Sunday, December 21, 2014

प्रचण्डको प्रश्न-ओली देशका ठेकेदार कि महाराज ?

बालुबाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्तुतिबाट बिच्किएर हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड ओलीप्रति आक्रामक बनेका छन् ।
आइतबार अपरान्ह संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग १९ दलीय मोर्चाको तर्फबाट छलफल गरेलगत्तै पत्रकारहरुसँगप्रचण्डले ‘को हुन् ओली रु भन्दै प्रश्न गरेका छन् ।
दुई चार सिट बढी आयो र पार्टी अध्यक्ष भयो भन्दैमा ओलीले आफूलाई महाराज र अरुलाई रैती जस्तो व्यवहार देखाएको भन्दै उनले भने(‘उनी यो देशको ठेकदार पनि होइनन महाराज पनि होइनन् ।’


उनले ओलीले सहमतिको वातावरण बिगारेको बताए । प्रचण्डले सहमति नभए संविधान माघ ८ मा बन्न नसक्ने भन्दै प्रक्रियामा जान कांग्रेस(एमालेलाई चुनौति समेत दिएका छन् ।
शनिबार बालुवाटार बैठकमा ओलीले पहिचानसहितको संघीयता भन्नेहरुलाई विखण्डनकारी भनेका थिए । ओलीले सहमतिका आन्दोलनको मोर्चा विघटन गर्नु पर्ने, पहिचानको कुरा गर्नै नहुने जस्तो कुरा गरेपछि आफूहरु बैठक छाडेर हिडेको प्रचण्डले सुनाए ।
वार्ता नगर्ने भनेका छैनौं
एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग अब वार्ता नै नगर्ने नभनेको बताए ।
तर, ओलीलाई प्रधानमन्त्री सुशील कोइरालाले रोक्नु पर्ने बताए । उनले भने(‘महाराजधिराज मै हुँ । अरु रैति भए भन्ने मानसिकतासँग झुक्न सकिँदैन ।’
विशेष संयन्त्र बन्न सक्दैन स् बाबुराम
संविधानसभा अध्यक्षलाई भेटेपछि सम्वाद समितिका सभापति एवं माओवादी वरिष्ठ नेता डा। बाबुराम भट्टराईले विवादित विषय आफ्नो समितिलाई नै जिम्मा दिन माग गरेका छन् ।
संविधानसभामा भएको छलफलमा कांग्रेस एमालेका सभासदहरुले भने जस्तो छुट्टै संयन्त्र बन्न नसक्ने उनको दाबी थियो । उनले भने(‘संविधानसभामा विषेश संयन्त्र बनाउने र त्यसलाई विवादित विषय जिम्मा लगाउने भनिँदैछ । तर, नियमावलीमा त्यस्तो व्यवस्था छैन ।’अनलाइनखबर.कम

भेटमा प्रचण्ड नेतृत्वको १९ दलले सहमतिकै आधारमा संविधान जारी गर्नु पर्ने आफूहरुको धारणा सुनाएका छन् । साथै विवादित विषय सहमतिका लागि फेरि सम्वाद समितिमा नै पठाउन समेत सभाध्यक्ष नेम्वाङलाई आग्रह गरेको नेताहरुले बताएका छन् । 

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA