Wednesday, June 26, 2013
Wednesday, June 19, 2013
एक कप कफीको ११ हजार
![]() |
प्याराडोक्सुरस जसले कफी उत्पादनमा सघाँउछ । |
काठमाडौं । हामी एक कप कफीको कति रुपैया तिर्छौ, बढीमा पाँचसय । तर इन्डोनेसियाको सुमात्रामा बन्ने एक कप कफीको एकसय २० अमेरिकी डलर पर्छ । यसको नेपाली रुपैया ११ हजार भन्दा बढी पर्न आउँछ । सुमात्रामा यो कफीको मुल्य एक पाउन्डको एकहजार अमेरिकी डलर तोकिएको छ ।
स्थानीय भाषामा यस कफीको नाम ‘कोपी लुवाक’ राखिएको छ । यो कफी उत्पादन तरिका पनि अजीवको छ । खासमा बिरालो जस्तै देखिने जनवार ‘प्याराडोक्सुरस’ ले यो कफी उत्पादन गरेको समाचार एजेन्सीमा जनाइएको छ ।
उनीहरुका अनुसार ती जनवारले कफी, चेरी का वियाँ खान्छन् । नपचेका वियाँहरु पाचनप्रणाली मार्फत बाहिरिन्छन् । तिनै वियाँलाई सँगालेर साफ गरेपछि कफी तयार हुन्तछ । ती जनवारको पेटमा रहदाँ वियाँमा रसायनिक उपचारले कफी निकै स्वादिलो र बासनादार राम्रो हुने बताइएको छ ।–एजेन्सी
Monday, June 10, 2013
म आदिवासी जनजातिको अधिकारको स्वतन्त्र अभियन्त हुँ–नगेन्द्र कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
![]() |
नगेन्द्र कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ |
अध्यक्ष हुनुभयो, के कस्तो कार्यक्रमहरु ल्याउनुभएको छ आदिवासी जनजातिको उत्थानका लागि ?
हामीले चितवनबाटै ३० बुदेँ घोषणापत्र जारी गरेका छौ । यसैमा जनजाति उत्थानका लागि आवश्यक कार्यक्रमहरु छन् । सरकारले गर्नुपर्ने काम, हामी आफैले गर्नुपर्ने कामहरु पनि यसै घोषणापत्रमा समेटिएको छ । आदिवासी जनजातिको अधिकारकै लागि लविङ गर्ने कार्यक्रमहरु छन् यसमा ।
यो घोषणापत्रमा त पुरानै कार्यक्रमहरु छन् नि ?
हाम्रो माग नै पुरानै विषयहरु मुद्दाहरुमा सरकारले ध्यान देओस भन्ने हो । यसको कर्यान्वयनका लागि निरन्तर अभियान चलाउने, पुरा नभएसम्म यसै विषयहरुमा महासंघ लागिरहन्छ ।
राजनीतिक दलले उठाएका विषयहरु पनि छन् नि ।
Saturday, June 8, 2013
१६ नेपाली ‘एन पिस अवार्ड’को मनोनयनमा
सबैभन्दा अघि विष्णुमया पाण्डे
काठमाडौं।थाइल्यान्डको एनपिस नेटवर्कले घोषणा गरेको ‘एन पिस अवार्ड’को मनोनयनमा १६ नेपाली मनोनयनमा परेका छन् । महिलामा सात जना र पुरुषमा नौ जना मनोनयमा परेका हुन् ।
अवार्डका लागि मनोनयनमा परेका महिलामा सीता बुढा, संगीता ठाकुर, शशीकुमारी अधिकारी(राउत), सबित्री भण्डारी, धनकुमारी सुनार, कमला विश्वकर्मा र विष्णुमया पाण्डे छन् । त्यसैगरी पुरुषमा सन्तोष बिडारी, सुरेश कुमार ठाकुर, विजय कुमार झा, केशव प्रसाद बास्तोला, घनश्याम मिश्र, सतेन्द्र यादव, चक्रमान विश्वकर्मा, प्रमोद शाह र भरत वस्ती मनोनयमा परेका छन् ।
महिला अधिकारमा काम गरेका महिला र समनताका पक्षमा वकालत गरेको पुरुषका लागि यो विधा शुरु गरिएको एन पिस नेटवर्कले जनाएको छ ।
यस अवार्डका विश्वभरबाट ४४ महिला र २४ पुरुष विभिन्न विधाका लागि मनोनयनमा परेका हुन् । मनोनयनमा परेकालाई n-peace.net/candidate/candidate मा भोट हाल्न सकिने जनाएको छ । भोट असार ६ गतेसम्म दिन सकिनेछ । अक्टोबरमा थाइल्यान्डको राजधानी बैङ्ककमा घोषणा गरिने पुरस्कारको राशी एकहजार अमेरिकी डलर रहेको छ ।
Friday, June 7, 2013
किन्डलमा नेपालीको किताब
काठमाडौं । अशोका फेलो अनिल चित्रकारले लेखेको ‘टेक द लिड नेपाल्स फ्युचर ह्याज बिगन’ किन्डलबाटै पढ्न सकिने भएको छ । कथालय प्रकाशनले दुई साता अघि काठमाडौंमा सार्वजनिक गरेको पुस्तक विश्वको सबैभन्दा ठूलो पुस्तक सञ्जाल अम्याजन डट कममार्फत् किन्डल संस्करणको बिक्री थालिएको हो ।
पाठकले अम्याजन डट कममार्फत किन्डल, कम्प्युटर तथा स्मार्टफोनमा सहजै डाउनलोड गरी पुस्तक प्राप्त गर्न सक्छन् ।
नेपाली पुस्तकको नयाँ बजार खोजीको अभियान र नेपाली डिजिटल पुस्तकको पाइरेसी समस्यालाई ध्यान दिँदै कथालयले प्राविधिक विश्वसनियतामा विश्वमै ख्याती कमाएको किन्डल संस्करणमा टेक द लिडलाई पुर्याएको हो । कथालयको स्थानीय पेमेन्ट गेट वे साझेदार ठमेल डट कम रहेको छ ।
नेपालको सामाजिक– राजनीतिक पक्ष, विकास र अर्थतन्त्रको वास्तविकता बारे लेखिएको पुस्तक विश्व बजारमा पुग्नु सकारात्मक कुरा भएको लेखक अनिल चित्रकार बताउँछन् ।
Tuesday, June 4, 2013
तेस्रो पटक पनि जुम्ल्याहा नै जन्माइन्
![]() |
तीन जुम्ल्याहासहित करेन दम्पत्ती |
एजेन्सी–जातै जुम्ल्याहा भएर हो कि स्कट्ल्यान्डकी एक महिलाले तेस्रो पटक पनि जुम्ल्याहा सन्तान जन्माएकी छन् । पहिलो र दोस्रोमा छोरै छोरा जन्माएकी उनले तेस्रो पटकको पालामा भने छोरीछोरी जन्माएकी छन् ।
४१ वर्षे करेन रोजरले छोरी जन्मेपछि खुसी व्यक्त गरिन् । सामान्यतय जुम्ल्याहा बच्चा पाउने सम्भावना हुन्छ ३ प्रतिशत मात्र हुन्छ । तर करेन परिवारमा भने तीन जुम्ल्याहा जन्मिसकेको छ । पेशाले डान्सर उनले यो खबर पहिलोपटक उनका पतिलाई सुनाउदाँ उनका पतिले ठट्टा गरेको सम्झेका थिए ।
तर अस्पताल पुगेर सब हेरपछि उनका पति पनि दंग परेको समाचारहरुमा जनाइएको छ । उनीहरुको पहिलो जुम्लयाहा १४ वर्ष, दोस्रो १२ वर्षका छन् ।
Monday, June 3, 2013
२३ वर्षीयाले जन्माइन् ५ छोराछोरी
![]() |
बच्चा पाउनु अघि किनोभा |
बीबीसी–चेक रिपब्लिककी २३ वर्षे एक युवतीले ५ छोराछोरी जन्माएकी छिन् । यो सँगै उनी चेक रिपब्लिकै पहिलो पटक धेरै छोराछोरी पाउने आमा बनेकी छिन् ।
आइतबार (जुन १९, २०१३) अलेक्सन्द्र किनोभा नामकी ती युवतीले चार छोरा र एक छोरी जन्म दिएकी हुन् । उनले पाँचै सन्तान सजिलै जन्माएकी डाक्टरले बताएका छन् ।आमा र बच्चाहरुको स्वास्थ्य समेत सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा उनीहरुको नाम पनि राखिसकिएको छ । छोराहरुको नाम डेनियर, माइकल, एलेक्स र मार्टिन अनि छोरीको नाम टेरेज्का । एक छोरा यसअघि नै जन्माइसकेको उनलाई धेरैले जुम्लयाहा पाउने शंका गरेको थिए ।
Subscribe to:
Posts (Atom)
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...