Sunday, June 26, 2011

लोकतन्त्र बाबु


लोकतन्त्र बाबु हास्यशृंखला ुमदनबहादुर-हरिबहादुर-४ु का एक पात्र हुन् । यस शृंखलामा हुर्कंदैछन् लोकतन्त्र बाबु । शृंखलामा नराम्रा काम गर्नेविरुद्ध उत्रिन्छन् उनी । उनै लोकतन्त्र बाबुको वास्तविक नाम हो- विजय मगर ।

बाह्रवर्षे विजय काठमाडौं जोरपाटीमा रहेको न्यु बुद्धप्रकाश माविको ६ कक्षामा पढ्दैछन् । सानैदेखि कलाकारितामा संलग्न हुन पाएकोमा भाग्यमानी ठान्छन् उनी । ुपाँच वर्षअघि ुपरीु फिल्ममा अभिनय गर्ने मौका मिल्योु विजय सम्झन्छन् ुत्यतिबेला सानै भएकाले फिल्मको कथा भने बिसर्िसकेछु ।ु

अहिलेको उनको अभिनय निकै रोचक छ । सानो मान्छे भूमिका ठूलो । देशमा भइरहेको अपहरण लुटपाटमा लाग्नेविरुद्ध खुलेरै लड्छन् र हराउँछन् शृंखलामा । उनलाई सघाउने पनि छन् । कुनै काम एक्लै गर्न नसक्ने उनले बताए । ुसिरियलमा बस हाइज्याक गर्ने र केटी बेच्ने दलाललाई ठिक पार्नुपर्ने रोल छु विजय भन्छन् ुसुटिङमा यस्ता काम गर्न सजिलो छ ।ु नराम्रा काम गर्नेलाई यस्तै गर्नुपर्ने भएपनि वास्तविक जीवनमा भने गाह्रो नै हुने उनको बुझाइ छ ।

सक्षम खेलाडीको भूमिकामा देखिने उनको सहयोगी लाहुरे अंकल हुन् । शृंखलामा झैं विजय अहिले उसु खेल्दैछन् । स्कुल छुट्टीपछिको समय उनी उसुलाई दिन्छन् । ुरेडबेल्टमा पुग्नै लागेको छुु विजयले भने ुअरु खेलभन्दा अलि गाह्रो हुँदोरहेछ उसु ।ु अनुशासित भएर खेले राम्रो भइने उनले सुनाए । ुसभागृहमा उसुको डेमन्सटे्रसन गर्न पुगेको थिएँु विजयले शृंखलामा प्रवेश पाउनुको कारण खुलाए ुहरिवंश अंकललाई मेरो सो मन परेछ अनि सुटिङमा बोलाउनुभयो ।ु सुटिङमा पनि आफ्नै खेलको कला देखाउन पाएकोमा विजय खुसी छन् ।

मेहनती भएकै कारण उनको खेल राम्रो भएको र धेरैले मनपराउने उसु शिक्षक युवराज गुरुङ बताउँछन् । ुमसँग खेल्नेमा उनी मेधावी छन्ु उसु शिक्षक गुरुङले बताए । उत्कृष्ट खेलाडीका रुपमा उनले दर्जन मेडल पनि हात पारिसकेका छन् । उनको सपना छ कुशल उसु खेलाडी बन्ने । तर उसु खेल्न उत्तिकै गाह्रो पनि छ । त्यसैले निकै सजग भई खेल्नुपर्ने बताए उनले । उत्तिकै चलाखी पनि अपनाउनुपर्छ । सानैदेखि उसु मनपराउने उनको घरमै अभ्यास गर्दा हात भाँचिएको थियो । अहिले भने निको भइसकेको छ । त्यसैले उनकी आमालाई साह्रै डर लाग्छ रे ! ुयस्तो डरलाग्दो खेलमा नजाउँ भन्थँे मान्दैनथे मलाई डर लाग्थ्योु उनकी आमा टिकाले भनिन् ुअहिले यही खेलले गर्दा उसलाई धेरैले चिनेका छन् ।ु पढाइ नछोडी यसरी खेल्दै गए राम्रो हुने उनको आशा छ ।

सिरहा धरमपुरका उनी अहिले आमा र दाजुसँग काठमाडौंमा बस्छन् । बुबा भने कामको सिलसिलामा कतारमा छन् । विवोइङ नाचमा समेत पोख्त विजय साथीहरुलाई पनि नाच सिकाउँछन् । फुस्रदमा कार्टुन हेर्न मनपराउने उनी पढाइलाई उत्तिकै महŒव दिनुपर्ने बताउँछन् । त्यसैले त स्कुलमा र छिमेकमा पनि सबैले मन पराउँछन् उनलाई ।

सुटिङका क्रममा उनी विभिन्न जिल्ला पुगे । केही ठाउँमा उनी एकहप्ते बिदा लिएरै बसेका पनि छन् । ुस्कुलबाट बिदा लिएर जान्थेँ सुटिङमा बस्नैपर् योु उनले भने ुकुनै ठाउँमा निकै जाडो लाग्थ्यो ।ु लगनशील र सक्षम खेलाडीका रुपमा चिनिने उनी आउँदो अगस्टमा चीन जाने सोचमा छन् । चीनको संघाईमा हुने छैठौं जुनियर एसियन उसु च्याम्पियनसिपका लागि छानिएका छन् उनी । उनी च्याम्पियनसिपमा उत्रिन सक्षम रहेको उनका उसु शिक्षकले बताए । तर चीनसम्म पुग्न आफैंले खर्च जुटाउनुपर्ने हुन्छ । यसका लागि पर्याप्त खर्च नभएको उनको आमाको गुनासो छ ुएकलाख जति चाहिन्छ रे कसरी जुटाउने ।ु


No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...