एमालेले संविधानका अन्तरबस्तुमा पार्टीको धारणा प्रष्ट गर्न र माघ८ भित्रै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सिर्जना गर्न पुस १८ गते मुख्य सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
एमाले सचिवालयको सोमबारको बैठकले भेला गर्ने निर्णय गर्दै त्यसको कार्यक्रम सार्वजनिक गरेको हो । महासचिव इश्वर पोखरेलका अनुसार प्रमुख सहरहरुमा हुने भेलामा पार्टीका पदाधिकारीहरुले मुख्य सम्बोधन गर्नेछन् ।
जनकपुरमा अध्यक्ष केपी ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्जमा नेता माधवकुमार नेपाल, नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम र पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।
त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले धनगढी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महेन्द्रनगर, उपाध्यक्ष भिम रावलले बुटवल र महासचिव इश्वर पोखरेलले लाहानको भेलालाई सम्बोधन गर्नेछन् । उपमहासचि विष्णु पौडेलले चितवन, उपमहासचिव घनश्याम भुसालले सुर्खेत, सचिव प्रदीप ज्ञवालीले हेटौडा, सचिव पृथ्वीसुब्बा गुरुङले धनकुटा, सचिव गोकर्णराज विष्टले बाग्लुङ र सचिव योगेश भट्टराईले डोटीको भेलालाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

No comments:
Post a Comment