Showing posts with label रोचक. Show all posts
Showing posts with label रोचक. Show all posts

Friday, May 27, 2016

बुद्ध जस्तै श्रीमान पाउँ !

नेत्र तामाङ । जेठ ८ गते विश्वभरका बौद्धमार्गीले आफ्नो औकतले भ्याएसम्म भव्य रुपमा बुद्ध जयन्ती मनाए । काठमाडौंमा दुईदिने अन्तराष्ट्र्रिय बौद्ध सम्मेलन भयो । लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जयन्ती समारोह उद्घाटन गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख राजनीतिक दलका नेताहरु लुम्बिनी पुगे । राष्ट्रिय सञ्चार माध्यममा पनि यसपटक बुद्ध जयन्तीले राम्रै कभरेज पायो ।

त्यही दिन विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामाले शुभकामना दिए । संयुक्त राष्ट्र संघले यस दिनलाई ‘वेसक डे’ को रुपमा मनायो । सन् १९९९ डिसेम्बर १५ को राष्ट्रसंघको ५४ औं सभाले अन्तरास्ट्र्रिय रुपमा हरेक बर्ष बुद्धको जन्म दिनलाई ‘वेसक डे’को रुपमा मनाउने निर्णय गरेको हो । गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई युनेस्कोले सन् १९९७ देखि विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।

गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर राष्ट्र संघलाई थाह छ । अधिकांश राष्ट्र जानकार छन् । तर, हामी कतिपय नेपाली नै बुद्धको नाम भजाएर खान पल्केकाहरु अझै ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कराइरहेका छन् । ती नेपाली जसले यी शब्दहरु बोकेर कराउँदै हिड्छन्, उनका शब्दहरु नेपालीबाहेक अरुले सुन्ने पनि होइन ।
ध्रुवसत्य कुरालाई अतिरञ्जित बनाई यस्तो कार्य गर्नेहरुबाट सचेत रहनु हामी सबैको हित हुने देखिन्छ । उनीहरुका कुरा सुन्दा साँच्चै संसारका अरु देशमा बुद्ध नेपाल नभएर अर्कै देशमा जन्मिएका हुन् कि भनेर प्रचार भए जस्तो लाग्छ । यसरी भ्रम फैलाउनु एक किसिमको अधर्म नै हो । सत्य सत्य नै रहन्छ ।

नेपाल बुद्धको देश, नेपाल सगरमाथाको देश भनेर आफुसँग भएका चीजको घमण्ड गर्ने र आफु चाहि केही नगर्ने दलाली प्रथाको अन्त्य हुनुपर्छ । नारा र रटान लगाउनुभन्दा बुद्धका चार आर्य सत्य, पाञ्चशिलका सिद्धान्त र आठ अष्ठ मार्गका सन्देश पालना गर्नु र प्रचार गर्नु नै सही कर्म हो ।

बुद्ध जयन्तीका रोचक तथ्य


Sunday, August 2, 2015

कहाँ र कसरी छापिन्छ नेपाली रुपैयाँ ?

सुदिल पोखरेल/काठमाडाैं
नेपालको मुद्रा रुपैयाँको नोट र सिक्का देश बाहिरको नोट तथा सिक्का छाप्ने कम्पनीमा छापिने गरेको छ। सिक्का र नोट छाप्न देशबाहिरका यस्ता भिन्नाभिन्नै कम्पनीलाई जिम्मा लगाइने गरिन्छ। विश्वमा यस्ता नोट छाप्ने कम्पनी लगभग २० वटा  रहेका छन्। तर नेपाल राष्ट्र बैंकले भने नेपाली नोट छाप्नको लागि गत आर्थिक वर्षमा १० कम्पनीलाई प्रि क्वालिफिकेसनमा सूचीकृत गरेको थियो ।
२०७१ पौष २५ गते नेपाल राष्ट्र बैंकले १० वटा कम्पनीलाई सूचीकृत गरेको हो । प्रि क्वालिफिकेसनमा १० कम्पनी मध्ये इन्डोनेसियाको पेरुम पेरुरी, कम्पनीलाई नोट छाप्नको लागि जिम्मा लगाएको  स्रोतले जानकारी गराएको छ।
नेपालमा विसं. २००२ सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा नेपालमा कागजी नोटको प्रचलन सुरु भएको हो। नेपालले नोटको चलन चल्ती सुरु गरेपछि विशेषत बेलायत, होल्याण्ड अष्ट्रेलिया जस्ता देशमा पैसा छाप्दै आएको थियो।  

Saturday, July 4, 2015

वैशाख १२ गते, २०७२ । भूकम्पका दिन खिचिएका केही तस्विर ।

बाैद्धको मोक्तान प्लाजामा ब्युटिसिजर क्लब उद्घाटन गर्दै मोडल हिमानी तुम्बाहम्फे, मोडल तथा अारजे कला सुब्बा । यही कार्यक्रमको समाचार संकलन गर्न त्यहाँ पुगेको थिएँ ।
७.६ म्याग्निच्युडले हल्लाएपछि बाहिर निस्कदाँ देखिएको टुसालको दृश्य ।
ह्यात रेजिन्सी नजिकै रहेको पर्खाल यसरी ढलेको थियो ।
चाबहिल चोकमा मानिसको भींड ।
कार पनि सुरक्षा खोज्दै भींडभित्र घुस्रियो ।
जयबागेश्वरीमा घर भत्केर यस्तो देखियो ।

जय बागेश्वरीमा रहेको मन्दिरको गजुर यसरी ढलेको थियो ।

रातोपुल नजिकै देखिएको एउटा दृश्य ।

पानीपोखरी नजिकैको घर यसरी भत्किएको थियो ।

भत्केको घरमा परी निधन भएको एक अज्ञात ।

दरबारमार्गमा मानिसहरू खुला ठाउँमा बस्दै ।

जामे मस्जिदको एक कुना ।

घन्टाघर ठडिएकै थियो ।

एक स्वंमसेवी प्रहरी कार्यालय रानीपोखरी नजिकै ।

रात्नपार्कमा ।

भोटाहिटी जाने बाटोमा


सैनिक मञ्च टुँडिखेल जाने गेट यसरी भत्केको थियो ।

टुँडिखेल जाने अर्को गेट यसरी भत्केको थियो


मानिसहरू टुँडिखेल भित्र पस्ने क्रममा ।

टेम्पोमा सुरक्षा खोज्दै ।

धरहरा हेर्ने प्रयास, तर हेर्न पाइएन ।

भद्रकाली, सैनिक मुख्यालयमा शरण लिदै ।

दशरथ रंगशालाकाे अवस्था ।

राजा महेन्द्रको शालिक, जुन त्रिपुरेश्वरमा छ ।


थापाथलीकाे मन्दिर ।


रेस्लिङ रिङ । कुमारीमाटीमा महोत्सव चल्दै थियो ।





Friday, June 19, 2015

बलात्कारमा परेका पुरुषका लागि छुट्टै अस्पताल

बलात्कार पीडित महिलाका लागि औषधोपचारका लागि विभिन्न अस्पताल तथा क्लिनिकहरुले काम गरिरहेको तथा विभिन्न संघसस्था तथा अभियानकर्मीहरु समेत यौन हिंसा पीडित महिलाको संरक्षण तथा पुनस्र्थापनामा जुटिरहेको त हामीले देखिरहेका छौँ । तर बलात्कारमा परेका पुरुषको लागि भने यस्तो सेवा सुविधा र आवाज कतैबाट उठेको सुनिँदैन । सायद हाम्रोमा पुरषमाथिको बलात्कार तथा यौनहिंसाका घटना कम हुने भएकाले होला ।

Thursday, May 21, 2015

घरभाडा मासिक ६ रुपैयाँ ! त्यो पनि काठमाडाैंको असनमा

उपत्यकाका असन, पाटनलगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला रु ५० हजारदेखि १ लाख रुपैयाँसम्म हाम्रो अनुमान यही हुन्छ । चल्तीका दर पनि यही हाराहारीमा छ ।

तर,असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ । पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् । असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जनाकारी दिए ।

Thursday, April 23, 2015

यस्तो छ न्युयोर्कको यौन संग्राहलय

अमेरिकाको न्युयोर्कस्थित यौन संग्राहलय ९न्युयोर्कस् म्युजियम फर सेक्स० पछिल्लो १३ वर्षयता यौनिकताका हरेक पाटोलाई समावेश गर्ने उल्लेखनीय सामाग्रीहरुको संग्रह तथा प्रदर्शनीका कारण चर्चामै छ ।

साँच्चीकै यो संग्राहलयले यौनिकताका सुस्पष्ट दृश्यहरु प्रदर्शन गरेको छ । जब दर्शंकहरु संग्राहलयभित्र छिरेर पहिलो तलामा उक्लिन्छन् तब चर्चित अमेरिकी पोर्नस्टार लिन्डा लभसेसको ओरल सेक्सको ठूलो भिडियो आँखैमा ठोकिन्छ ।

एउटै तरबार २१ करोड भारुमा लिलाम

भारतको प्राचीन मैसुर राज्यका शासक टीपू सुल्तानको एउटै तरबार २१ करोड भारतीय रुपैयाँ लिलाम भएको छ। १८औं शताब्दीका शासक टीपू सुल्तानको केही हतियार र कवज हालै लन्डनमा लिलामीमा राखिएको थियो।

जहाँ ६० लाख पाउन्डमा उनका ती सामग्रीहरु लिलाम भएका हुन्। त्यसैमध्येको एक विशेष तरबार २१ करोड भारुमा लिलाम भएको हो। उक्त तरबारको समाउने भागमा रत्नजडित बाघको आकृति रहेको छ।

प्रधानमन्त्रीले वेट्रेसको कपाल ताने

एजेन्सी । न्युजिल्यान्डको अकल्यान्डमा रहेको एउटा क्याफेमा काम गर्ने वेट्रेसले प्रधानमन्त्री जोन कीले पटक–पटक आफ्नो कपाल तानेको सार्वजनिक गरेपछि प्रधानमन्त्रीले माफी मागेका छन् ।

ती वेट्रेसले एउटा ब्लगमार्फत् प्रधानमन्त्रीको हर्कत सार्वजनिक गरेपछि प्रधानमन्त्री कीले महिलासँग माफी मागेका हुन् । न्युजिल्यान्डको प्रधानमन्त्री कार्यालयले एक वक्तव्य प्रकाशित गरी ठट्टा गर्ने क्रममा त्यसो गरिएको बताएका छन् ।

सुतेकै १८ लाख पारिश्रमिक !

एजेन्सी । सोच्नुहोस् त, सुती–सुती लाखौँ तलब रु वाहियात कुरा गरेको भन्ठान्नुहोला । यो सत्य हो । अमेरिकाको अन्तरिक्ष अनुसन्धानसम्बन्धी संस्था नासाले यस्तो प्रस्ताव गरेको छ । तर, सर्त छ– ७० दिनसम्म सुतेको सुत्यै गर्नुपर्छ । यत्ति गरेपछि मिल्छ पूरा १८ लाख रुपैयाँ ।

Wednesday, April 8, 2015

ड्रिम टिम नेपाल अनुसार राष्ट्रपति सत्यमोहन जोशी, प्रधानमन्त्री बाबुराम, गृहमन्त्री रमेश खरेल

ड्रिम टिम नेपाल
राष्ट्रपतिः सत्यमोहन जोशी
प्रधानमन्त्रीः डा बाबुराम भट्टराई
गृहमन्त्रीः रमेश खरेल
रक्षामन्त्रीः नेत्रविक्रम चन्द
परराष्ट्र मन्त्रीः गगन थापा
अर्थमन्त्रीः घनश्याम भूषाल
शिक्षामन्त्रीः राजकुमार लेखी
स्वास्थ्य तथा जनसङख्यामन्त्रीः डाक्टर गोविन्द केसी
उर्जामन्त्रीः गोकर्ण बिष्ट
स्थानीय विकासमन्त्रीः विश्वप्रकाश शर्मा
सूचना तथा सञ्चारमन्त्रीः रविन्द्र मिश्र
युवा तथा खेलकुदमन्त्रीः युवराज लामा
महिला बालबालिका तथा समाज कल्याणमन्त्रीः जयपुरी घर्ती
नागरिक उड्डयन तथा पर्यटनमन्त्रीः रामकुमारी झाँक्री
शान्ति तथा संबिधानसभा मन्त्रीः गोपाल किराँती
सामान्य प्रशासनमन्त्रीः अमरेशकुमार सिंह
शहरी विकास मन्त्रीः अभिशेकप्रताप साह
भूमिसुधार तथा व्यवस्थामन्त्रीः कुमार लिङ्देन
वाणिज्य तथा आपूर्तिमन्त्रीः सत्या पहाडी
सहकारी तथा गरिबी निवारणमन्त्रीः महेन्द्रबहादुर शाही
आवास तथा भौतिक योजनामन्त्रीः शेरधन राई
श्रम तथा सिञ्चाई मन्त्रीः गणेशमान पुन
विज्ञान तथा प्रविधि मन्त्रीः हरिबोल गजुरेल

राष्ट्रिय जागरण अभियान नेपालले सार्वजनिक गरेको ड्रिम टिम अफ नेपालको सुची ।


Monday, April 6, 2015

खसी बलियो बनाउने संगिनी सुई !

काठमाडौं । सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा ।

बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने खसीलाई नै लगाइदिने गरेका छन् ।

चिया साहुनीको अचम्मै–अचम्म!

शान्तिनगर गेटैमा छ, हरिसिद्धि आयल स्टोर । यही आयल स्टोरको ठीकअगाडि एकाबिहानै दर्जनौं ट्याक्सीको लाइन लाग्ने गर्दछ । टयाक्सीको लस्करले संकेत गर्दछ, पेट्रोलियम पदार्थको हाहाकार छ । तर, कुरा त्यस्तो होइन ।

 चियाका लागि ट्याक्सीको लाइन लाग्ने गर्दछ ।
बाटोको छेउमै पेट्रोल पम्पसँगै बिहान चिया पसल थाप्ने गर्छिन्, ओखलढुंगाकी अनुकुमारी कार्की । छातामुनि टेबल राखेर बनाइएको अस्थायी पसल अचम्म दिदीको पसलका रूपमा परिचित छ । बोलीपिच्छे जोड्ने ‘अचम्म’ थेगो नै उनको नाम बनेको छ । अर्को हिसाबले भन्दा पसलको ब्रान्ड ।

Friday, April 3, 2015

काकासँग सल्किएको भन्दै श्रीमतीको यौनांगमा सुपर ग्लू

ती सनकी पुरुषलाई आफ्नी श्रीमती अरु कसैसँग अवैध सम्बन्धमा रहेको शंका लाग्यो । आखिर शंकाले लंका डढायो । श्रीमतीलाई धोकेबाज करार गर्दै उनले स्वाद चखाउन भन्दै श्रीमतीको गुप्तांगमा सुपर ग्लु खन्याइदिए ।

Wednesday, March 25, 2015

श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क राख्दा हिरासतमा

श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्युठान भर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

पतिको सल्लाहपछि ३ हजार पुरूषसँग सुतिन् यी महिला

विश्को जुनसुकै समाजले जीवनभर एकै पार्टनरसँग सेक्स गर्नुपर्ने मान्छन् । तर,  यो जरूरी हुँदैन ।
गार्डियन पत्रिकामा छापिएको समाचार अनुसार इङ्ल्याण्डको शेफिल्डमा बस्दै आएकी एक महिलाले आफू ३ हजार पुरूषसँग सुतेको दावी गरेकी छिन् । ६३ वर्षीया ती महिलाले प्रत्येक वर्ष १ सय पुरूषसँग यौनसम्बन्ध राखेको बताउँछिन् । उनी विवाहित हुन् र उनको यो कामका लागि उनकै पतिले सल्लाह दिएका थिए ।

१२ वर्षकी बालिकाले आफ्नो कपाल बेचेर किनिन् घर !

ब्राजीलकी १२ वर्षीय बालिका नताशा मोरिएस डी आन्द्रादेले जब आफ्नो कपाल काटिन् तब उनी रोइन् । तर उनको यो दुःख धेरै दिन रहेन र उनले आफ्नो कपालको बदलामा घर पाईन् ।

८० हजारमा पुरै गाँऊ बिक्रिमा !

समाजमा कहिलेकाहि पत्याउनै नसकिने घटनाहरु सार्वजनिक हुने गरेका छन् ।

यसै क्रममा ८० हजारमा पुरै गाउननै विक्रिमा रहेको खवरले पक्कै पनि तपाइ अचम्ममा पर्नुहुन्छ होला । एउटा घर किन्न लाखौ खर्चन पर्ने बेला केवल असिहजारमा एउटा गाउ पुरैको मालिकहुन पाए कसलाई के चाहियो ।
त्यो पनि कुनै साधारण गाउ हैन ११ औ शताव्दिमा बनेको कलात्मक तथा ऐतिहासिक गाउ ।

कपालले नै तानिन् डेढ टनको कार

के तपाईंले विश्वास गर्नुहुन्छ, एक किशोरीले आफ्नो कपालको सहाराले डेढ टनक तौल भएको कारलाई तानेकी छिन् । सुन्दा अपत्यारिलो लागेपनि मोरोक्कोकी इकराम साल्हीले यसलाई पुष्टि गरेकी छिन् ।

साल्हीले एउटा रियालिटी टेलिभिजन कार्यक्रममा आफ्नो देशको प्रतिनिधित्व गर्दै १।५ टनको मर्सिडिजलाई आफ्नो कपालले तान्दा त्यहाँ उपस्थित दर्शकहरु हेरेको हेरै भए ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...