Showing posts with label खेल. Show all posts
Showing posts with label खेल. Show all posts

Monday, December 22, 2014

क्रिकेटको चार करोड गुम्यो

नेपाल क्रिकेट संघको क्यानको गैरजिम्मेवारका कारण क्रिकेट विकासका लागि प्राप्त हुने ४ करोड भन्दा बढी रुपैयाँ गुमेको छ ।

एसियाली परिषद् एसीसीले पटक पटक ताकेदा गर्दा पनि संघले ब्यावसायिक प्रस्ताव समेत नपठाएपछि नेपालले पाउने झन्डै ४ लाख ८ हजार डलर फ्रिज भएको हो । एसीसीले २ वर्ष अन्तरमा एसिया कप आयोजना गर्छ । यो एसीसीले गर्ने प्रमुख प्रतियोगिता हो ।

नेपाल सहभागिता जनाउन नपाउने यो प्रतियोगितामा भारत, पास्कितान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतिष्प्रर्धा गर्छन । प्रतियोगिताबाट हुने नाफा रकम भने एसीसीले नेपालसहित एसोसिएट राष्ट्रलाई विकास सहयोग भनेर प्रदान गर्छ ।  कान्तिपुर दैनिकमा खबर छ ।

भत्ता माग्दै अवरोध

अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको अवरोधले संविधानसभाको सोमबारको बैठक डेढ घण्टा अवरुद्ध भयो ।  सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने केन्द्रका ८८ जना कर्मचारीले संविधानसभा र संसद सचिवालयका कर्मचारीकै सरह भत्ता सुविधा माग गर्दै विहान १० बजेदेखि नै संविधानसभा भवनमा ताला लगाएका थिए ।

सचिवालयले आफूहरुलाई काजमा खटाएको तर खाजा र खाना भत्ता सुविधामा भने भेदभाव गरेको भन्दै केही दिनदेखि एमाओवादी समर्थित केन्द्रका कर्मचारीहरु विरोधमा उत्रेका थिए । सोमबार भने तालाबन्दी नै गरेपछि सभासद संविधानसभा बाहिर बस्न बाध्य भएका थिए ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...