Friday, June 19, 2015

बलात्कारमा परेका पुरुषका लागि छुट्टै अस्पताल

बलात्कार पीडित महिलाका लागि औषधोपचारका लागि विभिन्न अस्पताल तथा क्लिनिकहरुले काम गरिरहेको तथा विभिन्न संघसस्था तथा अभियानकर्मीहरु समेत यौन हिंसा पीडित महिलाको संरक्षण तथा पुनस्र्थापनामा जुटिरहेको त हामीले देखिरहेका छौँ । तर बलात्कारमा परेका पुरुषको लागि भने यस्तो सेवा सुविधा र आवाज कतैबाट उठेको सुनिँदैन । सायद हाम्रोमा पुरषमाथिको बलात्कार तथा यौनहिंसाका घटना कम हुने भएकाले होला ।


तर स्विडेनको राजधानी स्टकहोममा भने यौन हिंसाको सिकार बनेका पुरुषहरुको लागि विश्वमै पहिलोपटक इमरजेन्सी क्लिनिक खुल्दैछ ।

स्टकहोममा बलात्कार पीडित महिलाको आपतकालीन उपचारका लागि पहिले देखि नै छुट्टै क्लिनिक संचालनमा थियो । अब आउँदो अक्टोबरदेखि पुरुषका लागि समेत छुट्टै आकस्मिक क्लिनिक संचालनमा आउनेछ । उक्त क्लिनिकमा यौन हिंसाबाट पीडित बनेका सबै उमेरका पुरुषहरुलाई भर्ना तथा उपचार गरिनेछ ।

स्वीडेनका संचार माध्यमहरुका अनुसार गएको वर्ष देशमा ३ सय ७० जना पुरुषहरुमाथि यौन हिंसा भएको छ ।
-अनलाइनखबर.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...