Monday, December 22, 2014

भत्ता माग्दै अवरोध

अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको अवरोधले संविधानसभाको सोमबारको बैठक डेढ घण्टा अवरुद्ध भयो ।  सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने केन्द्रका ८८ जना कर्मचारीले संविधानसभा र संसद सचिवालयका कर्मचारीकै सरह भत्ता सुविधा माग गर्दै विहान १० बजेदेखि नै संविधानसभा भवनमा ताला लगाएका थिए ।

सचिवालयले आफूहरुलाई काजमा खटाएको तर खाजा र खाना भत्ता सुविधामा भने भेदभाव गरेको भन्दै केही दिनदेखि एमाओवादी समर्थित केन्द्रका कर्मचारीहरु विरोधमा उत्रेका थिए । सोमबार भने तालाबन्दी नै गरेपछि सभासद संविधानसभा बाहिर बस्न बाध्य भएका थिए ।


कर्मचारीका समस्या बारे सभामुख सुवास नेम्वाङ्गले प्रधानमन्त्री सुशील कोइरालालाई अवगत गराई सरकारबाट उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका थिए । संसद सचिवालयका तर्फबाट भत्ताका लागि सिफारिस भएपनि सम्बन्धित मन्त्रालयमा रोकिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA