Sunday, December 21, 2014

पूर्वयुवराज पारसको कपाल मुण्डन गरियो, डेढ महिनादेखि थाई कारागारमै

अवैध लागूऔषध सेवनका कारण थाइल्याण्डमा पटक पटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाई कारागारमा बस्न बाध्य छन् । उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्याण्डको रुङ्खाइस्थित कारागारमा छन्, राजधानी दैनिकमा खबर छ ।

पछिल्लो पटक अवैध लागूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा थाई अदालतले अन्तिम फैसला भने गरेको छैन । आगामी २७ डिसेम्बरमा उनको मुद्दाको म्याद गुजारेको अभियोगमा थाई अदालतलेउनलाई पुर्पक्षका लागि भन्दै कारागार पठाउने निर्णय गरेको थियो ।



पारसले तीन पटक मुद्दाको म्याद गुजारिसकेको थिए । स्रोतका अनुसार कारागारमा पुगेपछि पारसको कपाल मुण्डन गरिएको छ । थाइ प्रहरीले उनको कपाल मुण्डन गरी मुडुलो बनाइदिएको छ । यसैगरी, उनको डे्रेसअप पनि बदलिएको छ ।

उनकी प्रेमिका कन्निका च्यान्साईर् भने अझै पारसको सम्पर्कमा रहेकी छन् । तग सोमवार पनि कन्निका पारसलाई भेट्न जेल पुगेकी थिइन् । पटकपटक प्रहरीले पक्राउ गर्न थालेपछि थाइल्याण्डमै रहेका नेपाली भने पारसलाई भेट्न अझैसम्म जेल गएका छैनन् ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...