Thursday, November 14, 2013

लगन जुरेको छैन, इन्दिरा योन्जन, गायिका

तुलसा वाइवासँगै इन्दिरा(हरियो चोली)
उँभो उँभो लाग्यो भेडींको बथान,
उँधोउँधो लाग्यो चौंरी गाई
हाम्लाई पनि लैजाउ न घुम्न, 
ए भेडी गोठे दाइ
यस्तै गीतहरुमा स्वर भरेर तामाङ सेलोमा बेग्लै पहिचान बनाएकी गायिका हुन् इन्दिरा योन्जन । गायिका तुलसा वाइबासँगै गायन क्षेत्रमा लागेकी उनले २०० गीतहरुमा स्वर दिइसकेकी छिन् । ‘सेलो संगम’, ‘चलनचल्ती’ उनीहरुको चर्चित एल्बम हुन् । अरु गीतमा पनि स्वर भरिसकेकी उनी तुलसासँगै संयुक्त एल्बम निकाल्ने तयारीमा छिन् ।

त्यसो त उनले ‘ल्याइदेउ न आप्पा’ गीतमा मोडलिङ समेत गरेकी छिन् । ग्रामीण विकासमा स्नातकोत्तर उनले इलाहावादबाट संगीत विषय लिएर पढेकी छन् । सिन्धुपाल्चोकको ह्रिस्याङगुमा जन्मेकी उनी अचेल संगीत क्षेत्रको विकासमा सुस्तता आएको बताउँछिन् । यिनै गायिकासँग नेत्र तामाङले गरेको कुराकानी :

हिजोआज त्यति देखिनुहुन्न नि ?

Thursday, October 31, 2013

गाउँकी गोरी, सहरमा झरेसी गायिका भइयो–मेनुका राई, गायिका

गाउँकी गोरी, सहरमा झरेकी
बरूली कम्मर परेकी
१, २, ३
मर्छन् रे नदेख्दा एकैछिन

यही बोलको गीत अहिले चर्चाको शिखरमा छ । एल्बम ‘१, २, ३’ एल्बमको शीर्ष गीत हो यो। सय भन्दा बढी गीतमा स्वर भरिसकेकी उनको यो दोस्रो एल्बम हो । चार वर्ष अघि उनले पहिलो एल्बम ‘माया आरिसे’ बजारमा ल्याएकी थिइन् ।
विसं २०५६ मा रेडियो नेपालमा गीत गाएर सांगीतिक जीवन सुरु गरेकी उनी खोटाङ बुइपाकी हुन् । गाउँघरका भाकालाई आधुनिकमा उतार्ने बताउने उनले लोकदोहोरीमा पनि स्वर दिएकी छन् । दशैं नजिकिदै गर्दा यी गायिका स्टेज कार्यक्रमका लागि व्यस्त थिइन् । आफ्नो दोस्रो एल्बमको प्रचारका लागि दशैंका स्टेज कार्यक्रमले निकै सघाउने उनको विश्वास पनि रहेछ । उनै गायिका मेनुका राइसँग नेत्र तामाङले गरेको कुराकानी ः



१,२,३ कस्तो खालको एल्बम हो ?

यसमा आधुनिक गीतहरु छन् । ‘म त गाउ“की गोरी, शहरमा झरी’ अहिले चर्चामा छ । गाउ“बाट काठमाडौं आउ“दाको सम्झनालाई ताजा पार्न यो गीत गाएकी  । ८ वटा गीत समावेश छन् एल्बममा ।

एल्बमको नाम अंकमा राख्नुभएको छ, यस्तो जुक्ति कसरी लाउनुभयो ?

अरुको एल्बममा भन्दा फरक र युनिक होस भनेर यस्तो राखेकी हुँ । क्याची पनि हुन्छ भनेर यस्तो नाम राखेकी हुँ । सायद श्रोता दर्शकले यो एल्बमलाई धेरै समयसम्म सम्झिरहनुहुनेछ जस्तो मलाई लाग्छ ।

तपाईको पहिलो एल्बम पनि आधुनिक, यसपालाको पनि उही विधा छ, तर लोकगायिका पनि भन्न रुचाउनुहुदोँ रहेछ ?

हो, मेरो संग्रहित एल्बम दुबै आधुनिक हो । तर मैले लोक, पप, लोकदोहोरी पनि गाएकी छु । फिल्मका गीतहरु पनि गाएकी छु । मैले गायन यात्रा नै लोकदोहोरीबाट सुरु गरेकी हुँ । त्यसैले आधुनिक गायिका नै भन्नु भन्दा पनि सबै विधामा आफुलाई चिनाउन चाहान्छु ।

कसरी लाग्नुभयो गायन क्षेत्रमा ?

नानीदेखि लागेको बानी नै भनौ । घरमा रेडियोमा सुनेका गीत गुनगुनाउँथे । स्कुलमा हुने कार्यक्रममा भाग लिन्थें ।  बाबा शिक्षक हुनुहुन्थ्यो । उहाँले विभिन्न प्रतियोगितामा सहभागी गराईदिनुहुन्थ्यो । काठमाडौं आएपछि पनि यही विषयमा उच्च शिक्षा थालें । त्यही क्रममा बुलु मुकारुङ दाईले एकपटक सिंहदरबारभित्र बोलाउनुभयो । र, फिमेल भ्वाइस चाहेको छ भन्दै एउटा गीतमा स्वर भर्न लाउनुभयो । त्यसयता संगीत क्षेत्रमा लागियो ।

अहिले पुरै समय गायनमा खर्चिदैं हुनुहुन्छ ?

अहिले मात्र होइन, पहिले देखि नै गायन क्षेत्रमै सयम खर्च गरेकी छु । त्यसैले यो क्षेत्र, विषय निकै मन प¥यो । पसिना परेकोले होला । अब छाड्दिन । भन्छन् नि यो नशा नै भइसक्यो । मलाई नै त्यस्तै भइसक्यो ।  पढाई पनि इन्दिरा कला निधी, इलाहावाद भारतबाट शास्त्रीयमा डिप्लोमा सकाएकी छु । अबका समय पनि यही क्षेत्रमा खर्च गर्छु ।

हिजोआज यो क्षेत्रको बजार छैन भन्छन् नि, तपाईले यही क्षेत्रमा टिक्ने साहस कसरी गर्नुभयो ?

मैले पहिलो एल्बम ४ वर्षअघि निकालेकी थिए । चारवर्षको अन्तरालपछि एल्बम बजारमा आउँदा पनि धेरैले सोचेकै होला । पक्कै केही संघर्ष गरी नै एल्बम बजारमा ल्याउँदै छ । अचेल बजारमा एल्बम ल्याउन खर्चिलो छ । बजार छैन । तैपनि स्टेज कार्यक्रमहरु छन् । श्रोतादर्शकका चाहना छन् । भेराइटी गीत सुन्ने । त्यसैले, थोरै बरु राम्रो गीत समय लगाएरै भएपनि, खर्च गरेरै भएपनि बजारमा ल्याइरहेकी छु ।

तपाइं कस्ता गीतहरु बढी गाउन मनपराउनुहुन्छ ?

मैले धेरैजसो त मायापिरतीकै गीतहरु गाएकी छु । माया आरिसे पहिलेको भइहालियो । अहिलेको म त गाउँकी गोरी, सहरमा झरी पनि मायाप्रेम सम्बन्धी गीत नै हो । स्टेजमा दर्शकको मुड हेरेर गीत पस्कने गरेकी छु । आफ्नो संस्कृति र संस्कारलाई असर नपार्ने खालका गीतहरु मनपर्छ ।

कसको गीतहरु मनपराउनुहुन्छ ?

मननपर्ने भन्ने पनि कोही छैन । सबै राम्रो हुनुहुन्छ । अहिले त राजेशपायल राई र रिमा गुरुङको स्वर मलाई एकदमै मनपर्छ । पुरानामा नारायण गोपाल, भक्तराज आचार्य, अरुणा लामाको गीत सुन्न छुटाउदिनँ । किनभने उहाँहरुबाटै प्रभावित भएर गीत गाउन थालेकी हुँ ।


Sunday, October 27, 2013

फिल्म हेर्दै पैसा सकिन्थ्यो सानोमा–मञ्जु देवकोटा, नायिका

बीस नाटकमा अभिनय गरेपछि गोरखा, पन्द्रुङकी मञ्जु देवकोटाले फिल्म ‘वनफुल’बाट ठुलो पर्दामा डेब्यु गरेकी छिन् । फिल्म वनफुलको हालै पोखरा र काठमाडौंमा च्यारिटी सो सकियो । फिल्म विश्वव्यापारीकरणले विकासोन्मुख मुलुकलाई पार्ने असरको वरिपरि घुमेको छ । फिचर फिल्म भएपनि अन्य भन्दा फरक विषय उठान गरिएको यस फिल्म थिएटर कलाकारको हाबी छन् ।

स्नातकको पढाई सकेर बसेकी उनी रंगमञ्चलाई अभिनय खारिने ठाउँ भएको बताउँछिन् । छ वर्षअघि पढाईकै सिलसिलामा अभिनय गरेकी उनले शैली थिएटरबाट कला यात्रा तय गरिन् । सडक नाटक, मञ्च नाटकमा उनको अभिनय धेरैले मन पराए । हिजोआज उनी नाटक निर्देशनमा समेत हात हालिसकेकी छिन् । उनै देवकोटासँग गरेको कुराकानी :

पहिलो फिल्मको प्रदर्शनपछि कस्तो लागिरहेको छ ?

एकदमै खुसी लागिरहेको छ । फिल्म पोखराको सभागृह र काठमाडौंका रसियन कल्चर सेन्टरमा दुईदुई सो लाग्यो । यो विशेषता च्यारिटी सो थियो । अरुभन्दा पृथक फिल्म भएकोले पहिले यस्तो सो गरेका हौ । अब चाँडै नै फिल्म युनिटले हलमा प्रदर्शनका लागि लैजाने प्रयास गर्नेछ ।

दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?

कथा राम्रो छ भनेको धेरै सुनिएको छ । कथा राम्रो भएपछि अभिनय पनि मनपराईदिनुभएको छ । दुबै ठाउँमा सो हुदाँ दर्शकको उपस्थिति पनि बाक्लो नै थियो ।

आफैलाई चाहि कस्तो लाग्यो फिल्म ?

हामी शैली थिएटरकै टिमले बनाएको फिल्म भएकोले म स्क्रिप्ट लेखन देखि नै थिएँ । त्यसैले फिल्ममा मैले आफुले मिहेनत गरेकी छु । अरु भन्दा पृथक विषयबस्तु भएकाले पनि यो फिल्म उत्कृष्छ छ जस्तो मलाई लागेको छ ।

यसको खास कथा के हो ?

यसमा विश्व व्यापारीकरणले विकासोन्मुख मुलुकका मानिसहरुलाई कस्तो असर पार्छ भनेर देखाइएको छ । आज त्यही व्यापारीकरणले युवा पुस्ताले भेलेन्टाइन डे, क्रिसमस डे सम्झन्छन् । तर नेपाली मौलिक चाडहरुलाई बिर्सदै गएका छन् । यस्तै असरले एक निमुखा नेपालीको दैनिकीमा पारेको असरलाई फिल्ममा देखाईएको छ ।

फिल्म रिलिजको पर्खाइमा छ, हातमा अरु फिल्म आएको छ कि ?

अफरहरु आएका छन्, तर व्यवसायिक फिल्ममा हात हाल्ने सोच बनाएकी छैन । यो फिल्म गर्नुभन्दा अघि पनि मलाई अफरहरु आएका थिए । आउँदो वर्षमा पृथक फिल्ममा अभिनय गर्ने योजना बनाएकी छु ।

के गर्दैहुनुहुन्छ, फिल्मबाहेक ?

म रुम टु रिडको लाइब्रेरी प्रोजेक्टमा व्यस्त छु । त्यसैगरी नाटक रिहर्सलमा पनि लागिरहेकी छु ।
फिल्ममा आइसक्नुभयो, नाटकमा पनि उत्तिकै समय दिइरहनुभएको छ ?

फिल्ममा अभिनयको आधार बनाउने ठाउँ नै थिएटर हो । यहींबाट प्रशस्त सिक्न सकिन्छ । त्यसैले मलाई रंगमञ्च एकदमै रमाईलो लाग्छ । यही रमाई रहनेछु ।

रंगमञ्चमा आउने सपना सानैदेखिको हो ?

सानोमा पैसा सकाउने गरी फिल्म हेर्थें । घर नजिकै फिल्म हल थियो । पैसा हुने वित्तिकै फिल्म हल दौडि हाल्थें । फिल्मका हिरोहिरोइनहरुको अभिनय देखेर कतै त्यस्तो हुन सकिन्छ कि भनेर सोच्थें । तर मेरो योजना भने यही क्षेत्रमा आउँछु भन्ने थिएन ।

कसरी हात हाल्नुभयो त, नसोचेको ठाउँमा ?

पढाईको क्रममा प्राक्टिकलका लागि सडक बालबालिकाको काम गर्ने संस्थामा पुगेकी थिएँ । शास्वत नामको संस्था थियो त्यो । त्यहाँ नवराज बुढाथोकीसँग भेट भयो । उहाँ वनफूलको निर्देशक हुनुहुन्छ । उहाँले नाटकमा अभिनय गर्न निम्तो दिनुभयो । म त्यतिबेला बोल्दा पनि ओठ काँप्ने । सक्दिनँ जस्तो लागेर उहाँको निम्तो नकारें । जब रिहर्सल भएको ठाउँमा पुगें । मलाई अभिनय गर्न मन लाग्यो । तर मेरो सिट अर्कैले रिजर्भ गरिसकेको थियो । संयोगबस त्यो नाटक पुनः मञ्चन गर्नुपर्ने भयो । पहिलो टिम छुटिसकेको थियो । त्यसैले मैले त्यहाँ अभिनय गर्ने मौका पाएँ । त्यो बेलादेखि अभिनय छाड्नै सकिनँ ।

Thursday, August 15, 2013

बुनुमैचालाइ धेरैले मनपराएका छन् : रेश्मा

उनलाई धेरैले बुनु मैचाको नामले चिन्छन् । हिजोआज कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला ‘डिट्ठा सा’ब’ मा उनी तामाङनीको भुमिकामा देखिन्छिन् । केही समययता नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला ‘तितो–सत्य’ मा नेवार युवतीको भुमिकामा देखिइकी छन् ।
दर्पण फिल्म्समा केही समय अभिनय प्रशिक्षणपछि अभिनय यात्रामा निस्केकी उनी पहिलोपटक ‘अब त अति भो’ मा देखिएकी थिइन् । त्यसयता उनी ‘५२ घुस्सा ५३ ठक्कर’, ‘हर्के हवाल्दार’ पनि देखिइन् । ललितपुरको दलचोकीमा जन्मेकी उनी धेरैजसो नेवारी अभिनयमा देखिएकी छिन् । उनै रेश्मा तिमल्सिनासँग एकैछिनको गफ :


हिजोआज कुन सिरियलमा व्यस्त हुनुहुन्छ ?
‘डिट्ठा सा’ब’मै व्यस्त छु । तितो–सत्यको सुटिङका लागि बेलाबेला पुग्ने गर्छु  ।

यी दुईको भुमिकामा कतिको फरक छ ?
डिट्ठा सॉब्मा तामाङनी छोरीको भुमिकामा छु । तितो–सत्यमा आशा मैचाको भुमिकामा छु । यी दुबै भुमिका मलाई एकदमै मनपर्छ । दर्शकले पनि रुचाइदिनुभएको छ । त्यसैले दुबै रुचाइएको भुमिका जस्तो लागिरहेको छ ।



धेरैले रुचाइएको भुमिका ?
नेवार्नीको भुमिका नै धेरैले रुचाइदिनुभएको छ । कतिले त मलाई नेवार्नी हो भनी सोध्छन् पनि । तर मेरो वास्तविक नाम थाहा पाउने वित्तिकै सरप्राइज हुन्छन् ।

वास्तविक लवज पनि नेवारी जस्तै सुनिन्छ नि ?
सुरुमा नेवारी लवज मनपरेर यस्तै बोल्न थालेको । यस्तै भइगयो ।

नेवार समुदायको प्रतिक्रिया कस्तो छ ?
राम्रो नै पाइरहेकी छु । तर कहिलेकही चाहि हामीलाई होच्याएको भन्ने जस्ता आरोप पनि आउँछन् ।

अभिनयमा नेपाल भाषा पनि प्रयोग गर्नुहुन्छ, नेपाल भाषा आउँछ ?
आउँदैन नि । बरु तामाङ भाषा बोल्न आउँछ ।

कसरी जान्नुभो ?
मेरो जन्म ललितपुरको दलचोकीमा भएको हो । त्यहाँ केही घर तामाङको पनि छ । त्यहीबाट मैले केही भाषा सिके ।
तपाईंको जीवन र तितोसत्यको कथा कतिको मिल्छ ?
म तितोसत्यको कथा भन्दा धेरै फरक खालकी परे । अहिलेसम्म म कसैलाई पनि बिहे गर्दिनुप¥यो भनेर हिडेकी पनि छैन । न त मेरो बाले त्यसो भन्दै हिड्नु भएको छ । बिहे गर्ने उमेर भएपछि आफसे आफ भइहल्ला नि ।

तितोसत्य हेरेपछि कसैले माग्न आएनन् ?
म अहिले पढ्न र करियर बनाउन पाटनमा बस्दै आएकी छु । घरमा बाआमा हुनुहुन्छ । कोही कोही घरमा पुगेर तपाईको छोरीको अवस्था यस्तो रहेछ । हामी केटा खोज्दिन्छौ बिहे गर्नलाई भन्नेहरु आउँदो रहेछ ।

बाले के भन्नुहुन्छ रे ?

Saturday, July 6, 2013

जियाको जवानी ‘रङ वे’ मा(भिडियोसहित)

फिल्म एटिएम अश्लिल अभिनय गरेकी नायिका जिया केसीले त्यस्तै प्रकारको अभिनय ‘रङ वे’ मा गरेकी छिन् । अनेक उपाय गरेर चर्चामा आउन खोजेकी जिया उक्त फिल्ममा पुरै खुलेकी बताइएको छ । हालै सार्वजनिक गरिएको प्रोमोमा उनको प्रदर्शनबारे सजिलै थाहा पाउन सकिन्छ ।फिल्मका निर्देशक दीपक श्रेष्ठ हुन् । यो फिल्म अश्लिल भएको चर्चा फिल्मी बजारमा चल्न थालिसकेको छ । फिल्मको प्रोमोमा केटीलाई जाडो महिनाको हट स्विमिङ पुल भएको बताइएको छ । त्यही पुलमा पौडी खेल्ने संवादमा जियाले उत्तेजक दृश्य दिएकी छिन् । हेरौ यो फिल्मले पनि प्रदर्शनको अनुमति पाउने हो कि होइन ।

Wednesday, June 26, 2013

विद्युतीय बाइक

तीन वर्षअघिको अगस्टमा न्युयोर्कको बजारमा विद्युतीय बाईक स्मार्ट चपर आएको थियो । यो जर्मन कम्पनी साइमन्स र अमेरिकी कम्पनी अरेन्ज काउन्टी चपर्सको संयुक्त प्रयासमा बनेको थियो ।


सिंगल ब्याट्रीले ६० किलो मिटर दुरी पार गर्न सकिन्थ्यो । ब्याट्री फुल चार्ज गर्न ५ घन्टा लाग्थ्यो । प्रतिघन्टा १६० किलोमिटर दौडन सक्ने क्षमता यो बाइकको सन् २०१० मा लिलामी गरियो ।


Wednesday, June 19, 2013

एक कप कफीको ११ हजार

प्याराडोक्सुरस जसले कफी उत्पादनमा सघाँउछ ।

काठमाडौं । हामी एक कप कफीको कति रुपैया तिर्छौ, बढीमा पाँचसय । तर इन्डोनेसियाको सुमात्रामा बन्ने एक कप कफीको एकसय २० अमेरिकी डलर पर्छ । यसको नेपाली रुपैया ११ हजार भन्दा बढी पर्न आउँछ । सुमात्रामा यो कफीको मुल्य एक पाउन्डको एकहजार अमेरिकी डलर तोकिएको छ ।


स्थानीय भाषामा यस कफीको नाम ‘कोपी लुवाक’ राखिएको छ । यो कफी उत्पादन तरिका पनि अजीवको छ । खासमा बिरालो जस्तै देखिने जनवार ‘प्याराडोक्सुरस’ ले यो कफी उत्पादन गरेको समाचार एजेन्सीमा जनाइएको छ ।


उनीहरुका अनुसार ती जनवारले कफी, चेरी का वियाँ खान्छन् । नपचेका वियाँहरु पाचनप्रणाली मार्फत बाहिरिन्छन् । तिनै वियाँलाई सँगालेर साफ गरेपछि कफी तयार हुन्तछ । ती जनवारको पेटमा रहदाँ वियाँमा रसायनिक उपचारले कफी निकै स्वादिलो र बासनादार राम्रो हुने बताइएको छ ।–एजेन्सी



Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...