Sunday, April 21, 2013

रंगमञ्चमा डार्बिन

नेत्र तामाङ, काठमाडौं, असार ११- मानव कंकलसहित सानो प्रयोगशाला। ल्यापटप सहितको अत्याधुनिक कोठामा डाक्टर मास्केका सहयोगी बाँदर छन्। बोल्न सक्ने बाँदर नाटकमा देखिएकोले सबै दर्शक अचम्म मान्दै हेर्छन। विहिबार राष्ट्रिय नाचघरमा मञ्चन गरिएको कृष्ण शाह यात्रीको नाटक 'आवरण-अनावरण'को शुरुवात हो यो। 'चटक देखाउँदै गर्दा म लडेर बेहोस भएको थिए,' दर्शकको शंका चिर्दै बाँदर बोल्छन, 'डाक्टर मास्केले मलाई बोल्ने बनाए।' बुद्ध र हिटलर यस प्रयोगशालामा घुम्न आईपुग्ने खबर गरिसक्दा झ्यापुल्ले दाडीवाल मानिस आइपुग्छन मञ्चमा।


'डार्विन तिमी यहाँबाट गइहाल्,' चिनजान पछि बाँदर झोक्किन्छन, 'तिमीले स्वार्थी र कपटी मानिस जातिसँग हाम्रो बंशको नाम जोडेर घोर अपमान गरेका छौं।' प्रयोगशालाबाट डार्विन बाहिरिन्छन। विज्ञानको विकासले विभिन्न सपनालाई पनि साकार पार्न चाहने मानिस प्रशस्त भएको सन्देश नाटकले दिएको छ। नाटककी पात्र 'मिस् युनिभर्स' मान्यता पुरुष बन्न चाहन्छिन। उनको यो चाहना डाक्टरले पुरा गर्न सक्दैनन। यता बाँदर प्रयोगशालामा बन्दी जीवन नविताउने घोषणा गर्छन। आफ्नो परिश्रम खेर जाने देखेपछि डाक्टर रिसाउँछन।

नाटकको अन्तिममा बाँदरले मानिसको प्राण लिन्छ र उ आफु पनि बोल्न सक्दैन। बोल्न नसक्ने दर्शकलाई समेत लक्षित गरी मञ्चन गरिएको नाटकमा संकेतिक भाषा पनि प्रयोग गरेका थिए। यो वर्ष संकेतिक नाटक वर्ष भएको जानकारी गराउदै निर्देशक एवं लेखक यात्रीले प्रत्येक महिनाको अन्तिम साता यस्तै नाटक मञ्चन गर्ने बताए। नाटक ज्योतिपुञ्ज थिएटर र संस्कृतिक संस्थानको संयुक्त प्रयासमा मञ्चन गरिएको थियो।
http://archives.nagariknews.com/2010/ent/drama/14952-2010-06-25-03-31-42.html

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...