Wednesday, March 25, 2015

मानव तस्करीको नयाँ रुट

अन्तर्राष्ट्रिय मानव तस्करहरूले युरोपेली मुलुकहरूको राहदानी बैंककमा बिक्री गरेर नेपालबाट चीन हुँदै युरोप पठाउने नयाँ रुट प्रयोग गर्न थालेका छन्।

आजको अन्नपूर्णमा शम्भु कट्टेल अगाडि लेख्छन् ( बैंककमा सक्रिय मानव तस्करहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुक र इरानी नागरिकहरूलाई युरोपेली मुलुकका राहदानी बिक्री गरेर युरोप छिराउन चीनको बाटो प्रयोग गर्न थालेका हुन्।



उनीहरूले सधैं प्रयोग गर्ने भारत, बैंकक, अबुधाबीलगायतका विमानस्थलमा विशेष सुरक्षा निगरानी बढेपछि तस्करहरूले चीन हुँदै युरोपेली मुलुक छिर्ने नयाँ रुट प्रयोगमा ल्याएका छन्।

बैंककमा इटालीको नक्कली राहदानी बेचेर दलालहरूले नेपालबाट चीन हुँदै फ्रान्स पठाउन लागेकी एक इरानी महिला कुनमिङमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।

तेहरानबाट थाइल्यान्ड, नेपाल, चीन हुँदै फ्रान्स जान लागेकी इरानी युवती पक्राउ परेपछि उनीहरूले चीनलाई समेत युरोपेली मुलुक छिर्ने ट्रान्जिटका रूपमा विकास गर्न खोजेका छन्।

सन् २०१४ को सुरुदेखि हालसम्म विभिन्न युरोपेली मुलुकका नक्कली राहदानीमा युरोप छिर्न खोज्ने २२ जना इरानीलाई पक्राउ गरी नेपालको अध्यामगन विभागले निष्कासन गरेको छ। तीमध्ये कसैले पनि चीनको बाटो हुँदै युरोप छिर्ने प्रयत्न गरेको देखिँदैन।

उनीहरूले प्रयोग गर्दै आएको भारत, थाइल्यान्ड, अबुधाबीलगायतका नाकामा त्यहाँका अध्यामगनले निगरानी बढाएपछि दललाहरूले चीनको रुट प्रयोग गर्न नक्कली राहदानीवाहक यात्रुलाई सुझाउन थालेका छन्।

चीनको कुनमिङ अध्यामगनले इटालीको राहदानी नक्कली भएको भन्दै फिर्ता ९इन्ट्री रिफ्युज० गरेपछि काठमाडौं विमानस्थल अध्यागमनले चैत १ मा इरानी महिला इब्राहिमी इरमियालाई पक्राउ गरेको हो।
उनी फागुन २८ गते इटालीको नक्कली राहदानीमा नेपाल छिरेकी थिइन्। अध्यामगन विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी बाबुराम खतिवडाले पक्राउ परेकी इब्राहिमीलाई जाली राहदानीअन्तर्गत मुद्दा चलाएको बताए।

 अध्यामगन अधिकारीहरूको बयानमा उनले आफूले बैंककमा चार हजार अमेरिकी डलरमा इटालीको राहदानी खरिद गरेको बताएकी छन्। उनले थाइल्यान्डमा मुस्लिम समुदायका अफ्रोजियान नाम गरेको व्यक्तिबाट राहदानी खरिद गरेको बयान दिएको स्रोतले बताएको छ।

दलालको निर्देशनअनुसार आफू चीन हुँदै फ्रान्स छिर्न खोजेको उनले बताएकी छन्। विदेशी मुलुकको राहदानी खरिदबिक्री गर्ने व्यक्ति कुन मुलुकका हुन भनेर पहिचान गर्न नसकेको उनले बताइन्।

नौ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेकी उनले फ्रान्स छिर्ने उद्देश्यले इटालीको राहदानी खरिद गरेकी हुन्। उनी तीन दिन ठमेलस्थित ब्लु होराइजन होटेलमा बसी चाइना साउथ वेस्टर्न एयरबाट कुनमिङ गएकी थिइन्।

इब्राहिमी नेपाल आउँदा र यहाँबाट चीन जाने क्रममा अध्यामगनका कर्मचारीले उनले प्रयोग गरेको इटालीको राहदानी नक्कली भएको पत्तो पाएनन्। विमानस्थल अध्यामगनका कर्मचारीले उनले प्रयोग गरेको त्यही इटालीको नक्कली राहदानीमा प्रस्थान र आगमन छाप लगाइदिएका थिए।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...