Sunday, April 21, 2013

कलाकारको दशैँ

नेत्र तामाङ, काठमाडौं, कात्तिक ५ - दशैं मनाउन सर्वसाधारण गाउँतिर हुइँकिदै गर्दा नाम चलेका कलाकार भने नेपालीलाई मनोरञ्जन दिलाउन विदेश गएका छन्। सुपरस्टार राजेश हमाल यही चाड पारेर अमेरिका पुगेका छन्। राजेश अमेरिकामै रहेकी अभिनेत्री सारंगासँग विभिन्न कार्यक्रममा नाच्दैछन्।
गायिका इन्दिरा जोशी अस्ट्रेलियामा एक हप्ता बिताई बिहीबार काठमाडौं फर्किएकी छन्। उनीसँगै गायक अनिल सिंह पनि अस्ट्रेलियाको हावा खाएर आएका छन्। सोमबार जोशी र सिंहले सिड्नीको सार्क होटलमा गीत गाएका थिए। अस्ट्रेलियामा अहिले शिव परियार छन्। त्यहाँ चार सहरमा पुगेर नेपालीलाई गीत सुनाउने उनको कार्यक्रम छ।
कलाकार विल्सनविक्रम राई 'तक्मे बुढो'लाई पनि
दशैं कार्यक्रममा विदेश दौडाहाको चटारो छ। राईले शुक्रबार परदेश जानअघि दशैको कार्यक्रम यसरी सुनाए, 'इजरायल जाँदैछु। त्यहाँ दुईदिने कार्यक्रम सकेर हङकङ जानुछ। तीन दिनपछि कतारको लागि उड्ने योजना छ। कतारमा चारदिन बिताएर नेपाल फर्कन्छु।'
विदेसिएका नेपालीहरु चाडबाड मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएकोले कलाकारलाई यो समय चटारो परेको हो। अघिल्ला दशैं परिवारसँगै मनाएकोले यसपटक छुटे पनि उनलाई चिन्ता छैन। 'नेपालीलाई हसाँउदै, नचाउँदै मनाउने हो, त्यसैले विदेशमा पनि रमाइलो नै हुनेछ,' राईले भने।
लोकदोहोरी गीतको नाचमा जमेकी सम्झना बुढाथोकीले घटस्थापनाको सेरोफेरोमा कतारलाई नचाइन्। 'म प्रायः दशैंको बेला विदेशका कार्यक्रममै जाने गर्छु,' बुढाथोकीले भनिन्। एकहप्ते कार्यक्रम सकेर उनी नेपाल फर्किसकेकी छन्। बुढाथोकीलाई गायक तथा अभिनेता बाबु बोगटी, विष्णु सापकोटा 'हर्के हवल्दार' लगायतले साथ दिएका थिए।
कलाकार किरण केसी 'राता मकै' र शिवहरि पौडेल दशैंअघि नै युरोप यात्रामा निस्केका छन्। त्यहाँका १२ देशमा 'युरोपमा हाँस्ने र नाच्ने' कार्यक्रममा व्यस्त छन् उनीहरु। यो हास्य जोडीलाई रामचन्द्र काफ्ले र जुनु रिजालले साथ दिएका छन्।
सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' बेलायत पुग्दैछन्। 'दशैंको नयाँ स्वाद चाखिने भयो यसपाला,' कट्टेलले भने, 'यो पहिलो विदेश बसाइमा दशैं पनि उतै मनाइने भइयो। जोडी नै उतै भएपछि रमाइलो नै होला नि दशैं,' सीतारामले भने।
अभिनेत्री रेजिना उप्रेती र गायिका निशा सुनार दशैंको छेको पारेर लन्डन पुगेका छन्। निशाले दोहोरी गाउने छिन् भने रेजिनाले आफूद्वारा निर्मित फिल्म 'वरदान'को प्रवर्द्धन र नृत्य दुवै गर्नेछिन्।
रक गायक रवीन तामाङको पनि बेलायतमा सांगीतिक भ्रमण सुरु भएको छ। रवीन एन्ड रिभोल्युसन ब्यान्डले बेलायतका विभिन्न ठाउँमा रकगीत प्रस्तुत गर्नेछ। गायक हेमन्त रानाको दशैं चाहिँ हङकङमा बित्ने देखिएको छ। स्रोत‍ ‍।
http://nagariknews.com/ent/movies/48011-2012-10-20-17-31-34.html

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...