइट पनि छ ।

उनले यो रेडियो पाँच महिनाअघि तयार पारेका हुन् । ुबिग्रेको रेडियो मोबाइल र टर्चका सामान जम्मा गरेँु रामु भन्छन् ुयही सामान जोडजाड पारी यो रेडियो तयार पारेँ ।ु यसमा मुख्य काम ताली रिसिभरले गर्ने उनले सुनाए ुमोबाइलको रिसिभर राखेको छु यसले आवाज पाएपछि भित्र करेन्ट प्रवाह भई अन÷अफको स्विच चल्छ ।ु

उनको प्रयास देखेर साथीहरुले पनि सघाउन थालेका छन् । उनका दाजु शिवहरि पनि सामान मिलाइदिन सघाउँछन् । रामुले नमुना केबलकार पनि बनाएका छन् । सामान्य बक्स डोरी र क्यासेटको डाइनामो प्रयोग गरी उनले १२ दिन लगाएर केबलकार तयार परेका हुन् । कहिल्यै केबलकार नचढेका उनी टेलिभिजनमा देखेरै यो तयार गरेको बताउँछन् ।

सात वर्षकै उमेरमा उनले बिजुली बालेको बुवा श्याम खत्रीले बताए । ुत्यतिबेला गाउँमा बिजुली थिएन फालेका ब्याट्री टिप्दै उनले ४५ घरमा एकएक चिम बालेका थिएु उनका बुवा सुनाउँछन् ।

रामुले आफ्नो उत्पादन बिक्री पनि गरिसकेका छन् । एक महिनाअघि बनाएको इनभर्टर आफन्तले किनेर लगे । ुमैले १६ सय खर्चेर बनाएको इनभर्टर २५ सयमा बिक्री भयोु रामुले सुनाए ।

उनले सोलार घडी हावामापक यन्त्र अटोमेटिक वाटर पम्प आगलागी हुँदा साइरन बज्ने यन्त्र बनाएका छन् । हावामापक यन्त्रमा बिजुलीको मिटर डाइनामो पंखा स्विच चिम र ब्याट्री प्रयोग गरेका छन् । यसले दिनभरि कति हावा चल्यो भन्ने जानकारी दिनुका साथै हावा कुन दिशातिर बहिरहेको छ देखाउँछ ।

आगलागीमा साइरन बज्ने यन्त्रमा ब्याट्री चिम स्विच तार र साइरन प्रयोग गरिएको छ । आगो लाग्न सक्ने संवेदनशील ठाउँमा यसको तार फिट गरी राख्न सकिने उनले बताए ।

पानी आउनेबित्तिकै चल्ने र पानी सुकेपछि बन्द हुने अटोमेटिक वाटर पम्प पनि उनले बनाएका छन् । ुराति पानी आउँदा हामी उठ्नै पर्दैन मेसिनले तान्छु उनले सुनाए ।

उड्ने जहाज बनाउने धोको छ उनको । गतसाता जहाजको स्वरुप हेर्नका लागि उनी त्रिभुवन विमानस्थल पुगेछन् । बुवालाई निकै अनुरोध गरेपछि मात्र त्यहाँ पुगेका उनले जहाज एकछिन मात्र हेर्न पाएछन् । ुम प्लेन बनाएर उडाउँछु एअरपोर्ट गई राम्ररी हेर्न पाए अलि सजिलो हुन्छ भन्ठानेँु उनी सुनाउँछन् ुआफन्तलाई भनसुन गरी बल्लतल्ल हेर्न पुगेको पुलिसले केहीबेरमै फर्काइदियो ।ु टाढैबाट हेरेपनि उनले जहाजको स्वरुप कल्पना गरिसकेका छन् । ुतर अड्कने पैसामै त होु उनी दुखेसो पोख्छन् ।

धेरै सामान बनाएर गाउँघरमा चिनिएका छोराले जहाज बनाई उडाउँछु भनेपछि उनकी आमा लीलामायालाई डर लागेछ । ुछोरो मै उडाउँछु भन्छ उडाएपछि कता पो पुग्ने होु उनले भनिन् ुयस्तो डरलाग्दो काम पनि गर्ने हो !ु

रामुको कौशल देखेर अभिभावक दिवसका दिन स्कुलले प्रोत्साहन स्वरुप ६ हजार पुरस्कार दियो । यो रकम ६ लाखझैं लागेको उनका बुवा श्याम बताउँछन् । पढाइमा पनि उत्तिकै मेधावी भएको स्कुलका पि्र_िन्सपल रामहरि पुडासैनीले जानकारी दिए ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...