Monday, July 7, 2025

JMC Master Thesis By Netra Tamang



नेपाली दैनिक पत्रिकाका बाल विशेषाङ्कले बालबालिकामा पारेको प्रभाव 

-शोधकर्ता-

नेत्रबहादुर तामाङ


यस अध्ययनमा सहयोग गर्नुहुने बालबालिका, शिक्षक र विद्यालय समितिलाई म हृदयदेखि नै धन्यवाद दिन चाहान्छु, उहाँहरुकै सहयोगले यो अध्ययनले पूर्ण रुप पाएको छ । त्यसैगरी कान्तिपुर दैनिकको बाल विशेषाङ्क कोपिलाका संयोजक दामोदर न्यौपाने, नागरिक दैनिकको बाल विशेषाङ्क जूनकीरीका संयोजक क्रान्ति पाण्डे, गोरखापत्रको बाल विशेषाङ्क बालबाटिकाकी संयोजक लक्ष्मी खतिवडा र अन्नपूर्ण पोस्टको बाल विशेषाङ्क अंकुरकी संयोजक रामकला खड्कालाई धन्यवाद दिन चाहान्छु । मार्टिन चौतारीमा अध्ययनमा संलग्न सम्पूर्ण पत्रिकाहरु भेटिएकोले अरु ठाउँ पुगेर दुःख गर्नुपरेन । यसका लागि मार्टिन चौतारी(Martin Chautari) लाई पनि आभार ।
अध्ययनको यो रुप दिनका लागि सल्लाह, समय तथा निर्देशन दिनुहुने शोध
निर्देशक उपप्राध्यापक श्री ऋषिकेश दाहाललाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । उहाँको सहयोगले नै यो अनुसन्धानले पूर्ण बनेको छ । यस शोध कार्यमा आवश्यक सुझाव दिएर सहयोग गर्नुहुने त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख प्रा. श्री चिरञ्जीवी खनालप्रति पनि आभार प्रकट गर्दछु । बाह्य निरीक्षक प्राध्यापक एवं विश्लेषक श्री राजेन्द्र सुवेदीलाई धेरै धन्यवाद दिन चाहान्छु । उहाँले यस अनुसन्धानलाई गहन बनाउनका लागि अमुल्य सुझाव दिनुभएकोमा निकै खुसी छु ।
आम सञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक श्री लालदेउसा राई, श्री बद्री पौड्याल, टंक उप्रेती, श्री राजेन्द्रदेव आचार्य, श्री डा. कुन्दन अर्याल, प्राध्यपक श्री परशुराम खरेललाई सुझावका लागि धन्यवाद । अध्ययनको क्रममा सुझाव दिनुहुने बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, नेपाल बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष तथा बाल साहित्य सर्जक विनय कसजु, वरिष्ठ पत्रकार प्रमोद प्रधान, सगरमाथा टेलिभिजनका पत्रकार जितेन्द्र श्रेष्ठलाई पनि धन्यवाद । भाषा, शुद्धशुद्धीमा सहयोग गर्नुहुने सन्तोष शर्मा, शोध लेखनका क्रममा सहयोग गर्ने किरण अधिकारी, रजनी खड्का, वाल्मिकी रिजाल, यातायातमा सहयोग गर्नुहुने प्रकाश थिङलाई धेरै धन्यवाद ।
यस अनुसन्धानलाई सुझाव दिनुहुने चाइल्ड रिच नेपालका डा छिरिङ लामा, कुमार आले, डा. आलोक रजौरिया, डा. नस्तु शर्मा र मन्दिरा त्रिपाठीलाई पनि कृतज्ञता व्यक्त गर्दछु । प्रस्तावना स्विकृत गरी यस अध्ययनका लागि ‘ग्रजुएट स्टुडेन्ट रिसर्च ग्रान्ट’ उपलब्ध गराईदिएकोमा चाइल्डरिच नेपाल(Childreach Nepal ) र युनिसेफ( UNICEF Nepal,UNICEF)लाई धेरै धेरै धन्यवाद ।
शोधार्थी
नेत्रबहादुर तामाङ
(note - July 31,2016)

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...