काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका आउने भएका छन् । फोक्सोमा समस्या देखिएपछि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । स्वास्थ्य परीक्षणका लागि चिकित्सकको समय निर्धारण भइसकेकाले असार ५ गते अमेरिका आइपुग्ने बताइएको छ ।
जेठ २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको उक्त भ्रमण तय गरेको हो । बैठकले कोइरालाको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए । यसअघि जिब्रोको उपचारका लागि कोइराला अमेरिकाको न्युयोर्कस्थित केटरिङ क्यान्सर अस्पतालमा उपचार गराई फर्केका थिए ।
दुबै हात र दुबै खुट्टा नभएका मानिसले के गर्न सक्ला ? एक चोटि हामी सोचौ न, हात विनाको जिन्दगी के जिन्दगी ? साथीहरुसँग कसरी अँगालो मार्ने, कसरी हात मिलाउने, कोही माया गर्ने छ भने उनीहरुलाई कसरी समाउने, औला विना स्पर्श अनुभव कसरी गर्ने, केही सामानहरु कसरी उचाल्ने? हातहरु नहुदाँको जीवन सोच्दा मात्रै पनि धेरै गाह्रो हुने रहेछ । अनि खुट्टा नि? नाच्न, हिड्न, दौडन र उभिन समेत सक्दैनौ । अब यी दुबै नभएको कल्पना गरौ न, सच्चै यस्तै भए, यसले दैनिक जीवनमा के असर पार्ला?
अष्ट्रेलियाका एक नागरिक यस्तै छन् । उनी विना हात, विना खुट्टा जन्मे, हुर्के । तर उनी फुटबल खेल्छन् । टेनिस खेल्छन् । पौडन्छन् । आफै दाँत माझ्छन् । यस्तै कामहरु गर्छन उनी । सन् १९८२ डिसेम्बर ४ मा अष्ट्रेलियाको मेलवर्नमा जन्मेका उनको नाम हो निक भोइजिक् । आजभोलि उनी अपांगता भएका व्यक्तिलाई मात्र नभइ हरेकको प्रेरणाको स्रोत बनेका छन् । संसारका लाखौ मानिसलाई उनले जिउने कलाबारे प्रवचन दिइसके । उनले लेखेको 'लाइफ उइदाउट लिमिट्स' किताब लाखौप्रति विक्री भए ।
उनै निकको पुरा नाम निकोलस जेम्स भोइजीक् हो । आफ्नो पहिलो सन्तानको यस्तो रुप देखेर उनका बाआमा निकै दुःखी भएका थिए । उनको शरीरमा सानो खुट्टा झुन्डिए जस्तो देखिन्छ । निक आफै यसलाई कुखुराको पखेटा(चिकन ड्रमेस्टिक) भन्छन् । यसमा दुई औलाहरु छन् । यसैको सहयताले उनी बल खेल्छन् । किबोर्ड बजाउछन् । उनी हुर्कदै गर्दा त्यतिबेला फ्रान्सको भिक्टोरिया राज्यमा शारीरिक रुपमा अस्वस्थ विद्यार्थीलाई भर्ना लिइदैनथ्यो । कानुनले समेत यस्ता विद्यार्थीलाई भर्ना गर्न बर्जित गरिएको थियो ।
तर उनको बाआमाले आफ्नो छोरालाई पढाउन चाहे । भाग्यवश भनौ, उनलाई भर्ना गरियो । त्यो राज्यको नियम नै परिवर्तन भयो । स्कुलमा दिनहरु निकै नरमाईलो भयो उनको । साथीहरुले गिज्याए, जिस्काए । सानैदेखि किशोरअवस्थासम्माका यस्ता बुलिङ सहे । स्कुलमा एक्लै हुन्थे । साथीहरु सबैको हातखुट्टा थिए, तर बीचमा आफु एक्लैको यस्तो अवस्था हेरेर उनी आफैलाई प्रश्न सोध्थे 'म मात्र किन यस्तो जन्मेको?' बुलिङले गर्दा उनले ८ वर्षकै उमेरमा आत्महत्या गर्न खोजेका थिए । १० वर्षको उमेरमा पोखरीमा डुबेर मर्ने प्रयास पनि गरे ।
छोराको यस्तो अवस्था देखेका उनकी आमा चिन्तित थिइन् । एकदिन उनले निकलाई पत्रिकाको एउटा लेख देखाइदिए । पत्रिकामा अपांगता भएका व्यक्तिका लागि प्रेरणादायक कुराहरु लेखेका थिए । त्यो पढेपछि निकमा बाँच्ने केही आशा पलाएर आयो रे । अनि उनले आफ्नो देब्रे खुट्टामा भएका साना दुइऔलाले लेख्न सिके । ती औला र कुर्कुच्चाको मद्दतले कम्प्युटर चलाउन सिके । 'म साधारण कम्प्युटरमा एकमिनेटमा ४३ शब्द लेख्न सक्छु,' उनी भन्छन् । तिनै औलाले टेनिस बल हुत्याउन जाँने । अनि आफैले कपाल कोर्न, दाँत माझ्न, फोन उठाउन, पानी पिउन र ड्रम पेडल बजाउन सिके ।
यस्ता कामहरु गर्न सकेकोमा उनमा थप साहस बढेर आयो । जब कक्षा सातमा प्रवेश गरे । उनी कक्षाको क्याप्टेन पदमा चुनिए । यहाँ उनले स्टुडेन्ट काउन्सिलमा काम गरे र अपांगता भएकाहरुलाई सघाउन स्थानीय स्तरमा चन्द संकलन गर्ने अभियानमा लागे ।
स्कुलको पढाई सकेपछि निक एकाउन्टिङ र फाइनन्सियल प्लानिङ विषय पढ्न ग्रिफिथ युनिभर्सिटि पुगे । उनले दुबै विषयमा स्नातक पनि गरे । अहिले उनी अमेरिकाको क्यालिफोर्नियामा छन्, लाइफ उइदाउट लिम्ब्स नामक संस्थाका अध्यक्ष छन् । १७ वर्षको हुदाँ उनले यो संस्था स्थापना गरेका हुन् । १९ वर्षको उमेरमा उनले आफ्नो जीवन कहानी सुनाउन संसारका विभिन्न ठाउँ पुगे । उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, युवाहरुलाई आफूले भोगेका कुराहरु बाँडे । र, विभिन्न टेलिभिजनहरुमा अन्तर्वाता पनि दिए ।
सन् २००५ मा उनी 'योङ अष्ट्रेलियन अफ द इयर'मा मनोनित भएका थिए । उनले पाँच महादेशका ४३ देशमा ३० लाख मानिसलाई युवाका सवालमा प्रवचन दिइसके । दुई वर्ष अघि उनले 'लाइफ उइदाउट लिमिट्स' किताब प्रकाशन गरे । जुन किताब संसारभरका मानिसहरुले रुचिपुर्वक पढे । र, राम्रो किताबमा दरिए । उनैबारे विभिन्न डकुमेन्ट्री पनि बनेका छन् । तीन वर्ष अघि उनले 'द बटरफ्लाई सरकस' नामक छोटो फिल्ममा अभिनय गरे । यो फिल्मबाट उनी सवोत्कृष्ट नायकमा छानिए । यो फिल्मले 'डोरपोस्ट फिल्म प्रोजेक्ट–२००९' र 'द फिल गुड फिल्म फेस्टिबल–२०१०' जस्ता उत्कृष्ट छोटो फिल्मको उपाधि जित्यो । उनले हालै 'समथिङ मोर' नामक म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् ।-(नेत्र तामाङ)एजेन्सीको सहयोमा
यस संस्करणको च्याम्पियनले ३५ मिलियन अमेरिकी डलर अर्थात करिब तीन अर्ब ५० करोड ५० लाख रुपैयाँ पाउनेछ । उपविजेताले २५ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड ५० लाख र तेस्रो हुनेले २२ मिलियन डलर अर्थात २ अर्ब नौ करोड हात पार्नेछ । चौथोले २० मिलियन डलर(१ अर्ब ९० करोड) पाउनेछ ।
क्वाटर फाइनलबाट बाहिरेने प्रत्येक टोलीले १४ मिलियन डलर, दोस्रो चरणबाट बाहिरिने आठ टोलीले ९ मिलियन डलर र पहिलो चरणबाट बाहिरिनेले ८ मिलियन डलर पाउनेछन् । फिफाले प्रत्येक राष्ट्रलाई तयारी खर्च १४ करोड २५ लाख प्रदान गरिसकेको छ ।
नायिका दिपशिखा खड्काले हालै एभरेस्ट टाइम्सलाइ एक अन्तर्वार्ता दिएकी छिन । अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने पाक्षिक पत्रिकामा उनको अन्तर्वार्ता यसरी छापिएको छ ।
नागरिक दैनिकको बाल विशेषांक जुनकीरीमा विसं २०६७ साल भदाै २६ गते शनिबार प्रकाशित फिचर । अहिले कहाँकहाँ पुगे हाेलान ती बालबालिका । जसलाइ दिलशोमाले हुम्ला, जुम्लादेखि खोजेर ल्याएर पढ्ने व्यवस्था मिलाएकी थिइन ।
मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया उनले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् । दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।
दृष्टिले उपाधिसँगै प्रशंशा पत्र तथा विभिन्न उपहार र पुरस्कार पनि हात पारिन् । प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् ।
दृष्टि आमा यशोदाका साथ टर्की गएकी थिईन् । प्रतियोगितामा सहभागिता जनाउनु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।
इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।
राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट«िय प्रतियोगितामा सात उपाधि नेपाल भित्रयाईसकेको छ । संस्थाले‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजना गर्ने तयारी गरिरहेको छ ।