ँहामीले कुटुम्ब सुकर्म जस्तै बन्ने सपना देखेका छांै’ नयनका सदस्यहरु भन्छन्- ट्रेडिसनल र टिपिकल नेपाली म्युजिकमा लाग्छौं हामी
पुजन त्रिपाठीलाई सानैमा सारंगीले छोयो । त्यसैले उनी सारंगीको फ्यान बने । दुई वर्षको उमेरदेखि उनी सारंगीको साथी बनेका थिए । १३ वर्षे पुजनको त्यतिखेरै दैनिकीमा अभिन्न थियो सारंगी । गएको शनिबार उनी कीर्तिपुरको पुष्पसदन स्कुलमा उही सारंगीसँगै भेटिए । पुजन पुष्पसदनमा पाँच जना साथीको समूहमा थिए । उनीहरुको टिसर्टमा लेखिएको थियो- नयन म्युजिक ब्यान्ड ।
कोही बाँसुरी खोज्दै थिए । कोही ठुल्ठुला मादल उचाल्दै । पुजन सारंगी च्याप्दै थिए । सधैंको शनिबारझंै सुरु भयो प्राक्टिस । मादल बज्न थल्यो सारंगी रेटिए बाँसुरीको सुर गुन्जियो । झुलीको झुइँझुइँ थर्कियो- छुङ छुङ छुङ । एकैछिनमा उनीहरुको बाजामा एउटै लयको धुन आयो- भन्ज्याङ चौतारी भन्ज्याङ चौतारी उडेर जाउँ कि गुडेर जाउँ कि… ।
ँसाउनमा हामीले ब्यान्ड सुरु गरेका’ पुजनले साथीहरु देखाउँदै भने । सौरभ चालिसे १३ पि्रजोल नेपाली १४ स्वर्णिम महर्जन १४ सतीश खड्की १३ पुजन ब्यान्डका सदस्य हुन् । सौरभ पि्रजोल सतीश कीर्तिपुरको पुष्पसदन स्कुलको कक्षा ८ र पुजन कक्षा ७ मा पढ्दैछन् । स्वर्णिम कीर्तिपुरकै राराहिल मेमोरियल स्कुलको कक्षा ९ मा । ब्यान्ड सुरु गरेको एक वर्ष पुग्नै लागेकोमा खुसी छन् उनीहरु ।
ब्यान्डमा उनीहरुको जिम्मेवारी बाँडिएको छ । सौरभ खि बजाउँछन् । ँखि नेवारी बाजा हो’ स्टुन्डमा राखिएको मादलजस्तै बाजा देखाउँदै उनले भने ँसानैदेखि मलाई यो बजाउन मन लागिरहन्थ्यो अहिले त्यो सपना पूरा भएको छ ।&
लयबद्ध तरिकाले घरमै बजाउन सिकेको उनले बताए । ँघरमै बाजा भएकाले त्यति गाह्रो भएन स्कुलमा पनि कक्षा लिएँ’ उनले भने । संगीतका साथै फोटोग्राफीमा सोख छ उनको ।
पि्रजोल धिमे र मादल बजाउँछन् । तालवादनमा पोख्त उनको सपना- नामी संगीतकार बन्ने । ँबुबा सुकर्म ब्यान्डका श्याम नेपाली कै प्रेरणाले यहाँसम्म आइपुगेको छुु उनले भने । पुजन सारंगी नै बजाउँछन् । उनको सपना फेरिएको छैन । गीतसंगीत सँगसँगै आफ्नो पुरानै लक्ष्य वैज्ञानिक बन्ने उनको योजना छ ।
स्वर्णिम बाँसुरी बजाउँछन् । ँमैले पनि घरमै बसेर बजाउन जानेँ’ उनले भने ँस्कुलमा सिक्नाले झन् सजिलो भयो ।’
सतीश इफेक्ट्स बजाउँछन् । उनका अगाडि थुप्रै बाजा थुप्रेका छन्- एग सेकर घुघारु झुली टिन्चु । उनले भने ँयी सबै पालैपालो बजाउने जिम्मा मेरो ।’
२०६८ साउन १६ कृष्णअष्टमीका दिन उनीहरुले ब्यान्डको औपचारिक स्थापना गरेका रहेछन् । एक्लै हुँदा टाढाका कार्यक्रममा नपुगेका पुजन ब्यान्डमार्फत आफ्नो कला धेरै ठाउँमा पुर् याउन पाएकोमा खुसी छन् । बसन्तपुर कीर्तिपुर भक्तपुरमा उनीहरुले प्रत्यक्ष प्रस्तुति दिइसके । विभिन्न होटल क्याफेमा पनि ब्यान्डको माग आएकोमा उनीहरु खुसी छन् ।
ँनयाँ वर्षमा हामी नयाँ बानेश्वरको एभरेस्ट होटलमा पफमेन्स गर् यौं’ पुजनले भने ँत्यहाँ स्विस गायकहरु पनि थिए हाम्रो प्रस्तुति उनले पनि मन पराए ।’
नजिकका नातेदार साथीभाइ सरमिसको हौसला नै उनीहरुको प्रेरणास्रोत भएको छ । सिर्जनाको शक्ति भएको छ । यही हौसलाले उनीहरु फ्युजन टिपिकल नेपाली नेवारी धुन बजाउन पोख्त भइसकेका छन् । निर्धक्क जुनसुकै कार्यक्रममा उनीहरु मंगल धुन वसन्त धुन बजाइदिन्छन् ।
ँहामीले कुटुम्बा सुकर्म जस्तै बन्ने सपना देखेका छौं’ उनीहरुको एउटै आवाज छ ँट्रेडिसनल र टिपिकल नेपाली म्युजिकमा लाग्ने हाम्रो उद्देश्य ।’
खेल्ने टिभी हेर्ने घुम्ने कम्प्युटरमा गेम खेल्ने जस्ता धेरै इच्छालाई उनीहरुले कम प्राथमिकतामा राखेका छन् । फुस्रद मिल्नासाथ सबै यसरी नै जुट्छन् । आआफ्नो अभ्यासमा । शनिबार स्कुलमा पनि संगीतकै कक्षा हुन्छ ।
उनीहरुले ब्यान्डका सुखदुःख पनि सुनाए । अहिलेसम्म कुनै सामान किन्न सकेका छैनन् । एकातिर पढाइ अर्कातिर ब्यान्डको निरन्तरताका लागि जुटेका यी किशोरले एकदुई कार्यक्रममा राम्रै रकम पनि पाएका रहेछन् । तर ब्यान्डलाई चाहिने बाजा लिन त्यो रकम पर्याप्त छैन । ँस्कुल साथीभाइसँग माग्दै काम चलाउँछौं अब हामी आफ्नै सामान जोड्ने विचारमा छौं’ पि्रजोलले भने ँयसका लागि तयारी गरिरहेका छौं ।
Wednesday, May 30, 2012
Monday, May 21, 2012
फोर्डका संस्थापक
उनी १५ वर्षमै बिग्रेका घडी बनाउन सक्थे । पाँच डलर सापट लिएर न्युयोर्कको सडकमा साइकल पन्चर टाल्ने कामबाट व्यावसायिक जीवन थालेका उनी ४० वर्षको उमेरमा करोडपति बने
फोर्ड जनरल मोटस्र कम्पनीका संस्थापक हेनरी फोर्ड गरिब परिवारमा जन्मेका थिए । उनको परिवार खेतीकिसानीमा निर्भर थियो । भनिन्छ उनले एक साथीसँग पाँच डलर सापट लिएर न्युयोर्कको सडकमा साइकल पन्चर टाल्ने कामबाट व्यावसायिक जीवन सुरु गरेका थिए । ४० वर्षको उमेरमा उनी करोडौंको मालिक बने ।
उनको जन्म १८६३ जुलाई ३० मा अमेरिकाको मिसिगनमा भयो । उनका बुवा विलियम फोर्ड भने आयरल्यान्ड हुँदै बेलायतबाट बसाइ सरी आएका थिए । उनको पढाइ यही सहरमा भयो । खेतमा आमासँग काम गर्दै पढेका उनले १२ वर्षको उमेरमा आमा गुमाए । त्यसपछि उनलाई खेतीमा पटक्कै मन गएन । विभिन्न मेसिनमा चाख दिन थाले । १५ वर्षको हँुदा उनका बाले घडी उपहार दिएका थिए । यही घडीको मद्दतले उनी केही समयमै बिग्रेका घडी बनाउन सक्ने भए । सानैदेखि विभिन्न सामानका पाटपुर्जा फुकाल्ने-जोड्ने काम गर्थे । उनको सोख भने मेसिनमा थियो । ुमेसिनहरु कसरी बन्छन् तिनीहरु जोडिए के बन्लान् ु यस्तै सोचेर घन्टौं घोत्लिन्थे ।
उनका बाले सोचेका थिए- विलियमले पक्कै पनि परिवारको खेती सम्हाल्नेछ । तर आमाको अभावमा उनी खेती गर्न नसक्ने भए र १६ वर्षमा मेकानिक बन्न घर छाडे । केही समयमै उनी स्टिम इन्जिनको मेकानिक बने । उनलाई काम पनि मिल्यो । बिहे पनि भयो । ३२ वर्षको उमेरमा उनले घोडाबिना चल्ने बग्गी बनाए । यसको नाम क्वाडि्रसाइकल राखियो । त्यतिबेला कारहरु निकै महँगा थिए । अरुको काम छाडी कार बनाउन उनले आफैंले फोर्ड जनरल मोटस्र कम्पनी खोले ।
उनी सस्तो अटोमोबाइल कार बनाउन प्रयासरत रहे । अथक प्रयासपछि आफ्नै नामको रेसकार बनाएपछि उनी चर्चित भए । तर उनको यो कार कसैले किनेनन् । पछि फोर्ड कम्पनीले बनाएको मोडल ए भने बिक्री भयो । त्यसपछि उनले मोडल बी सी डी गर्दै टीसम्म बनाए । मोडल टी त्यतिबेला अन्य गाडीको तुलनामा बलियो
थियो र छिटो पनि दौडन्थ्यो । त्यसले छिट्टै बजार ततायो । उनले २० वर्षभित्रमा यही मोडलको १५ लाख कार उत्पादन गरे । र करोडौंको मालिक बने ।
त्यतिबेला त्यो कार निकै सस्तो पनि भयो । ८ सय ५० डलर पर्ने कार उनले ३ सय डलरमा बिक्री गरे । त्यसपछि उनले आफ्नो कामदारलाई अरु कम्पनीको भन्दा दोब्बर ज्याला दिन थाले । उनलाई के विश्वास थियो भने कामदारलाई राम्रो ज्याला दिए उनीहरु खुसी हुन्छन् र राम्रा कामदार आफ्नै कम्पनीमा बस्नेछन् । यसरी उनी एक साधारण गरिब परिवारमा जन्मेर पनि छिट्टै धनी र प्रख्यात बने ।
उनको भनाइ छ ुदोष होइन समाधान खोज ।ु एकपटक उनले जी-८ मोटर बनाउन चित्र कोरेर आफ्ना इन्जिनियरहरुलाई देखाएका थिए । उनीहरुले यो काम सम्भव नहुने उत्तर दिए । तर हेनरीले ुजसरी पनि बनाऊ मात्र भने । फेरि इन्जिनियरहरुले यो काम सम्भव नभएको बताए ।
हेनरीले आद
ेश दिए ुअगाडि बढ जति समय लागे पनि फरक पर्दैन ।ु छ महिना पूरा भयो । एक वर्ष पनि यसरी नै बित्यो । तर इन्जिनियरहरु सफल भएनन् । हेनरीले फेरि भने ुअगाडि बढ म यो चाहन्छु मैले यो देखेको छु र प्राप्त पनि गर्नेछु ।ु
उनले देखेको सपनाको भी-८ मोटर उनको मृत्युपछि मात्र बन्यो । आजभोलि फोर्ड टउरस उनकै सपनाको देन हो । एक्लो छोरा एडसेलको ४३ वर्षमै मृत्यु भएको ४ वर्षपछि १९४७ अपि्रल ७ मा उनी यस संसारबाट बिदा भए ।
Monday, April 30, 2012
दुरुस्तै बाबुराम, नक्कली बाबुराम
बर्खे बिदामा कापी, कलम र कपडा किन्ने पैसा कमाइन्थ्यो स्कुल होस य घर उनी कसै न कसैको क्यारिकेचर गरिहाल्थे
नेत्र तामाङ \सानोमा साथीभाईसाँग उनको राम्रो मेल थियो रे । कारण अरुको जस्तै बोली निकालेर हसाँउन सक्ने खुबी । स्कुल होस य घर उनी कसै न कसैको क्यारिकेचर गरिहाल्थे । त्यतिबेला गाउँमा गिज्याएको भन्दै कोही त उनीदेखि रिसाए छन् । आफ्नो बानी भने उनलाई छुटाउनै गाह्रो भयो । उनै ज्योति काफ्ले आजभोलि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्यसिरियल मेरी बास्सैमा नक्कली बाबुराम बनेका छन् । अभिनयले प्रसस्तै प्रसस्तै प्रशंसा पनि पाएका छन् उनले ।
चितवनको मंगलपुरमा जन्मेका ज्योति गाउँले प्रमुख बनेर अभिनय गरेदेखि चर्चाका पात्र बनेका हुन् । यस अघि उनी एबिसि टेलिभिजनमा व्यंग्यत्मक कार्यक्रम फन्नी न्युजमा भिजे थिए । काठमाडौं आउनु अघि चितवनकै सिनर्जी एफएममा ुफोटोकपीु कार्यक्रम चलाउथे । यो पनि व्यंग्यात्मक कार्यक्रम नै थियो ।
कलाकारिता जीवनमा यहाँसम्म आइपुग्दा स्कुले जीवन नै निकै रमाईलो भएको उनको अनुभव छ । मेल राम्रो भएपछि कहिलेकही रामपुर क्याम्पसको कृषि अनुसन्धान केन्द्रमा आँप चोर्न पुग्थे रे । ुस्कुलमा मिल्ने साथीभाई हुन्थे उनीहरुले आँप चोर्न जाउँ भन्थेु उनले भने पालेले भेटे झापट लाउँथे र आइन्दा यसो नगर्न चेतवानी दिन्थे ।
पछि त्यही अनुसन्धान केन्द्रमा पाले बस्ने र कोदलो खन्ने काम पनि गरे उनले । बर्खे बिदामा कापी कलम र कपडा किन्ने पैसा कमाइन्थ्योु काम गर्नुको कारण खुलाउदै उनले भने ुत्यसैले कोदालो खनियो र पाले पनि बनियो ।
घरमा सांगीतिक माहोल भएकाले उनी गिटारका सौखिन भए । गायनमा पनि उतिकै रुचि राख्ने उनले यस अवधिमा ६ एल्बम पनि निकालिसकेका छन् । यी मध्ये तीन एल्बम व्यंग्यले भरिएका छन् । विभिन्न पात्र बनेर अभिनय गरिसकेका उनलाई नक्कली बाबुराम बन्दा भने निकै फाप्यो । यही कारण प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट्न पाएकोमा खुसी छन् उनी । ुप्रधानमन्त्रीलाई मैले चारपटक भेटिसकेु उनले भने ुउहाँले मलाई शिर देखि पुच्छरसम्म हेर्नुहुन्छ अनि ुकिन मेरै क्यरिकेचर गर्नुभएकोुभनी सोध्नुहुन्छ मैले पनि समसमायिक विषयमा यस्ता क्यारिकेचर दर्शकलाई खुराक हुने भएकोले भनिदिन्छु ।
दर्शकलाई समेत सहभागी गराई प्रहसन गर्ने उनको बानी सबैलाई मन पर्छ । दर्शक जस्तो प्रश्न सोधेपनि उनी सजिलै बाबुराम भट्टराईले झै उत्तर दिन्छन् । यसका लागि अभ्यास अति आवश्यक रहेको उनी बताउछन् ुउहाँको हाउभाउ बहेक दैनिक के बोल्नुभयो कस्तो कार्यक्रममा कस्तो प्रस्तुति दिनुहुन्छ सबै अध्ययन गर्छु ।ु यसको लागि उनी दैनिक समाचारपत्र रेडियो टेलिभिजनमा समाचारमुलक कार्यक्रम छुटाउदैनन् । त्यसो त केही समय अघि उनी चितवनकै एक कार्यक्रममा प्रहसन गर्न पुग्दा खतरा समेत मोल्नुपरेको सम्झना ताजै रहेछ । ुत्यतिबेला नक्कली बाबुराम बनेर भर्खरै स्टेज प्रोग्राम शुरु गरेको थिएँ बाँदरमुढे घटनाबारे धेरैले प्रश्न सोधेु उनले भने ुसुनिरहेका माओवादी कार्याकर्ताले कार्यक्रम सकेपछि मलाई धेरैले निहुँ खोजे ुकिन यस्तो बोल्यौ भन्दैु पछि पुलिसले स्कटिङ गरेर सुरक्षित ठाउँमा आइपुगे र ज्यान जोगियो ।ु
सफलता पाउन संघर्ष गर्ने पर्ने बुझाई भएका उनले गएको वर्ष मात्र ५४ भन्दा बढी जिल्लामा १५० भन्दा बढी प्रस्तुति दिए । उनको प्रहसन हेर्न विदेशमा रहेका नेपालीहरुको माग बढ्दो छ । त्यसैले त उनी कतार बहराइन प्रुान्स अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । घुम्न मनपराउने उनी गायन र संगीतमा पनि उतिकै रुचि राख्छन् । बाआमाको प्रेरणाले कलाकारितामा लागेर यतिको सफलता मिलेकोमा उनी सन्तुष्ट छन् ।
बेलाबेलामा आफ्नो पात्र परिवर्तन गरिरहने उनी आउदो साल पनि फरक प्रस्तुति लिएर आउने बताउँछन् । नाम र दाम कमाउनै कलाकारिता क्षेत्रमा लागेको उनले बताए । ुचलन-चल्तीु नामक हास्य सिरियलमा उनी जमिन्दारका रुपमा देखिने भएको छ । यो सिरियलको केही भाग छायाँकन भइसकेको उनले जानकारी दिए ।

Sunday, March 18, 2012
सुमासँगै नाचिन् हिलारी

बर्दियाकी सुमा थारुको सपना थियो- राम्रोसँग पढ्ने र आफूजस्तै पीडा भोगेकाको पक्षमा लड्ने। बेला बेला गीत लेख्थिन्। स्कुलमा हुने कार्यक्रममा गाउँथिन्। उनको गीतमा आफूले भोगेका पीडाका झलक हुन्थ्यो।
यही प्रतिभाले उनलाई अमेरिकाको न्युयोर्क पुर्यायो। विश्वका सैयौं मानिसमाझ गीत गाउने मौका मिल्यो र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसँगै नाच्ने अवसर पनि।
'अमेरिकी मन्त्रीसँगै नाच्न पाउँदा मलाई निकै खुसी लागिरहेको छ,' सुमाले भनिन्, 'यति ठूलो मानिससँग नाच्ने अवसर कहिले मिल्ला र?'
केही महिनाअघि अमेरिकाबाट अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा प्रतिनिधित्व गराउन नेपाल आइपुगेको टोली सिधै बर्दियाका पूर्व कमलरीमाझ पुग्यो। सुमासहित चार कमलरीसँग भेट्यो। कार्यक्रममा भाग लिन छानिइन्, सुमा ।
छ वर्ष कमलरी बसेकी उनले तिनै समयमा पाएका दुःखको अनुभवलाई गीतमा उतारेकी थिइन्। 'मैले त्यही गीत गाएर सुनाएकी थिएँ अनि छानिएँ,' बुधबार नागरिकसँग उनले भनिन्, 'त्यही गीत कार्यक्रममा गाउन पाउँदा भाग्यमानी ठानेकी छु।'
उनले अन्तर्राष्ट्रिय नारी दिवस पारी 'न्युजविक' र 'द डेली बिस्ट' पत्रिकाले न्युयोर्कमा गरेको 'वुमन इन द वर्ल्ड २०१२' कार्यक्रममा भाग लिएकी थिइन्। कार्यक्रम उद्घाटन उनकै गीतबाट गरिएको थियो।
खासमा सुमा अन्तिम सहभागीका रुपमा भाग लिन पुगेकी थिइन्। वुमन इन द वर्ल्डकी संस्थापक टिना ब्राउनले भने उनकै गीतलाई पहिलो प्राथामिकता दिइन्।
थारु पहिरन लगाई थारु भाषामै गीत गाइन् उनले। मालिकले दिएको सास्ती, यातना र पीडा गीतमा समेटिएको थियो। यही प्रस्तुतिबाट उनले धेरैको ताली पाइन्। अमेरिकी विदेशमन्त्री क्लिन्टनबाट प्रशंसा, स्याबासी र प्रोत्साहन पाइन्।
'मलाई गीत गाउन नछोड्नु भन्नुभएको छ उहाँले,' सुमाले भनिन्, 'आफ्नो रुचिकै विषय भएकाले पनि यो विधालाई छाड्ने छुइनँ।'
निर्धक्क गीत प्रस्तुत गरेकामा रुम टु रिडका बालिका शिक्षा कार्यक्रमकी व्यवस्थापिका रिमा श्रेष्ठसमेत दंग परिन्। 'बालिका शिक्षा कार्यक्रममा लाइफ स्किलसम्बन्धी कक्षा लिएकाले सुमाले निर्धक्क गाउन सकेकी हुन्,' श्रेष्ठले भनिन्। श्रेष्ठ सुमासँगै दोभाषेका रुपमा अमेरिका पुगेकी थिइन्।
न्युयोर्कको कार्यक्रममा भाग लिइरहँदा आफ्ना बाआमासँगै नभएकोमा दुःख लागेको उनले बताइन्। 'विश्व प्रसिद्ध महिलामाझ गाउन पाएकोमा मलाई निकै खुसी लाग्यो, केही दुःख पनि,' उनले भनिन्, 'गीत गाइरहँदा त्यति धेरै मानिसमाझ म आफ्ना बाआमा खोजिरहेकी थिएँ।'
कार्यक्रममा अमेरिकी विदेशमन्त्री हिलारी, हलिउड अभिनेत्री एन्जिलिना जोलीलगायत विश्वभरिका १ सय ५० महिला सहभागी थिए। कार्यक्रम समापन पनि उनकै गीतबाट गरिएको थियो।
गाउँकै युवक सेकेन्डरी स्कुलमा पढेकी सुमा यसपाला एसएलसी दिँदैछिन्। परीक्षा तयारीका लागि न्युयोर्कमा पनि केही किताब साथमै लगेकी थिइन् उनले।
'मलाई रुम टु रिडले अँध्यारोबाट उज्यालोमा ल्याइदियो,' उनले भनिन्, 'धेरै दिदीबहिनी यसरी नै उज्यालोतिर अघि बढिरहेका छन्।'
अझै पढ्नुपर्ने र पिछाडिएका महिला दिदीबहिनीका पक्षमा आवाज उठाउने लक्ष्य छ उनको। विज्ञान विषय मन पराउने उनी भविष्यमा महिला अधिकारकोपक्षमा वकालत गर्न सक्षम हुने तहसम्म पढ्ने बताउँछिन्।
१९ वर्षे सुमा एकहप्ते कार्यक्रममा भाग लिई मंगलबार साँझ नेपाल फर्केकी हुन्।
Tuesday, February 28, 2012
हुँदै नभएको रोगमा १५ लाख खर्च
गिरीश गिरी, काठमाडौं, फागुन ११- 'ब्रेन हेमरेज' अर्थात् मस्तिष्कमा रक्तश्राव। यो चरणमा पुगेपछि हत्तपत्त बाँच्ने सम्भावना नरहने भएकाले नाम सुन्नेबित्तिकै मान्छे तर्सिन्छन्। केही महिनाअघि त्यसरी नै तर्सिए, परिचित अर्थशास्त्री एवं गीतकार विश्वम्भर प्याकुरेल।
उनले उपचार निम्ति डाक्टरले मागेजति पैसा तिर्न कञ्जुस्याइँ गरेनन्। राजधानीको नर्भिक अस्पतालले उपचार क्रममा १५ लाख रुपैयाँभन्दा बढीको बिल बनाएको उनी बताउँछन्। 'आउट सोर्सिङ' गरिएका चिकित्सक र सुविधाको खर्च बेग्लै थियो।
होसमा आइसकेपछि पनि झन्डै तीन साता अस्पताल बस्नुपर्दा उनको खर्च यति पुगेको थियो। उनी घर फर्के। आफ्नो स्वास्थ्य अझ राम्ररी जचाउन बैंककको बुन्रुन्ग्राड अस्पताल पुगे। त्यहाँका डाक्टरको परामर्शपछि उनी झन् ठूलो अलमलमा परेका छन्।
'मलाई आजसम्म ब्रेन हेमरेज भएकै छैन रे,' बैंककका डाक्टरहरूले दिएको रिपोर्टबारे जानकारी दिँदै उनले नागरिकसँग भने, 'त्यत्रो पैसा लिएर नर्भिकका डाक्टरले के उपचार गरे, थाहै पाउन सकिनँ।'
नर्भिकबाट बिदा भएपछि प्याकुरेल उपचार निम्ति जनवरी दोस्रो साता थाइल्यान्ड पुगेका थिए। त्यहाँका डाक्टरहरूले दुई साता लगाएर थुप्रै परीक्षण गरेको उनी सुनाउँछन्। त्यसपछि थाई चिकित्सकहरूले ठोकुवा गर्दै भनेछन्, 'तपाईंलाई आजसम्म ब्रेन हेमरेज भएको कुनै हालतले मान्नै सकिन्न। बरु तपाईंको शरीरमा हार्टबिट युनिफर्म (मुटुको गति नियमित) नहुने समस्या देखिएको छ।'
प्याकुरेलका यी भनाइ सुनेपछि नर्भिक अस्पतालसँग सम्पर्क गर्दा त्यहाँका प्रवक्ता आरपी मैनालीले 'प्राविधिक कुरा भएकाले सम्बन्धित चिकित्सकसँगै जवाफ माग्नुपर्ने' बताए। चारजना चिकित्सक टोलीले प्याकुरेलको उपचार गरेको बताउने मैनालीले अस्पतालका कार्यकारी निर्देशक डा. भरत रावतको समेत नाम लिएका थिए।
डा. रावतले 'प्याकुरेललाई ब्रेन हेमरेज भएको भनेर आफूहरूले कहिल्यै नभनेको' दाबी गरे। 'म मुटुको डाक्टर भए पनि प्याकुरेलको केस बारे भन्न चाहिँ सक्छु,' रावतले स्पष्ट पारे, 'उहाँलाई हामीले ब्रेन हेमरेज नभई स्ट्रोक भएको बताएका थियौं र त्यसैको उपचार गरेका थियौं।' उनले सबै स्ट्रोक ब्रेन हेमरेज नहुने जानकारी दिए।
नर्भिकमै प्याकुरेलको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. वसन्त पन्तले भने उनलाई ब्रेन हेमरेज नै भएको दाबी गरेका छन्।
'अरूले के भने भन्ने कुराको मलाई मतलब छैन,' पन्तको भनाइ छ, 'प्याकुरेललाई हामीले सब आर्कनोइड हेमरेज (एसएएच) कै उपचार गरेका हौं र यो ब्रेन हेमरेज नै हो।'
यस किसिमको हेमरेज सबैले बु‰ने गरेको ब्लड प्रेसर बढेर नभई कसैगरी दिमागको सतहमा रगत निस्केर हुने गरेको उनले बताए। त्यस्तो रक्तश्राव पखालिएर जाने भएकाले दाग नदेखेकै भरमा बैंककमा बेग्लै रिपोर्ट आएको हुनसक्ने उनको अनुमान छ।
उनको उपचारमा संलग्न नर्भिककै चिकित्सकहरूको राय बाझिएका बेला प्याकुरेल भने थप अलमलमा परेको सुनाउँछन्।
बैंककबाट फर्किएपछि प्याकुरेल उतैको चिकित्सकका सल्लाहअनुसार टिचिङ अस्पतालस्थित मनमोहन कार्डियाक सेन्टरमा मुटुको उपचार गराइरहेका छन्। त्यहाँ उनको उपचारमा संलग्न छन्, मुटु विशेषज्ञ डा. भगवान कोइराला।
बुधबार टिचिङ अस्पताल परिसरमै कारबाट ओर्लंदै गरेका डा. कोइरालालाई प्याकुरेल प्रकरण सुनाउन खोज्दा सुरुमै उनी मुसुक्क हाँसे। 'तपाईंले सोध्न खोज्नुभएको कुरा मैले बुझिसकेँ,' उनले भने, 'डाक्टरहरूले उपचार गर्दा एउटाको कामलाई अर्काले औंल्याउनु व्यावसायिक मर्यादाविपरीत भएकाले यस विषयमा म केही प्रतिक्रिया दिन चाहन्नँ।'
डा. कोइरालाले प्याकुरेललाई पहिले गरिएको उपचार र औषधिभन्दा बेग्लै उपचार र औषधि अहिले दिइएको स्वीकार गरे।
'मलाई ब्रेन हेमरेज भएकै रहेनछ, तर त्यसैको औषधि त्यत्रो दिन खानुपर्यो,' प्याकुरेल भन्छन्, 'बैंकक नगएर त्यही औषधि पछिसम्म खाएको भए झन् के हुन्थ्यो होला?'
के भएको थियो प्याकुरेललाई?
यो प्रश्न सोध्नेबित्तिकै उनले निधार तन्काउँदै भने, 'त्यो नै करोडौं रुपैयाँ पर्ने प्रश्न भएको छ।'
परिवारका सदस्य कोही नभएका बेला ओछ्यानमा अचेत प्याकुरेललाई छिमेकीले उद्धार गरेर नर्भिक अस्पताल पुर्याएका थिए। भेन्टिलेटरमा रहेकै बेला दुई दिनमै होस आएपछि उनलाई दिमागसँग जोडिएका प्रश्नहरू सोध्न थालिएको थियो।
'होसमा आएपछि मलाई दिमागकेन्द्रित प्रश्न गरियो, जबकि त्यसको कुनै आवश्यकता म देखिरहेको थिइनँ,' प्याकुरेल भन्छन्, 'मेरो अन्तर्चेतनाले नमाने पनि उनीहरू मलाई ब्रेन हेमरेजै भएको हो भनेर मान्न दबाब दिइरहेका थिए।'
त्यसलगत्तै प्याकुरेललाई मेसिन बिग्रेको भन्दै एन्जिओग्राम परीक्षण निम्ति सिनामंगलको काठमाडौं मेडिकल कलेज पुर्याइयो। त्यहाँका कार्यकारी निर्देशक डा. गोविन्द शर्मा उनका पुराना मित्र थिए। आफूले पढाउने त्रिभुवन विश्वविद्यालयकै पूर्व उपकुलपति रहेका शर्माले उनलाई अन्तरंग भएर यथास्थिति अवगत गराइदिए।
'ढुक्क भए हुन्छ,' त्यतिबेला डा. शर्माले तलैसम्म आएर आफूलाई बिदा गर्दा भनेका शब्द प्याकुरेल सम्झन्छन्, 'यहाँ गरिएको परीक्षणमा तपाईंको ब्रेन क्लियर देखिएको छ।' त्यसपछि पनि आफूलाई नर्भिक फर्काएपछि ब्रेन हेमरेजकै उपचार निरन्तर गर्दै त्यसैको औषधि चलाइएको प्याकुरेल सुनाउँछन्।
ब्रेन हेमरेज भयो भनेर भेन्टिलेटरमा राखिएका प्याकुरेललाई दुई दिनमै होस आएपछि शरीरको एउटै अंग दुखिरहेको थियो, बंगारा। करिब तीन साताको बसाइपछि उनी नर्भिकबाट डिस्चार्ज भए। त्यतिखेर पनि उनको बंगारा दुख्न छाडेको थिएन। फलोअपमा जाँदा उनले आफूलाई त्यो समस्या मात्र रहेको बताए। नर्भिकका डाक्टरहरूले दाँतको डाक्टरलाई देखाउनू भन्ने सल्लाह दिए। बिएन्डबि अस्पतालका डा. प्रशान्त श्रेष्ठलाई जचाउँदा बंगारा भाँच्चिएको ठहर भयो। उनले त्यसको शल्यक्रिया गराए। त्यस आधारमा घरमा अचेत अवस्थामै ओछ्यानमा गएर पल्टिनुअघि आफू कतै लडेको हुनुपर्छ भन्ने प्याकुरेललाई लागेको छ। त्यो सबै बेहोसीमा भएकाले उनी सम्झन चाहिँ सक्दैनन्।
नर्भिकबाट बाहिरिएपछि बैंकक पुगेर उपचार गराउँदा झन् बेग्लै रिपोर्ट देखियो। बैंककका डाक्टरहरूले उनको रोग पत्ता लगाए पनि उपचार नेपालै गएर गराउनुपर्ने सुनाएका थिए। 'उता र यताको औषधि फरक हुने भएकाले या त बैंककमै लामो समय बस्नुपर्ने हुन्थ्यो,' प्याकुरेल भन्छन्, 'या उनीहरूले रोग पत्ता लगाइदिएपछि नेपाल आएर त्यसको बेग्लै डाक्टर देखाउनुपर्ने हुन्थ्यो।' प्याकुरेलले दोस्रो बाटो रोजे र फर्केर डा. भगवान कोइरालालाई सम्पर्क गरे।
'डा.कोइराला कार्यरत मनमोहन कार्डियाक सेन्टरमै डा. ओममूर्ति अनिलले दिएको नयाँ औषधि खान थालेपछि बल्ल उचित उपचार पाएको महसुस गरिरहेको छु,' प्याकुरेल भन्छन्, 'त्यसलगत्तै अफिस पनि आउन थालेको हुँ।'
बिरामी भएका बेला राष्ट्र बैंकले उनको उपचार निम्ति तीन लाख रुपैयाँ दिएको थियो। उनी राष्ट्र बैंक बोर्डका सदस्य हुन्। त्यसबाहेक आफन्तसँग ऋण लिएर नर्भिक अस्पतालको महँगो खर्च व्यहोरेको उनी बताउँछन्।
'मलाई खर्च भएकोमा उति चिन्ता छैन,' प्याकुरेल भन्छन्, 'त्यति राम्रोसँग चिनेका डाक्टरहरूले मेरो ज्यानसँग त लापरबाही गर्छन् भने अरूको झन् के अवस्था होला भनेर हैरान छु।'(स्रोत नगरिक दैनिक)

Tuesday, February 21, 2012
तक्मे बुढा

देउराली बनेछ थुँगाको
डर केलाई मान्छौ जुँगाको
काट्देउला बरु जम्मै
यसरी मिठो लयमा गीत गाउने उनी कोटमा सधैं तक्मा भिर्छन् । यही तक्माको कथा सुनाउन हरदम तयार हुन्छन् । ुयो तक्मा भनेको क्यारेमचेस खेलेर पाउने कुरा होइन कुखरा चोरेर पाउने कुरा होइन यो भनेको वीर गथा वीर गोर्खालीले पाउने कुरा होु यसरी तक्माको कथा सुनाउँछन् उनी ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने हास्य टेलिसिरियल ुमेरी बास्सैुका पात्र तोक्मे बुढा हुन् उनी । यही नामले धेरैले चिन्छन् उनलाई ।
सिरियलमा दाह्रीजुँगा फुलिसके । कथा सुनाउँछन् पहिलो विश्वयुद्धको । तोक्मेको वास्तविक नाम हो- विल्सनविक्रम राई । उमेर २५ वर्ष । झापाको विर्तामोडमा जन्मेका उनलाई सानो छँदा नाच्न खुब मन लाग्थ्यो रे । उनको सपना थियो डान्सर बन्ने ।
विर्तामोडको लिटल फ्लावर बोर्डिङ स्कुलमा पढे । सानैदेखि दुःख झेल्दै यहाँ आइपुगेको कथा छ उनको । ुचार कक्षामा पुगेका बेला आमा बित्नुभयोु उनले भने ुत्यसपछि घरमा धेरै जिम्मेवारी मैमाथि आइलाग्यो ।ु
परिवारलाई सम्हाल्नुपर्ने बाध्यताले उनी स्टेज कार्यक्रममा नाच देखाउन थाले । ती कार्यक्रममा पुग्दा पर्दाबाहिरा आफ्नै साथीहरुलाई हसाँउथे । ुएकपटकको कार्यक्रममा डान्स गर्न रेडी भाको पाँच मिनेट ग्याप भोु नाचबाट हास्यक्षेत्रमा मोडिएको दिन सम्झन्छन् उनी ुग्यापमा जोक भन्न माचमा बोलाइयॊ त्यही बेलादेखि मलाई कमेडीको नसा लाग्यो ।ु
समूहमा नाच देखाउने उनी अब एक्लै स्टेज सो गर्न सक्ने भए । बिस्तारै विभिन्न सिरियलमा भूमिका पाए । आयो बोके दाह्री तितो-सत्य जीवनचक्र जस्ता टेलिसिरियलमा फरक-फरक भूमिकामा देखिए । ती भूमिकामा आफ्नो जातीय मौलिकता नझल्केको उनको बुझाइ छ । मेरी बास्सैमा ुतोक्मे बुढाुको रोल गरेदेखि उनलाई धेरैले मन पराए ।
आफन्तको सहयोगमा सिरियल खेल्न सक्कली तक्मा नै भिरेका छन् उनले । सेना-प्रहरीले त उनलाई फोनै गरी स्याबासी दिन्छन् रे । ुआफ्नै कथाजस्तो लाग्यो रे आर्मी-पुलिसलाईु उनले भने ुजसा्रब कसा्रब एसपीहरुले मलाई फोन गरी अभिनय मन पराएको सुनाए ।ु लाहुरेहरुले पनि फोन गरी प्रशंसा गरेको उनले बताए ।
लाहुरेको लवज र छाँटमा देखिने उनको परिवारमा कोही लाहुरे छैनन् । लाहुरेको कथा कसरी फुर् यो त
ुधेरैजसो प्रोग्राम आर्मी ब्यारेक र पुलिस क्याम्पतिर गर्थें उनीहरुको बोलीव्यवहार हेर्ने मौका पाएँ । त्यहीँबाट तोक्मे बुढा जस्तो लाहुरे पात्र तयार भयोु उनले भने ।
उतिबेला गाउँका युवा क्यारेम-चेस मात्र खेल्थे । ुक्यारेम-चेस खेलेजस्तो हुन्न जिन्दगीु भनी मावली हजुरबाले प्रेरणा दिएका दिन सम्झन्छन् उनी । हजुरबाले बोल्ने यही थेगो सिरियलमा प्रयोग गरेका रहेछन् । हजुरबाकै धेरै लवज सिरियलमा ल्याएका छन् उनले ।
उनले आफ्नो नामको अर्थ पनि बताए ुबाबाले मेरो नाम वेलसन राखिदिनुभयो । यसको अर्थ राम्रो छोरा हो ।ु लेख्दा विल्सन भयो ।
ुबाआमाको सपना थियो ठूलो मान्छे बनाउनेु उनले भने ुलाहुरे नभएपनि तक्मा नपाए पनि अभिनयले इजजत-पैसा सबै पाएको छु ।ु
ुलगाव मेहेनत र भाग्यले यहाँसम्म आइपुगेँु उनले भने ुखुबी जन्मैदेखि आएको हुने रहेछ त्यसैले अभिनय गर्न त्यति गाह्रो भएन ।ु यो ठाउँसम्म आइपुग्न भने धेरैको सहयोग पाएको सुनाए उनले । यसबाहेक उनले साथी परदेशी सम्झना न बिसे्रं तिमीलाई न पाएँ तिमीलाई दीपशिखा लगायत फिल्ममा पनि अभिनय गरे । केही समयपछि रिलिज हुने दुई फिल्म फेसबुक र सायदमा उनको मुख्य भूमिका छ ।
Wednesday, December 28, 2011
स्वस्थ रहन साल्सा

हिपहप, बि-बोइङ र साल्सा युवाको रोजाइ बन्दैछ । आजभोलि बिहेपार्टी ग्यादरिङतिर पश्चिमा संगीतमा नाच्छन् । नाच्न नजाने अप्ठेरोमा परिन्छ । जाने आकर्षणको केन्द्र र स्वस्थसमेत होइनाले यी नाच सिक्ने बढेका छन्
नेत्र तामाङ
नम्रता सापकोटा आफूलाई मिडियाको विद्यार्थीका रुपमा चिनाउन मनपराउँछिन् । देवकी बन्दनाको मन चंगा भो फूलको थुंगा भो रुपक डोटेलको मेरो बोली सुन्दा… जस्ता चर्चित गीतमा मोडलिङ गरेकी उनी दुई वर्षयता साल्सा धाउँदैछिन् । नाचमा सानैदेखि रुचि थियो रे उनको । उनले भनिन् ुमिडिया र म्युजिक भिडियोमा पनि सघाउ पुग्ला भनेर साल्सा रोजेकी हुँ ।ु
अन्य क्षेत्रमा झैं नाचमा पनि बिस्तारै पश्चिमे शैली भित्रँदैछ । बेलाबेला आयोजना हुने हिपहप ब्याटल बि-बोइङ नाचले यसको प्रतिनिधित्व गरिरहेको छ । नौलो कुरा जोसुकै सिक्न मनपराउने बताउँछिन् नम्रता साल्सा हिपहप डान्स नयाँ भएकाले यसमा युवाहरुको झुकाव बढेको हुनुपर्छ भन्छिन् ।
जोडी नाचका रुपमा चिनिने साल्सा जाँदा सुरुमा परिवारले अप्ठेरो मानेको उनको अनुभव छ । तर अहिले यस्तो अवस्था छैन सबैले सामाजिक नाचका रुपमा स्विकारिसकेको उनको बुझाइ छ । साल्साका फाइदा थुप्रै रहेको उनले पाएकी छन् । ुबडी मेन्टेन गर्न साल्सा नै कफी छु उनी भन्छिन् ुमलाई कुनै फिटनेस सेन्टर र जिम धाउनुपरेको छैन ।ु उनी काठमाडौं भाटभटेनीमा रहेको साल्सा एकेडेमीमा एड्भान्स लेभल सिक्दैछिन् ।
काठमाडौं महाराजगन्जका २८ वर्षे सन्तोष श्रेष्ठ कम्प्युटर इन्जिनियर हुन् । सन्तोष पनि आजभोलि साल्सा सिक्दैछन् । सानैदेखि नाचमा रुचि भएको बताउने उनी तीन वर्षयता साल्सा सिक्दैछन् ुसानोमा स्टेज प्रोग्राम गरिरहन्थेँ । तर नाच सिक्न पाइनँ । त्यही इच्छा पूरा गर्न अहिले साल्सा धाउँदैछु ।ु
चर्चित बन्दै गएको साल्सा निकै मनपरेको बताउँछन् सन्तोष । ुदिनभरि कम्प्युटर मनिटरमा आँखा लाइरहनुपर्ने आँखा र टाउको दुख्छु नाच मन पराउनुको कारण खुलाए उनले ुसाल्सा नाचेपछि रिप्रुेस भइन्छ ।ु
साल्सा फुस्रतलाई सदुपयोग गर्ने माध्यम पनि हो । ुकाम सकेपछि अरु ठाउँ जानुभन्दा यहीँ आउनु बेस ज्यानलाई ताजकी राख्न पनि साल्साले सहयोग गर्छु सन्तोष भन्छन् । आफू कम्प्युटर इन्जिनियर भए पनि स्वस्थ रहन साल्सालाई निरन्तरता दिने पक्षमा छन् उनी ।
पुतलीसडकका मनिष शर्मा २१ पनि साल्सा सिक्दैछन् । ुपढाइसँगै साल्सा सिक्दैछुु शर्माले भने ुदुई वर्षदेखि आउँदैछु मनोराजनकै लागि आएको ।ु आत्मविश्वास बढाउने हो भने यो नाच रोज्नु ठिक हुने उनको अनुभव छ ।
साल्साभित्रै अनेक नाच छन् । तीमध्ये चाचाचा बचाता मेिरंगे स्विङ रेगेतो सिक्दैछन् सन्तोष र मनिष । चाचाचा क्युबाबाट आएको बचाता डोमिकन रिपब्लिकबाट आएको नाच हो । यी सबै नाच जोडी नाच हुन् । रेगेतो स्विङ र मेिरंगे अमेरिकी नाच हुन् ।
हिपहप ब्याटल
हिजोआज युवाको ध्यान तानेको छ साल्साले । मौलिक नाचभन्दा फरक र शारीरिक व्यायामसमेत हुने भएकाले यसमा आकर्षण बढेको साल्सा एकेडेमीका संस्थापक विनायक श्रेष्ठको बुझाइ छ । गएको हप्ता साल्सा पश्चिमे नाच र नेपाली नाच प्रचार गर्न एकेडेमीले इन्टनरनेसनल डान्स फेस्टिबल आयोजना गरेको थियो । दोस्रो पटक आयोजित फेस्टिभलमा चार सय युवा सहभागी थिए । तीनदिने फेस्टिभलमा हिपहप ब्याटल र डान्स म्याराथन आकर्षण बने ।
ुफेस्टिबलको थकान मेटाउन विदेशबाट आएका प्रशिक्षकसित हामी रातभर नाच्यौं यसैलाई डान्स म्याराथन भनिएको होु नम्रताले जानकारी दिइन् । फेस्टिभलमा बलिउड डान्स र बि-बोइङको मज्जा बेग्लै रहेको सहभागीले बताए । फेस्टिभलमा अमेरिका भारत क्यानडा प्रुान्स नेदरल्यान्ड्सबाट प्रशिक्षक आएका थिए । नेपालमा सात वर्षअघि साल्सा प्रशिक्षण सुरु भएको साल्सा एकेडेमीका संस्थापक विनायक श्रेष्ठ बताउँछन् । उनले बबरमहल रिभिजिटेडबाट प्रशिक्षण सुरु गरी सन् २००७ मा भाटभटेनीमा एकेडेमी खोलेका हुन् । सुरुमा साल्सा धाउने कम भए पनि हरेक वर्ष चालीस प्रतिशतले बढिरहेको उनले बताए ।
बि-बोइङ बहार
बिहे होस् वा कुनै पार्टी गीत घन्किएपछि जोसुकै नाच्न मनपराउँछन् । तर राम्रो नाच्नलाई तालिम त चाहिन्छ नै । एकेडेमीमा बि-बोइङ जुम्बा कत्थक पि्रुस्टाइल बलिउडको कक्षा पनि साचालन भइरहेको छ । धेरैको आकर्षण बि-बोइङमा बढेको प्रशिक्षक गम्भीर विष्टले बताए । सन् १९६० को दशकतिर सडकमा मनोराजन दिएर पैसा माग्ने अपि्रुकी मूलका अमेरिकी युवाले प्रदर्शन गरेको नाच नै अहिले बि-बोइङका रुपमा चम्केको मानिन्छ ।
यसलाई हिपहपमा आधारित ब्रेक डान्सका रुपमा पनि लिइन्छ । संगीतको तालमा कम्मर मर्काउने हात र टाउको टेकेर उभिँदै ज्यान पि्रुज गर्ने टाउकोमा अडिएर फनन घुम्दै नाचिने नाच हो यो । जिम्न्यास्टिकबाट सुरु भएको भनिन्छ बि-बोइङलाई । रियालिटी सो छमछमीमा कोरियोग्राफर समेत रहेका विष्टले भने ुहिपहपभित्र धेरै पश्चिमा नाच पर्छन् ।ु बि-बोइङमा नाच्ने केटालाई बि-ब्वाई र केटीलाई बि-गर्ल भनिन्छ ।
एकेडेमीमा विष्ट बलिउड डान्स पनि सिकाउँछन् । ुहिन्दी फिल्मका नाच नै बलिउड डान्स हुन्ु उनले प्रस्टुए ।
फिटनेसका लागि जुम्बा
मर्निङ वाक जान अप्ठेरो लागे जिम जान वा कुनै फिटनेसमा जान गाह्रो भए जुम्बा नाच्न सकिन्छ । फिटनेसकै लागि कोलम्बियाबाट सुरु भएको यसलाई एरोबिक नाच पनि भनिन्छ । एकेडेमीमा श्रेष्ठ जुम्बा सिकाउँछन् । गीतहरु रिमिक्स गरी कहिले स्पिडमा त कहिले बिस्तारै नाचिने उनले बताए । कति जना त यहीँ नाच सिकेर प्रशिक्षकसमेत बनेका छन् ।
ुमैले यहीँ सिकेकी हुँ एकवर्ष सिकँेु प्रशिक्षक मनिषा गुरुङ १८ ले भनिन् ुदुई महिनायता सिकाउँदै पनि आएकी छु ।ु
उनी भन्छिन् ुलाइफ कलरफुल बनाएको छ जुम्बाले रिप्रुेसमेन्ट दिएको छ ।ु नियमित जुम्बा गर्दा हुने हातखुट्टा पेटको व्यायामले मोटोपन हट्ने उनले बताइन् । ुफिटनेससँगै इन्ज्वेमेन्ट र मेन्टल्ली एक्साइटमेन्ट हुन्छु उनले भनिन् ।
Subscribe to:
Posts (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...