Friday, December 19, 2014

दुइ वर्षका बालिकाका लागि भन्दै ब्रा बेच्न थालेपछि….

दुइ वर्षकी बच्चीले लगाउने ब्रा भन्दै एक कम्पनीले विज्ञापन सुरु गरेपछि त्यसैले ठूलै तरंग ल्याएको छ ।
बेलायतको चर्चित चेन डिपार्टमेन्ट स्टोर जोन लेबिसले २० इनच छाति भएका सानो आकारका ब्रा अनलाइनबाट बेच्न सुरु गरिसकेको छ ।

फूलको छापयुक्त ब्रा सँगै गन्जी र कट्टु समेत उत्पादन गरेर बेच्न थालेपछि त्यसको कडा आलोचना भएको छ ।


विभिन्न अभिभावक फोरममा आबद्ध बेलायतका महिलाहरुले २ वर्षकी बच्चीका लागि ब्रा तथा अण्डरवेयर उत्पादन गर्ने कम्पनीको काम खतरनाक रहेको बताएका छन् । बेलायतको सबैभन्दा ठूलो अभिभावक सम्बन्धित वेबसाइट नेटमम्सका संस्थापक सिओभान फ्रिगार्डले २० इन्च आकारका ब्रा को कुनै आवश्यकता नरहेको भन्दै साना बच्चीहरुलाई महिलाले लगाउने जस्ता अण्डरवेयर लगाउन अनुरोध गर्नु अनैतिक काम भएको बताएका छन् ।

बेलायतको बालबालिका सम्बन्धि च्यारिटी संस्था किडस्केपका प्रमुख कार्यकारी क्लाउडी नाइटले दुइ वर्षका बालिकालाई ब्रा सँग जोड्ने काम अस्विकार्य तथा निकै असोभनीय भएको बताइन् ।

बच्चीका लागि ब्रा भन्दै विज्ञापन र बिक्रि सुरु गरिसकेको जोन लेबिसले त्यसको कटु आलोचना भएपछि गल्ती छोप्ने प्रयास गरेको छ ।

जोन लेविस स्टोरका प्रवक्ताले ती ब्रा को नामाकरणमा गल्ती भएको भन्दै ती २ वर्षका बच्चीहरुलाई नभै किशोरावस्थामा प्रवेश गर्न लागेका केटीहरुका लागि भएको दाबी गरे ।

२० इनच भनिएको भएपनि त्यो २८ इनच छातिवाला केटीहरुलाई ठिक्क हुने खालको ब्रा भएको दाबी उनको छ । सुरुमा बच्चीका लागि ब्रा शीर्षकमा अनलाइनमा विज्ञापन गरी ब्रा बेच्न सुरु गरेको कम्पनीले आफ्नो सुरुको विज्ञापन हटाएको छ । अनलाइनखबर.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...