ँहामीले कुटुम्ब सुकर्म जस्तै बन्ने सपना देखेका छांै’ नयनका सदस्यहरु भन्छन्- ट्रेडिसनल र टिपिकल नेपाली म्युजिकमा लाग्छौं हामी
पुजन त्रिपाठीलाई सानैमा सारंगीले छोयो । त्यसैले उनी सारंगीको फ्यान बने । दुई वर्षको उमेरदेखि उनी सारंगीको साथी बनेका थिए । १३ वर्षे पुजनको त्यतिखेरै दैनिकीमा अभिन्न थियो सारंगी । गएको शनिबार उनी कीर्तिपुरको पुष्पसदन स्कुलमा उही सारंगीसँगै भेटिए । पुजन पुष्पसदनमा पाँच जना साथीको समूहमा थिए । उनीहरुको टिसर्टमा लेखिएको थियो- नयन म्युजिक ब्यान्ड ।
कोही बाँसुरी खोज्दै थिए । कोही ठुल्ठुला मादल उचाल्दै । पुजन सारंगी च्याप्दै थिए । सधैंको शनिबारझंै सुरु भयो प्राक्टिस । मादल बज्न थल्यो सारंगी रेटिए बाँसुरीको सुर गुन्जियो । झुलीको झुइँझुइँ थर्कियो- छुङ छुङ छुङ । एकैछिनमा उनीहरुको बाजामा एउटै लयको धुन आयो- भन्ज्याङ चौतारी भन्ज्याङ चौतारी उडेर जाउँ कि गुडेर जाउँ कि… ।
ँसाउनमा हामीले ब्यान्ड सुरु गरेका’ पुजनले साथीहरु देखाउँदै भने । सौरभ चालिसे १३ पि्रजोल नेपाली १४ स्वर्णिम महर्जन १४ सतीश खड्की १३ पुजन ब्यान्डका सदस्य हुन् । सौरभ पि्रजोल सतीश कीर्तिपुरको पुष्पसदन स्कुलको कक्षा ८ र पुजन कक्षा ७ मा पढ्दैछन् । स्वर्णिम कीर्तिपुरकै राराहिल मेमोरियल स्कुलको कक्षा ९ मा । ब्यान्ड सुरु गरेको एक वर्ष पुग्नै लागेकोमा खुसी छन् उनीहरु ।
ब्यान्डमा उनीहरुको जिम्मेवारी बाँडिएको छ । सौरभ खि बजाउँछन् । ँखि नेवारी बाजा हो’ स्टुन्डमा राखिएको मादलजस्तै बाजा देखाउँदै उनले भने ँसानैदेखि मलाई यो बजाउन मन लागिरहन्थ्यो अहिले त्यो सपना पूरा भएको छ ।&
लयबद्ध तरिकाले घरमै बजाउन सिकेको उनले बताए । ँघरमै बाजा भएकाले त्यति गाह्रो भएन स्कुलमा पनि कक्षा लिएँ’ उनले भने । संगीतका साथै फोटोग्राफीमा सोख छ उनको ।
पि्रजोल धिमे र मादल बजाउँछन् । तालवादनमा पोख्त उनको सपना- नामी संगीतकार बन्ने । ँबुबा सुकर्म ब्यान्डका श्याम नेपाली कै प्रेरणाले यहाँसम्म आइपुगेको छुु उनले भने । पुजन सारंगी नै बजाउँछन् । उनको सपना फेरिएको छैन । गीतसंगीत सँगसँगै आफ्नो पुरानै लक्ष्य वैज्ञानिक बन्ने उनको योजना छ ।
स्वर्णिम बाँसुरी बजाउँछन् । ँमैले पनि घरमै बसेर बजाउन जानेँ’ उनले भने ँस्कुलमा सिक्नाले झन् सजिलो भयो ।’
सतीश इफेक्ट्स बजाउँछन् । उनका अगाडि थुप्रै बाजा थुप्रेका छन्- एग सेकर घुघारु झुली टिन्चु । उनले भने ँयी सबै पालैपालो बजाउने जिम्मा मेरो ।’
२०६८ साउन १६ कृष्णअष्टमीका दिन उनीहरुले ब्यान्डको औपचारिक स्थापना गरेका रहेछन् । एक्लै हुँदा टाढाका कार्यक्रममा नपुगेका पुजन ब्यान्डमार्फत आफ्नो कला धेरै ठाउँमा पुर् याउन पाएकोमा खुसी छन् । बसन्तपुर कीर्तिपुर भक्तपुरमा उनीहरुले प्रत्यक्ष प्रस्तुति दिइसके । विभिन्न होटल क्याफेमा पनि ब्यान्डको माग आएकोमा उनीहरु खुसी छन् ।
ँनयाँ वर्षमा हामी नयाँ बानेश्वरको एभरेस्ट होटलमा पफमेन्स गर् यौं’ पुजनले भने ँत्यहाँ स्विस गायकहरु पनि थिए हाम्रो प्रस्तुति उनले पनि मन पराए ।’
नजिकका नातेदार साथीभाइ सरमिसको हौसला नै उनीहरुको प्रेरणास्रोत भएको छ । सिर्जनाको शक्ति भएको छ । यही हौसलाले उनीहरु फ्युजन टिपिकल नेपाली नेवारी धुन बजाउन पोख्त भइसकेका छन् । निर्धक्क जुनसुकै कार्यक्रममा उनीहरु मंगल धुन वसन्त धुन बजाइदिन्छन् ।
ँहामीले कुटुम्बा सुकर्म जस्तै बन्ने सपना देखेका छौं’ उनीहरुको एउटै आवाज छ ँट्रेडिसनल र टिपिकल नेपाली म्युजिकमा लाग्ने हाम्रो उद्देश्य ।’
खेल्ने टिभी हेर्ने घुम्ने कम्प्युटरमा गेम खेल्ने जस्ता धेरै इच्छालाई उनीहरुले कम प्राथमिकतामा राखेका छन् । फुस्रद मिल्नासाथ सबै यसरी नै जुट्छन् । आआफ्नो अभ्यासमा । शनिबार स्कुलमा पनि संगीतकै कक्षा हुन्छ ।
उनीहरुले ब्यान्डका सुखदुःख पनि सुनाए । अहिलेसम्म कुनै सामान किन्न सकेका छैनन् । एकातिर पढाइ अर्कातिर ब्यान्डको निरन्तरताका लागि जुटेका यी किशोरले एकदुई कार्यक्रममा राम्रै रकम पनि पाएका रहेछन् । तर ब्यान्डलाई चाहिने बाजा लिन त्यो रकम पर्याप्त छैन । ँस्कुल साथीभाइसँग माग्दै काम चलाउँछौं अब हामी आफ्नै सामान जोड्ने विचारमा छौं’ पि्रजोलले भने ँयसका लागि तयारी गरिरहेका छौं ।
Subscribe to:
Post Comments (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
.jpg)
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
Jamuna Gurung Ghale announcing President Candidate for NRNA in Hotel Radisson, Kathmandu, Nepal ...
No comments:
Post a Comment