Wednesday, August 5, 2015

डिभि पिआरवाला सरकारी कर्मचारी धमाधम राजिनामा दिदै(दिनेको सुची यस्तो छ)

सरकारी जागिर वा विदेशको डीभी पीआरमध्ये एक रोज्ने गरी सरकारले विधेयक ल्याएपछि सरकारी जागिर छोड्ने क्रम सुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, साउन १० गतेसम्म अनेक कारण दर्शाउँदै राजीनामा दिने ८३ कर्मचारीमध्ये कम्तीमा ४० जनाले विदेशी डीभी पीआरका कारण राजीनामा दिएको पत्ता लागेको छ । स्रोतका अनुसार, खरिदारदेखि सहसचिव तहसम्मका कर्मचारीले स्वदेशको सरकारी जागिरभन्दा विदेशको डीभी पीआर रोजेका छन् । 

त्यसरी रोजेर राजीनामा दिनेहरू यसप्रकार छन् :


  • सहरी विकास मन्त्रालय - सहसचिव -महेन्द्र सुब्बा
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल -प्रमुख भन्सार अधिकृत योगेन्द्र शर्मा ओझा
  •  तातोपानीका भन्सार-अधिकृत- केदारप्रसाद कोइराला
  • मध्यमाञ्चल सिँचाइ विकास मकवानपुर- सिनियर डिभिजन इन्जिनियर- रघुनाथ श्रेष्ठ
  • उद्योग मन्त्रालय-उपसचिव-गोपालकृष्ण कोइराला
  • प्युठान सडक कार्यालय- कार्यालय सहायक- दामबहादुर जिसी
  • जिल्ला जनस्वास्थ्य तनहुँ-अनमी- धनमाया थापा
  • सिन्धुपाल्चोक जिल्ला अदालत- शाखा अधिकृत-राजेन्द्रप्रसाद भट्टराई
  • नापी कार्यालय दाङ- लेखापाल- पुरुषोत्तम अधिकारी
  • काठमाडौं जिल्ला विकास समिति-शाखा अधिकृत-दिनेशमान श्रेष्ठ
  • भक्तपुर अस्पताल- कन्सल्टेन्ट अप्टेटिसियन-अमिला श्रेष्ठ
  • सुनसरी जिल्ला वन कार्यालय -सहायक वन अधिकृत- इन्द्रदेव साह
  • क्षेत्रीय प्रशासन कार्यालय दिपायल -कम्प्युटर अधिकृत-गणेशप्रसाद ओझा
  • रक्षा मन्त्रालय -शाखा अधिकृत- सरिता पोखरेल (चन्द)
  • बागलुङका बाली संरक्षण- अधिकृत-प्रकाशराज कुँवर
  • सूचना तथा सञ्चार मन्त्रालय -उपसचिव-गोपाल कटुवाल क्षेत्री
  • जिल्ला अस्पताल- स्टाफ नर्स -गंगा मानन्धर
  • सुनसरी भन्सार- शाखा अधिकृत-यादवप्रसाद भट्टराई
  • कालिकाकोट स्याङ्जा- अनमी- होमकला भुर्तेल
  • बीउ उत्पादन केन्द्र खुमलटार- नायब सुब्बा- रमाकान्त सापकोटा
  • भोजपुर पशुसेवा- प्राविधिक - राजकुमार राई
  • सर्वोच्च अदालत- इजलास अधिकृत-यादवराज पोखरेल
  • सडक विभाग- अपरेटर अफिसर- राजु श्रेष्ठ
  • क्षेत्रीय कृषि कार्यालय ललितपुर-अधिकृत- कुलप्रसाद सुवेदी
  • राजस्व अनुसन्धान पथलैया- नायब सुब्बा- दीपबहादुर अधिकारी
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार राजीनामा दिने मध्ये अधिकांशले घरायसी कारण जनाएका छन् भने कतिपयले स्वास्थ्यको कारण उल्लेख गरेका छन् ।
स्रोत: बुधवार साप्ताहिक

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...