Friday, June 7, 2013

किन्डलमा नेपालीको किताब

काठमाडौं । अशोका फेलो अनिल चित्रकारले लेखेको ‘टेक द लिड नेपाल्स फ्युचर ह्याज बिगन’  किन्डलबाटै पढ्न सकिने भएको छ । कथालय प्रकाशनले दुई साता अघि काठमाडौंमा सार्वजनिक गरेको पुस्तक विश्वको सबैभन्दा ठूलो पुस्तक सञ्जाल अम्याजन डट कममार्फत् किन्डल संस्करणको बिक्री थालिएको हो ।
पाठकले अम्याजन डट कममार्फत किन्डल, कम्प्युटर तथा स्मार्टफोनमा सहजै डाउनलोड गरी पुस्तक प्राप्त गर्न सक्छन् । 

नेपाली पुस्तकको नयाँ बजार खोजीको अभियान र नेपाली डिजिटल पुस्तकको पाइरेसी समस्यालाई ध्यान दिँदै  कथालयले प्राविधिक विश्वसनियतामा विश्वमै ख्याती कमाएको किन्डल संस्करणमा टेक द लिडलाई पुर्याएको हो । कथालयको स्थानीय पेमेन्ट गेट वे साझेदार ठमेल डट कम रहेको छ ।
नेपालको सामाजिक– राजनीतिक पक्ष, विकास र अर्थतन्त्रको वास्तविकता बारे लेखिएको पुस्तक विश्व बजारमा पुग्नु सकारात्मक कुरा भएको लेखक अनिल चित्रकार बताउँछन् । ‘नेपाल बुझ्न चाहने विदेशी र नेपालीकै लागि यो एउटा झ्यालको रुपमा रहेको छ’, चित्रकारले भने– ‘नेपाली पुस्तक किन्डल संस्करणमा आउनु सबै लेखकका लागि खुशीको कुरा हो ।’
कथालयका सिइओ राजीवधर जोशी पुस्तकको किन्डल संस्करण सुरु हुनु नेपाली लेखक र पुस्तक उद्योगकै एउटा नयाँ फड्को भएको बताउँछन् । ‘विश्वको पुस्तक बजार डिजिटल माध्यमतर्फ गइरहेको बेला हामी पनि त्यसतर्फ लागेका छौं’, जोशीले भने– ‘आउँदा दिनमा कथालयसँगै अन्य प्रकाशनका पुस्तकलाई पनि किन्डलमा लैजादैछौं ।’


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...