Tuesday, April 16, 2013

विसं २०६९ सालको प्रमुख राजनीतिक घटनाहरु


बैशाख २ गते – मन्त्रिपरिषद्को बैठकद्वारा लडाकु समायोजन कार्यविधि २०६९ पारित ।
बैशाख ६ गते – मधेसी नेता तथा सभासद्हरुको सर्वपक्षीय भेलाद्वारा स्वायत्त मधेस नबने आन्दोलन गर्ने निर्णय । उत्तर–दक्षिण सीमांकन प्रदेश अस्वीकार ।
बैशाख १४ गते – माओवादीले प्रस्तुत गरेको १० प्रदेशको प्रस्तावप्रति कांग्रेस, एमाले र मोर्चाको असहमति
बैशाख १५ गते – तीन दल र मधेसी मोर्चाको बैठकमा कांग्रेसद्वारा ७ प्रदेशको प्रस्ताव ।
बैशाख १७ गते – भ्रष्टाचार मुद्दामा जेल परेका कांग्रेस नेता तथा पूर्वमन्त्री चिरिञ्जिवी वाग्ले जेलमुक्त ।
बैशाख २३ गते – प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा १३ सदस्यीय सहमतिको सरकार गठन, एमाले र माओवादीको वैद्य पक्ष भने सरकारमा सहभागी नहुने ।
बैशाख २३ गते – माछापुच्छ«े क्षेत्रमा हिउँसहितको पाहिरोले सेती नदीमा बाढी आउँदा २७ को मृत्यु, ४२ बेपत्ता र करोडौंको क्षति ।

जेठ १ गते – मिश्रित शासन प्रणालीमा तीन दल र मधेशी मोर्चाबीच सहमति ।
जेठ ३ गते – नेकपा एमालेलगायत साना दल सरकारमा गएपछि चार वर्षमा राष्ट्रिय सहमतिको सरकार बन्न सफल ।
जेठ ९ गते – सरकारद्वारा संविधानसभाको म्याद तीन महिना थप गर्न तेह्रौ संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता, कांग्रेस र एमालेको विरोध ।
जेठ १० गते – संविधानसभाको म्याद थप गर्न दर्ता गराइएको तेह्रौ संशोधन विधेयकविरुद्ध सर्वोच्चमा तीन रिट दायर । संविधानसभाको म्याद थप गर्ने प्रस्ताव दर्ताको विरोध गर्दै सभासद् राधेश्याम अधिकारीद्वारा राजीनामा ।
जेठ ११ गते – संविधानसभाको म्याद थप गर्ने प्रस्तावविरुद्ध परेका निवेदनमा सर्वोच्चद्वारा म्याद नथप्न अन्तरिम आदेश जारी, सर्वोच्चको निर्णयको कांग्रेस र एमालेद्वारा स्वागत, माओवादीको विरोध ।
जेठ १४ गते – नयाँ संविधान जारी गर्न नसकी संविधानसभा चार वर्ष उपलब्धीविहीन भएर समाप्त, आगामी मंसिर ७ गते निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा । कांग्रेस, एमालेलगायतका दलहरुद्वारा विरोध । एमाले सरकारबाट फिर्ता । प्रधानमन्त्रीको राजीनामा माग ।
जेठ १६ गते – नेपालमा संविधानसभाा विघटन भएकोमा संयुक्त राष्ट्रसंघ, भारत र चीनद्वारा चिन्ता व्यक्त ।
जेठ १८ गते – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या ।
जेठ २५ गते – जापानी महिलाको हत्या अभियोगमा १५ वर्षअघि जापानको जेल परेका गोविन्द चौलागाई निर्देश ठहर, जेलमुक्त ।
असार २ गते – कांग्रेस एमालेलगायतका २७ दलद्वारा सरकारविरुद्ध आन्दोलनका नयाँ कार्यक्रम घोषणा ।
असार १७ गते – सहमतिबिना बजेट ल्याउन रोक लगाउन सर्वोच्चमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेपछि एकतिहाइ बजेट ल्याउन बाटो खुला ।
असार २१ गते – अध्यादेशबाट बजेट नल्याउन कांग्रेस, एमालेलगायत २७ दलद्वारा राष्ट्रपतिलाई लिखित आग्रह ।
असार २१ र २२ गते – राजधानीमा सम्पन्न आदिवासी जनजातिको राष्ट्रिय सम्मेलनद्वारा जनजाति पार्टी बनाउने निर्णय ।
असार २५ गते – विद्यार्थी नेतृ बिना मगरसँग भागेपछि प्रचण्डपुत्र प्रकाश दाहाललाई एमाओवादीद्वारा निलम्बन ।
असार ३० गते – सरकारद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर ५ प्रतिशतको लक्ष्यभन्दा कम अर्थात ४.५६ प्रतिशत कायम ।
साउन ३ गते – पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा उपलब्ध गराउने अध्यादेश जारी । समाजका विभिन्न क्षेत्रबाट विरोध ।
साउन ६ गते – एसियाली फुटबल महासंघ पूर्वअध्यक्ष मोहम्मद बिन हमामद्वारा अखिल नेपाल फुटबल संघ अध्यक्ष गणेश थापाका छोरा गौरवको खातामा एक लाख डलर जम्मा गरिदिएको खुलासा ।
साउन १५ गते – आवश्यक कानुन संशोधन र राजनीतिक सहमति नभएकाले मंसिर ७ गते संविधानसभाको निर्वाचन गराउन नसक्ने भनी निर्वाचन आयोगको औपचारिक जानकारी ।
साउन २२ गते – चालबिना नै रेलइन्जिन जयनगरबाट २९ किमी यात्रा गर्दै जनकपुर आइपुग्यो ।
साउन ३० गते – सर्वोच्च अदालतद्वारा नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र एक करोड ८९ लाख रुपियाँ दण्ड जरिबाना गर्ने फैसला ।
साउन ३१ गते – संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य उपमहासचिवमा नियुक्त ।
भदौ ६ गते – भ्रष्टाचार आरोप प्रमाणित भएपछि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का जेल चलान ।
भदौ १८ गते – मन्त्रिपरिषद् बैठकद्वारा गरिबी परिचयपत्र दिने निर्देशिका पारित ।
भदौ २० गते – नेकपा–माओवादीद्वारा ७० बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभएर सशस्त्र संघर्ष गर्ने घोषणा ।
भदौ २१ गते – अमेरिकाद्वारा नौं वर्षपछि नेकपा माओवादीलाई आतंककारी सूचीबाट हटाइएको घोषणा ।
भदौ २४ गते – सन् २००४ मा फिर्ता अमेरिकी स्वयंसेवक पिसकोर टोली पुनः नेपाल आगमन ।
भदौ २५ गते – मलेसियामा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन ४ को उपाधि नेपाललाई ।
भदौं २७ गते – गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको ७७ वर्षको उमेरमा निधन ।
असोज १ गते – सरकारद्वारा गरिबी परिचयपत्र वितरण सुरु
असोज ११ गते – नेकपा–माओवादीद्वारा भारतीय गाडी र हिन्दी चलचित्रमाथि रोक लगाउने घोषणा, सो आन्दोलनको सर्वत्र विरोध ।
असोज १३ गते – कांग्रेस सभापति सुशील कोइरालामाथि कपनको कार्यक्रममा कांग्रेस कार्यकर्ता प्रवेश बस्नेतद्वारा आक्रमण ।
असोज २० गते – टर्कीमा सम्पन्न १२ औं लिटिल मिस वल्र्ड २०१२ को उपाधि नयाँबजारकी १२ वर्षीया सुप्रिया मास्केलाई ।
असोज २३ गते – संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चयुक्तद्वारा नेपालको शान्तिप्रक्रिया खतरामा परेको प्रतिवेदन सार्वजनिक सरकारद्वारा खण्डन ।
असोज २४ गते – जिउँदा सहीद भनेर चिनिने वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माको ९७ वर्षको उमेरमा निधन ।
असोज २६ गते – एसिसी ट्रफी इलाइट कप २०१२ को संयुक्त रुपमा नेपाल र संयुक्त अरब इमिरेट्स विजेता ।
कात्तिक ४ गते – म्यानपावर दर्तामा घुस लिएको खुलासा भएपछि प्रधानमन्त्रीको निर्देशनपछि श्रममन्त्री कुमार बेल्वासेद्वारा राजीनामा ।
कात्तिक १७ गते – काठमाडौं सिनामंगलस्थित नोबेल अस्पतालमा नेपालमा पहिलोपटक बोनम्यारो प्रत्यारोपण सफल ।
मंसिर १ गते – एमाओवादीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि बाग्लुङका पदम कुँवरद्वारा हातपात ।
मंसिर ७ गते – एमाले, कांग्रेस, एमाओवादी परित्याग गरेका असन्तुष्ट नेता तथा कार्यकर्ताद्वारा अशोक राईको अध्यक्षतामा संघीइ समाजवादी नामको नयाँ पार्टी घोषणा ।
मंसिर ८ गते – राष्ट्रपति डा. रामवरण यादवद्वारा राष्ट्रिय सहमतिको सरकारको लागि प्रधानमन्त्रीको नाम मंसिर १४ गते अपरान्ह् ४ बजेभित्र प्रस्ताव गर्न लिखित आह्वान ।
मंसिर ११ गते नेपालको जनगणना २०६८ को अन्तिम नजिता सार्वजनिक, कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४, जनसंख्या वृद्धिदर १.३५ प्रतिशत ।
मंसिर १६ गते – नेपाली कांग्रेस नेता भीमबहादुर तामाङको ७छ वर्षको उमेरमा काठमाडौंमा निधन ।
मंसिर १८ गते – नेपालकी समाजसेवी महिला पुष्पा बस्नेत सिएनएन हिरो– २०१२ को उपाधि जित्न सफल ।
पुस ४ गते – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्याकेजमा सहमति नभएसम्म सरकार नछाड्ने भन्दै एमाओवादी पदाधिकारी बैठक बहिष्कार ।
पुस ६ गते – वातावरण प्रदूषण न्यूनीकरणका लागि प्रधानसेनापतिसहित सैनिक उच्च अधिकारीहरु प्रत्येक शुक्रबार साइकल चढ्ने अभियान सुरु ।
पुस ९ गते – राष्ट्रपति डा. रामवरण यादव तेस्रो पटक ६ दिवसीय भारत भ्रमणका सिलसिलामा बनारण प्रस्थान ।
पुस १५ गते – डा. चैतन्य सुब्बालगायतका जनजाति अगुवाद्वारा सामाजिक लोकतान्त्रिक पार्टी घोषणा ।
पुस १९ गते – युद्ध अपराध आरोमा नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ ।
माघ ३ गते – सर्वोच्चको आदेशपछि दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तको बयान पुनः सुरु ।
माघ ४ गते – युरोपेली संघद्वारा अन्तर्राष्ट्रिय मापदण्डअनुसार संक्रमणकालीन न्याय व्यवस्थापन नगरे सहयोग रोक्ने चेतावनी ।
माघ २० गते – २१ वर्षपछि एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन हेटौडामा सुरु ।
माघ २६ गते – प्रचण्डलाई पुनः अध्यक्षमा चयन गर्दै एमाओवादीको सातौं अधिवेशन सम्पन्न ।
फागुन ३ गते – बौद्धमा आत्मदाह गर्नेक्रममा घाइते एकजना तिब्बती शरणार्थीको उपचारका क्रममा मृत्यु ।
फागुन ४ गते – राष्ट्रपतिद्वारा संगठित अपराध निवारण अध्यादेश २०६९ लाई प्रमाणीकरण गरेपछि नेपाल कालोसूचीमा पर्ने खतराबाट जोगियो ।
फागुन ५ गते – प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा निर्वाचनी सरकार बनाउन प्रमुख चार दल सैद्धान्तिक रुपमा सहमत भई प्याकेजमा सहमतिका लागि कार्यदल गठन ।
फागुन ३० गते – प्रधानन्यायाधीश खिलराज रेग्मीलाई निर्वाचनी मन्त्रिपरिषद् अध्यक्ष बनाई संविधानसभा निर्वाचन गर्न प्रमुख चार दलबीच ११ बुँदे सहमति ।
चैत १ गते – राष्ट्रपति डा. रामवरण यादवद्वारा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई निर्वाचनी मन्त्रिपरिषद्को अध्यक्ष पदमा नियुक्त गरी सपथ, रेग्मीको अध्यक्षतामा ३ सदस्यीय मन्त्रिपरिषद् गठन । भारत, चीन, अमेरिकाद्वारा स्वागत ।
चैत २ गते – रेग्मी नेतृत्वको निर्वाचनी सरकार गठन भएकोमा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायद्वारा स्वागत ।
चैत ५ गते – भ्रष्टाचारी ठहर भई जेल परेका पूर्व सञ्चारमन्त्री जेपी गुप्ता १३ महिनापछि जेलमुक्त ।
चैत १४–१९ गते – अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरद्वारा नेपाल भ्रमण ।
चैत १९ गते – सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।
चैत २६–२९ गते – नेपाली कांग्रेसको महासमिति बैठक नवलपरासीको त्रिवेणीमा ।
चैत २७ गते – अर्थमन्त्री शंकरप्रसाद कोइरालाद्वारा चार खर्ब चार अर्ब ८२ करोड रुपियाँको पूर्ण बजेट प्रस्तुत ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...