Monday, March 2, 2015

अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने

काठमाडौं । नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको अभियानमा खबर छ ।



योजना सफल भएसँगै पीएसटीएन, सीडीएमए र जीएसएमका ग्राहकले सजिलै एकअर्कोमा रकम ट्रान्सफर गर्न सक्नेछन् । ट्रान्सफर सुविधालाई अन्य टेलिफोनसँग पनि जोड्नुपर्ने ग्राहकको मागलाई ध्यानमा राखेर यस्तो योजना बनाइएको टेलिकमका सूचनाप्रविधि शाखाका निर्देशक रवीन्द्र झाले बताए । ‘ट्रान्सफरको यस्तो सुविधा उपलब्ध गराउने विषयमा अहिले अध्ययन भइरहेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र यस्तो सुविधा उपलब्ध गराउने गरी तयारी गरिरहेका छौं ।’

ट्रान्सफर सुविधालाई अन्य टेलिफोनसँग जोड्न एकीकृत खाताको आवश्यकता पर्छ । प्रयोगकर्ताको जानकारी समेटिने उक्त खातामार्फत फरक किसिमका टेलिफोन सेवासँग ग्राहकलाई जोड्न सकिने झाले जानकारी दिए ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...