Friday, December 19, 2014

अनलाइन बिक्रिका लागि राखिएको गोबर आधा घण्टामा ‘आउट अफ सेल’

कार्ड अगेन्स्ट ह्युमनिटी’ वेभसाइटमा एउटा निकै अचम्मको वस्तुको विक्रि सुरु गरेको आधा घण्टामा नै ‘आउट अफ सेल’ भएको छ ।

 वेभसाइटले विज्ञापन जारी गर्दै आफ्ना उपभोक्ताहरुलाई गोबर बेच्ने कुराको जानकारी दिएको केहि क्षणमा नै तीस हजार अमेरिकी नागरिकहरुले अर्डर दिन सुरु गरेको बताइएको छ । एक बक्स गोबरको मूल्य करिब ६१५ नेपाली रुपैयाँ राखिएको थियो ।



अमेरिकामा थ्याङ्क्स गिभिङ डे पछिको शुक्रबार ब्ल्याक फ्राइडे भनिन्छ । यहि दिनदेखि नै क्रिसमसको सपिङ सुरु हुने गर्दछ र सबै मानिसहरु किनमेलमा नै व्यस्त हुने गर्दछन् । मानिसहरुको यहि व्यवहारको फाइदा उठाउँदै कार्डस् एगेन्स्ट ह्युमनिटीले आफ्नो सबै गेम साइटबाट हटाइदिए र ‘बुलशिट बक्स’ ९गोबर० लाई मात्र बिक्रीको लागि राखिदिए ।

आफ्ना उपभोक्तालाई फजुल खर्च नगर्न आग्रह गर्दै साइटबाट गेम हटाइएको कम्पनीले जनाएको छ । रमाइलो गर्नका लागि निकै चर्चित यो कम्पनीको अफरप्रति मानिसहरुले केहि आश्चर्यचकित पार्ने किसिमको वस्तु होला भन्ने सोचेका थिए । हो, उनीहरु आश्चर्यमा परे तर अर्को रुपमा । जब ती मानिसहरुको घरमा प्याकिङ गरिएको वस्तु आइपुग्यो तब उनीहरु अचम्ममा परे ।

थुप्रै मानिसहरुले आफ्नो अर्डर फिर्ता लिन समेत आग्रह गरे । तर यसो हुन सकेन । ‘कार्डस् अगेन्स्ट ह्युमनिटी’ एउटा यस्तो कम्पनी हो जसले पार्टी गेम बेच्ने गर्दछ । गेममा कालो र सेतो रङको कार्ड हुने गर्दछ । एकजना व्यक्तिले कालो कार्डबाट ‘फिल इन ब्ल्याङ्क्स’ प्रश्न सोध्ने गर्दछ । बाँकी सबै मानिसहरुले आफ्नो सेतो कार्डबाट यसको जवाफ दिने गर्दछन् । त्यसपछि जसले पूरा वाक्य तयार गर्दछ, त्यहि व्यक्तिले नै यो गेमलाई रोमाञ्चक बनाउने गर्दछ ।-एजेन्सी-रातोपाटी डटकमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...