Saturday, May 17, 2014

अनलाइन पत्रकारितासम्बन्धी तालिम


अनलाइन पत्रिका दैनिकको आयोजनामा र समाज कल्याण महाशाखाको सहकार्यमा ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।
ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मोहननाथ मास्के र समाज कल्याण महाशाखाका वरिष्ठ अधिकृत अशोक श्रेष्ठले संयुक्तरूपमा पत्रकारिता तालिमको उद्घाटन गर्नुभएको थियो ।
तालिमको शुभारम्भ समारोहमा कार्यकारी अधिकृत मास्केले समाजभित्रका सकारात्मक समाचारलाई जोड दिनुपर्ने धारणा राख्दै भन्नुभयो, ‘पत्रकारिता क्षेत्रमा इमान्दार पत्रकारहरूको खाँचो छ ।’ उहाँले थप्नुभयो, ‘सम्मानित पत्रकारिता पेशामा बेइमानी बढेको छ, यसलाई सुधार्न आवश्यक छ ।’ विगत लामो समयदेखि संचारमा आवद्ध रहँदै आएका विधुप्रकाश कायस्थले छोटो प्रभावकारी भाषणकलाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
बैशाख २७ बाट सुरू भएको कार्यक्रम एकहप्तासम्म चलेको तालिममा सुविन श्रेष्ठ, प्रेमराज जोशी, तीर्थराज भुषाल, सुराच प्रसाँई, नेत्र तामाङ, शान्तिप्रित सापकोटालगायतले पत्रकारिताका विभिन्न विधाको प्रशिक्षण दिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक सुनिता बाटाजुले बताउनुभयो । सो तालिममा विभिन्न समाजबाट छानिएका १४ जना प्रशिक्षार्थी पत्रकारहरूको सहभागि थिए ।



No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...