Sunday, December 21, 2014

विद्यार्थी यात्रु होइनन्, '१० को माल'

राजधानीका कलेजमा बिहानी सिफ्टमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षक माइक्रो बसको मनपरी मारमा पर्ने गरेका छन्। भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

चक्रपथबाहिरका विभिन्न स्टेशनबाट रत्नपार्क भित्रने काइक्रो बसले यस्तो गर्ने गरेका छन्। बिहानी सिफ्टमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकका लागि ५स्४५ देखि ६स्१५ को अवधि कलेज जाने पिक आवर हो। तर यही अवधीमा व्यवसायीले माइक्रो नै सञ्चालन गर्दैनन्।



ुसञ्चालन गरेकाले पनि १० को माल छाड्देु भन्दै माइक्रोमा चढाउन अस्वीकार गर्ने गरेको विद्यार्थीको गुनासो छ। लामो आन्दोलनपछि सरकारले विद्यार्थीका लागि ४५ प्रतिशत गाडी भाडामा छुट दिने निर्णय गरेको थियो। यसवापतको सुविधा सरकारले व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ। छुट अन्तर्गत विद्यार्थीले माइक्रोमा १० रूपैयाँ तिर्ने गर्छन्।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...