Saturday, June 8, 2013

१६ नेपाली ‘एन पिस अवार्ड’को मनोनयनमा

सबैभन्दा अघि विष्णुमया पाण्डे  

काठमाडौं।थाइल्यान्डको एनपिस नेटवर्कले घोषणा गरेको ‘एन पिस अवार्ड’को मनोनयनमा १६ नेपाली मनोनयनमा परेका छन् । महिलामा सात जना र पुरुषमा नौ जना मनोनयमा परेका हुन् ।
अवार्डका लागि मनोनयनमा परेका महिलामा सीता बुढा, संगीता ठाकुर, शशीकुमारी अधिकारी(राउत), सबित्री भण्डारी, धनकुमारी सुनार, कमला विश्वकर्मा र विष्णुमया पाण्डे छन् । त्यसैगरी पुरुषमा सन्तोष बिडारी, सुरेश कुमार ठाकुर, विजय कुमार झा, केशव प्रसाद बास्तोला, घनश्याम मिश्र, सतेन्द्र यादव, चक्रमान विश्वकर्मा, प्रमोद शाह र भरत वस्ती मनोनयमा परेका छन् ।
महिला अधिकारमा काम गरेका महिला र समनताका पक्षमा वकालत गरेको पुरुषका लागि यो विधा शुरु गरिएको एन पिस नेटवर्कले जनाएको छ ।
यस अवार्डका विश्वभरबाट ४४ महिला र २४ पुरुष विभिन्न विधाका लागि मनोनयनमा परेका हुन् । मनोनयनमा परेकालाई n-peace.net/candidate/candidate मा भोट हाल्न सकिने जनाएको छ । भोट असार ६ गतेसम्म दिन सकिनेछ । अक्टोबरमा थाइल्यान्डको राजधानी बैङ्ककमा घोषणा गरिने पुरस्कारको राशी एकहजार अमेरिकी डलर रहेको छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...