Thursday, July 7, 2011

तीजका गीतको म्युजिक भिडियो छायाँकन धमाधम



ु…चलेको रीत रमाइलो तीज सँगी हो आउँ नाचौ सँगसँगैु
आइतबार दिउँसो थापाथलीको शिवमन्दिरमा ुतीज विशेष कार्यक्रम-२०६८ु लेखिएको तुल राखिएको थियो । तुल मुनि रातो हरियो साडी लगाएका महिला गीत गाउँदै ताली बजाउदै थिए । सिमसिम पानीमा उनीहरु तीजका गीत गाउँदै थिए ।




सम्झना बुढाथोकी र शंकर विसीका साथ दिदै अरु पनि नाच्दै थिए शिवमन्दिरको प्रगंणमा । छायाँकन हेर्न दर्शक जम्मा भएका थिए । निर्देशन गर्दै थिए प्रकाश भट्ट । लोकदोहोरी प्रति धेरैले चासो राख्न थालेपछि पछिल्लो समय यसै सम्बन्धि म्युजिक भिडियो बन्ने क्रम बढेको छ ।

तीज आउन एक महिना भन्दा बढी समय छ । तर तीज सम्बन्धी म्युजिक भिडियो धमाधम बन्दैछन् । ुअहिलेसम्म मैले २३ वटा तीज सम्बन्धी म्युजिक भिडियो निर्देशन गरिसकेंु कलाकार एवं निर्देशक शंकर विसीले भने ुअरु निर्देशकले पनि उत्तिकै बनाइरहेका छन् ।ु लोकगीतमा छाएका पशुपति शर्मा निशा सुनार खुमन अधिकारी देवी घर्ती विष्णु माझी शर्मिला गुरुङ लगायतका कलाकार नै तीजका गीतमा छाएका छन् । कलाकारहरुका अनुसार तीन दर्जन बढी तीज सम्बन्धी म्युजिक भिडियो बनिसकेका छन् । अहिले शंखपार्क भृकुटीमण्डप थापाथलीको शिवमन्दिर लगायत सहरका विभिन्न भागमा भिडियो छायाँकन भइरहेको उनीहरुले बताए । यस्ता छाँयाकंन साउनको दोस्रो सातासम्म चल्ने कलाकारहरुले जानकारी दिए ।



No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...