Sunday, April 28, 2013

राजधानीमा आदिबासी चलचित्र महोत्सव


काठमाडौं, बैशाख । राजधानीको भृकुटीमण्डपमा रहेको सिटी हलमा ‘सातौ नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सव–२०७०’ शुरु भएको छ ।
इन्डिजेनस फिल्म अर्काइभ(आइफा)को आयोजनामा शुरु भएको महोत्सवमा १८ देशका २७ फिल्महरु प्रदर्शन गरिने महोत्सव निर्देशक सञ्जोग लाफामगरले बताए ।
यस महोत्सवले विश्वका आदिबासी फिल्मकर्मी र फिल्मलाई एकै थलोमा संस्कृतिक आदनप्रदान गर्न सहयोग पु¥याउने उनले दाबी गरे ।
महोत्सवमा पत्रकारहरु लालदेउसा राई, मल्ल के सुन्दर, खिलध्वज थापामगर, हर्ष सुब्बा, अमृत योञ्जन र विनिता चौधरीलाई सम्मान गरेका थिए ।
नेपाल पर्यटन बोर्ड र सिटी हलमा चारदिनसम्म देखाइने महोत्सव १५ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Sunday, April 21, 2013

कथाले मागेपछि बुढो!

नेत्र तामाङ, काठमाडौं- तक्मे बुढाको भूमिकामा देखिने विल्सनविक्रम राई २६ वर्षे तन्नेरी हुन्। तर उनलाई बुढो अभिनय खुबै सुहाउँछ। 'मलाई कथा, पटकथाले बुढो बनाइदियो,' राईले भने, 'सुहाउँदो पनि रहेछ।' नेपाल टेलिभिजनमा प्रत्येक शनिबार साँझ आउने 'मेरी बास्सै'मा कथाले मागेको उनको उमेर हो ७० वर्ष।
पूर्वी नेपालका पल्टने संस्कृतिलाई अध्ययन गरी आफु अभिनयमा उत्रेको बताउने विल्सनलाई आजभोलि त्यही बुढो रिटायर्ड आर्मी तक्मेको नाममा धेरैले चिन्छन्। 'कलाकारको खुबी भनौं, धेरै मिहेनतले नै यस्तो अभिनय गर्न सकेँ,' राई भन्छन्।
यही खुबीले उनी एकै हप्तामा पूर्वपश्चिम पुग्छन्। सोमबारै मात्र सिगंपुरबाट फर्केका उनी इलाम जान हतारिए। तर उनको उडान छुटेछ। 'नयाँ फिल्मको काममा अल्भि्कएर फ्लाइटै छुट्यो, मंगलबार बिहान उता नपुगी सुखै छैन,' यसकै लागि दौडादौडमा लागेका विल्सनले भने, 'यसको लागि सोच्दैछु।' बुधबार पुनः काठमाडौं आइपुग्नुपर्ने चटारो छ।

जसरी पनि इलाम पुग्ने उनको धोका पूरा हुनेछ नै। त्यहाँ पनि तन्नेरी विल्सन पुनः तक्मे बुढो बन्ने निश्चित गरे उनले। 'सायद', 'फेसबुक' लगायत फिल्ममा अभिनय गरिसकेका उनी पछिल्लो समय 'रिदम' फिल्ममा व्यस्त हुने बताउँछन्।

धेरै कलाकार पाका उमेरमा अभिनय गर्न आए, गए तर, जुनसुकै उमेरको भूमिकामा अभिनय देखिए पनि केही कलाकारलाई भने बुढो बन्दै फाइदा परेको छ।
'मेरी बास्सै'का एक निर्देशक माग्ने बुढा(केदार घिमिरे) पनि बढी उमेरकै भूमिकामा देखिन्छन्। र, आफूलाई यो फापिरहेको उनले सुनाए। 'सिरियलमा देखिने उमेर ५५ को हो, आफू भर्खर ३६ वर्ष भएँ,' घिमिरेले भने, 'यही रोलमा फापिरहेको छ मलाई।' अभिनयको भागदौडमा आफू बुढा पात्रमा चिनिएको उनले बताए। 'टिभीमा अनुहार देखाउने रहर थियो, रोल छान्ने क्रममा बुढोको पर्‍यो,' घिमिरे भन्छन्, 'सुहाएकै छ, चलेकै छ भनी छाडिन।'




त्यसो त उनी यसभन्दा अघि मानवअधिकार सम्बन्धी बनेको 'ठिंगाने दमाइ' मा ७५ वर्षेको भूमिकामा देखिएका थिए। कथाले मागेपछि नै धेरैजसो युवा बुढो बन्ने उनको अनुभव छ।

शैली थिएटरको नाट्य मञ्चमा देखिरहने मञ्जु गिरी पनि यसै भनाइलाई सही मान्छिन्। 'मलाई धेरैले वृद्धाको रोल सुहाउँछ भन्छन्,' उनले भनिन्, 'त्यसैले म वृद्धाको रोलमा देखिन्छु।' कलाकार भएपछि जुनसुकै भूमिकामा पनि देखिन सक्ने खुबी हुनुपर्ने बुझाइ छ उनको।

उनी 'म जोकर बन्छु' मा ३५ वर्षे आमाको भूमिकामा थिए। तारो, सुनपानी, बहुलाकाजीको सपना लगायतका नाटकमा अभिनय गरेकी छन् उनले। सुहाँउदो पात्र पाएपछि कलाकार पनि पाका उमेरमा देखिन चाहन्छन् र उनीहरुको अभिनय पनि धेरैले मन पराएका छन्। यसैमा खुसी छन् कलाकार। विस्तारमा.....

रंगमञ्चमा डार्बिन

नेत्र तामाङ, काठमाडौं, असार ११- मानव कंकलसहित सानो प्रयोगशाला। ल्यापटप सहितको अत्याधुनिक कोठामा डाक्टर मास्केका सहयोगी बाँदर छन्। बोल्न सक्ने बाँदर नाटकमा देखिएकोले सबै दर्शक अचम्म मान्दै हेर्छन। विहिबार राष्ट्रिय नाचघरमा मञ्चन गरिएको कृष्ण शाह यात्रीको नाटक 'आवरण-अनावरण'को शुरुवात हो यो। 'चटक देखाउँदै गर्दा म लडेर बेहोस भएको थिए,' दर्शकको शंका चिर्दै बाँदर बोल्छन, 'डाक्टर मास्केले मलाई बोल्ने बनाए।' बुद्ध र हिटलर यस प्रयोगशालामा घुम्न आईपुग्ने खबर गरिसक्दा झ्यापुल्ले दाडीवाल मानिस आइपुग्छन मञ्चमा।

भुवन केसीका प्रेमसम्बन्ध

चलचित्रका नायकहरू विभिन्न कारणले चर्चामा आउँछन्, केही अभिनयका कारण चर्चामा आउँछन् भने केही बानी, व्यवहार र चरित्रका कारण । यति मात्र होइन उनीहरूले चलचित्रमा दिएका 'बोल्ड', सिन र एक्सनले पनि बजारमा उत्तिकै चर्चा पाउँछ । 
'पब्लिक फिगर' भएपछि नायकहरूको सामान्य कुरामा पनि सर्वसाधारणले चासो राख्नु स्वभाविक हो । चलचित्र क्षेत्र रंगीन दुनियाँ पनि हो । गलामा रस छउन्जेल र कलामा पहुँच रहुन्जेल सबैको आकर्षणको केन्द्रमा हुन्छन् कलाकारहरू । त्यसपछि विस्तारै विस्थापित हँुदै जान्छन् । 
तर, नायक भुवन केसी भने यी कुरामा अपवाद छन् । 'जुनी'मार्फत ४० को दशकको सुरुबाट चलचित्रको रंगीन दुनियाँमा प्रवेश गरेका भुवनले त्यसयता उद्योगमा राम्रै चर्चा कमाए । तर, त्योभन्दा बढी चर्चा उनको 'लभ अफेयर'ले पाउने गरेको छ । उनको सानै अफेयर किन नहोस्, सनसनी 
मच्चिन्छ मिडियामा ।
पछिल्लो समय यिनै नायक आफूभन्दा ३० वर्ष कान्छी नायिकासँगको सम्बन्धले चर्चामा छन् । हुन त दर्जनौँ अफेयरमा तानिएका उनको यसअघिका सम्बन्धबारे पनि रोचक प्रसंग छँदै छन् । तर,
पछिल्लो समय 'एटिएम गर्ल'का नामले चिनिएकी जिया केसीसँगको सम्बन्धले उनलाई फेरि बोल्नैपर्ने बनाइदियो । सञ्चारमाध्यमले एकाएक उनीहरूको सम्बन्धबारे खुलासा गरे पनि उनले यसलाई सामान्य घटनाका रूपमा मात्र लिएका छन् ।
रजतपटमा उनलाई एक मात्र 'न्युज मेकर' नायकका रूपमा हेरिने गरिन्छ । सदाबहार नायक मानिने भुवन बुढ्यौली लाग्दासमेत लभ अफेयरकै कारण चर्चामा छन् । उनी आफैँले जानेर चर्चामा छाएका हुन् या भाग्यले उनलाई चर्चित बनाइरहेको हो, यो भने छुट्याउन मुस्किल छ । तर, चलचित्रमा अभिनय र कलाका कारण जति चर्चा कमाए त्योभन्दा बढी चर्चा 'लभ अफेयर' र 'लभ स्क्यान्डल'ले उनलाई दिलाएको छ ।
सम्झना, कुसुमे रुमाल, साइनो, चिनो, सुपरस्टार, बादलपारि, करोडपतिजस्ता फिल्मबाट सफलता पाएका उनी नेपाली दर्शकमाझ चकलेटी नायकका रूपमा पनि चिनिन्छन् । त्यसैले उनलाई मनपराउनेको भीड पनि बाक्लै छ । 
आफ्नो पछिल्लो सम्बन्धबारे सोधिएको प्रश्नमा नायक केसीले नयाँ पत्रिकासँग भने, 'जिया र म नजिकको साथी मात्र हो, यसबाहेक बढी सम्बन्ध केही छैन ।' सञ्चारमाध्यममा आएका समाचारलाई उनले 'हावादारी' गफ भएको आरोपसमेत लगाए । कुनै सम्बन्धविना किन यस्तो हावादारी गफ सार्वजनिक भयो 
त ? 'पछिल्लोपटक बन्ने फिल्ममा उनलाई पनि काम दिने विचार गरिरहेका छौँ, यसैक्रममा भेटघाट हँुदा यी आरोप आएका हुन्, सबै हावा कुरा हुन्,' केसीले भने । जियासँगै भविष्यमा सँगै काम गर्ने इच्छा भने भएको उनले स्विकारे ।
त्यसो त भुवन आफूलाई जियाको शुभचिन्तक मान्छन् । सम्भवतः यही कारण पछिल्लोपटक बन्ने भनिएको फिल्ममा उनले आफ्नो छोरा अनमोललाई नायक र जियालाई नायिकाको भूमिका दिने बताएका छन् । बजारमा भुवन र जियाको भेट बक्लिएको चर्चा छ । उनीहरूको भेट दिनानुदिन सम्बन्ध विस्तारतिर छ । तर, भुवनले यसलाई हल्लै मात्र भएको बताए । 
चलचित्रकर्मीहरूका अनुसार सार्वजनिक समारोहमा समेत उनीहरू सँगै देखिन्छन् । दरबारमार्गको दोहोरीदेखि अन्य रेस्टुरेन्टसम्म दुवै सँगै देखिन्थे । सार्वजनिक उद्घाटन समारोहमा पनि एकै रंगको पहिरन लगाएर जान्थे । रातिराति अबेरसम्म पनि उनीहरूको साथ नछुटेको देखिएकाले उनीहरूको सम्बन्ध सुमधुर भएको चलचित्रकर्मीको दाबी छ । तर, भुवनको भनाइ भने यी खबरहरूभन्दा ठीक उल्टो छ ।
चलचित्रमा सदाबहार तथा सुपरस्टारको विशेषणले चिनिने उनले पहिलो श्रीमतीका रूपमा विजया केसीलाई भित्र्याए । पारिवारिक सम्बन्ध त्यति राम्रो नभएपछि जेठी छोरी काजोललाई लिएर विजया अमेरिका गइन् । काजोलको गतवर्ष बिहे भइसकेको छ ।
विजयासँग सम्बन्ध टुटेपछि उनले रजतपटकै नायिका रजनी

दुईथरी करारले श्रमिकलाई मार

नेत्र तामाङ, काठमाडौं, साउन ३१ – वैदेशिक रोजगारीमा मलेसिया जाँदा मकवानपुरका भीम खड्कालाई म्यानपावर कम्पनीले दुईवटा करार पत्र थमायो। भनियो, ‘एउटा विमानस्थलमा देखाएपछि च्यातिदिनू अर्को सँगै लैजानू।’
‘मलाई मेनपावरको मान्छेले दुइटा कागज दिएको थियो। एउटा प्लेन चढ्ने बेला देखाएँ र फालिदिएँ, अर्को खल्तीमा राखें,’ राजधानीकै एक
नेत्र तामाङ, ललितपुर, साउन ३२- आफ्ना छिमेकी भक्तपुरको मनोहरा पुगे पनि मीना खड्का ७ परिवारसँग एकै पालमुनि काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा छिन्। मनोहराको बसाइ पनि अस्थायी हुने भएकाले जाने मन नभएको उनले सुनाइन्।

'हामीलाई अस्थायी बस्नका लागि लाने रे, फेरि सबै परिवार त्यहाँ अटाउँदैनन्, को-को पर्ने हुन्, थाहा छैन,' उनले नागरिकसँग भनिन्। थापाथली सुकुम्बसी संघर्ष समितिका संयोजक

कलाकारको दशैँ

नेत्र तामाङ, काठमाडौं, कात्तिक ५ - दशैं मनाउन सर्वसाधारण गाउँतिर हुइँकिदै गर्दा नाम चलेका कलाकार भने नेपालीलाई मनोरञ्जन दिलाउन विदेश गएका छन्। सुपरस्टार राजेश हमाल यही चाड पारेर अमेरिका पुगेका छन्। राजेश अमेरिकामै रहेकी अभिनेत्री सारंगासँग विभिन्न कार्यक्रममा नाच्दैछन्।
गायिका इन्दिरा जोशी अस्ट्रेलियामा एक हप्ता बिताई बिहीबार काठमाडौं फर्किएकी छन्। उनीसँगै गायक अनिल सिंह पनि अस्ट्रेलियाको हावा खाएर आएका छन्। सोमबार जोशी र सिंहले सिड्नीको सार्क होटलमा गीत गाएका थिए। अस्ट्रेलियामा अहिले शिव परियार छन्। त्यहाँ चार सहरमा पुगेर नेपालीलाई गीत सुनाउने उनको कार्यक्रम छ।
कलाकार विल्सनविक्रम राई 'तक्मे बुढो'लाई पनि

Tuesday, April 16, 2013

विसं २०६९ सालको प्रमुख राजनीतिक घटनाहरु


बैशाख २ गते – मन्त्रिपरिषद्को बैठकद्वारा लडाकु समायोजन कार्यविधि २०६९ पारित ।
बैशाख ६ गते – मधेसी नेता तथा सभासद्हरुको सर्वपक्षीय भेलाद्वारा स्वायत्त मधेस नबने आन्दोलन गर्ने निर्णय । उत्तर–दक्षिण सीमांकन प्रदेश अस्वीकार ।
बैशाख १४ गते – माओवादीले प्रस्तुत गरेको १० प्रदेशको प्रस्तावप्रति कांग्रेस, एमाले र मोर्चाको असहमति
बैशाख १५ गते – तीन दल र मधेसी मोर्चाको बैठकमा कांग्रेसद्वारा ७ प्रदेशको प्रस्ताव ।
बैशाख १७ गते – भ्रष्टाचार मुद्दामा जेल परेका कांग्रेस नेता तथा पूर्वमन्त्री चिरिञ्जिवी वाग्ले जेलमुक्त ।
बैशाख २३ गते – प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा १३ सदस्यीय सहमतिको सरकार गठन, एमाले र माओवादीको वैद्य पक्ष भने सरकारमा सहभागी नहुने ।
बैशाख २३ गते – माछापुच्छ«े क्षेत्रमा हिउँसहितको पाहिरोले सेती नदीमा बाढी आउँदा २७ को मृत्यु, ४२ बेपत्ता र करोडौंको क्षति ।

गायक मिङमा शेर्पा ठमेलमा रहेको जिब्रो रेस्टुरेन्टमा

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...